खेल संस्था

हेल्प नेपाल सेमिफाईनलमा

काठमाडौं-अघिल्लो संस्करणको बिजेता टिपटप हेल्प नेपाल वाईवाई डाईनामाईट छैटौ एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को सेमिफाईनलमा प्रवेश गरेको छ । ३ भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहिबार भएको क्वाटरफाईनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५–२०, २५–१०, २५–१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको हो । अव हेल्प नेपालले सेमिफाईनलमा पुलिस संगको भेट पक्का गरेको छ । आजै सम्पन्न खेलमा पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–१९, २५–१८, २५–१९ को सेटमा पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएको… पुरा पढौ

रत्न र सुनिलको जोडीको विजयी सुरुवात

काठमाडौं- ११ स्टार क्लबका रत्न बज्राचार्य र सुनिल शाक्यको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ मा पुरुष युगल तर्फ बिजयी सुरुवात गर्न सफल भएका छन् । रत्न र सुनिलको जोडीले आयोजक क्लबका पूर्णभक्त चित्रकार र अनिल महर्जनको जोडीलाई २१–८, २१–१२ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको आयोजनामा बिहिबाारदेखि सुरु भएको प्रतियोगितामा महालक्ष्मी टोल विकासका रञ्जित घतानी र सुक्र तामाङ्गको जोडी ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र… पुरा पढौ

काठमाडौंमाथि चितवनको महत्वपूण जित

पोखरा-हार तर्फ उन्मुख भएको चितवन टाईगर्सले काठमाडौं किङ्स ११ लाई ३ विकेटले पराजित गरेको छ । कमलसिंह ऐरीले नो बलको फाईउदा उठाँउदै १८ औं ओभरमा जनक प्रकाशलाई लगातार दुई छक्का प्रहार गरेपछि चिवतनले खेललाई युटर्न गराउँदै जितको नतिजा दिलाए । ८ बल बाँकी रहदाँ चितवनले जित निकाल्न सात विकेट गुमाएको थियो । आठौं विकेटको लागि राजेश पुलामी र ऐरीको जोडीले ४२ रनको साझेदारी निभाउँदै जितको हकदार बनाए । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा १९ ओभरमा जितेन्द्र्र मुखियाको खराब बलिङ रह्यो ।… पुरा पढौ

महानगर खेलकुदको सडक दौड आयोजनाको तयारी

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ । नेपालीहरुको महान चाड बडादशैंको नजिकिदै गर्दा महानगर खेलकुद विकास समितिले शुभकामना दौड आयोजना गर्ने तयारी गरेको हो । दौड यही असोज २१ गते हुने छ । दौडको लागि आवश्यक रुट बनाउने अन्तिम तयारी छ । समितिले छात्र तथा छात्र ५ किलोमिटर दौड आयोजना गर्ने छ । त्यसैगरी १० किलोमिटर महिला तथा पुरुष खुल्ला दौड समेत समावेश गरिएको छ । महानगर खेलकुद बिकास समितिको… पुरा पढौ

समूह बिजेता बन्दै पुलिस अन्तिम आठमा

काठमाडौं-विभागिय टोली नेपाल पुलिस क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ मा बुधबार गण्डकी प्रदेशलाई पराजित गर्दै समूह बी बाट बिजेताको रुपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ । पुलिसले समूह चरणमा तीन खेलमा बिजयी बन्दै कुल ९ अंक जोड्न सफल भएको हो । पुलिसले गण्डकीलाई २५–१४, २५–१४, २५–१८ को सहज जित निकालेको हो । पुलिस संग पराजित भएको गण्डकी प्रदेश पनि समूह उपबिजेताको रुपमा अन्तिम आठमा स्थान बनाएको छ । यस्तै सोही समूहको अर्थहिन खेलमा… पुरा पढौ

बर्षाले काठमाडौं र पोखरा बीचको खेल प्रभावित

काठमाडौंं-लगातारको झरीले मंगलबार एभरेष्ट प्रिमियर लिग(इपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गतका खेल स्थगित भएका छन् । मंगलबार काठमाडौं किङ्स–११ र पोखरा राइनोजबीचको खेल स्थगित भएको हो । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदान भिजेको कारण खेल सञ्चालन नसकिने भएपछि काठमाडौं र पोखराबीचको खेल स्थगित गरिएको हो । आइतबारबाट लगातार परेको वर्षा र मंगलबार पनि वर्षा भएपछि अम्पायरले खेल स्थगित गरेका हुन् । काठमाडौं र पोखराबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र पोखराबीचको खेल मध्यान्न १२ः१५ बजे सुरु… पुरा पढौ

विराजले च्यासलको कप्तानी गर्ने

काठमाडौं-अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान विराज महर्जनले सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबको कप्तानी गर्ने भएका छन् । च्यासलले मंगलबार पत्रकार सम्मेलन गर्दै टिमलाई कप्तानी गर्न विराज महर्जनसँग एक वर्षे अनुबन्ध गर्दै कप्तानीको जिम्मेवारी दिएको हो । अघिल्लो सिजन मछिन्द्र क्लबबाट सहिद स्मारक ए डिभिजन लिग खेलेका विराजको टोली विजेता भएको थियो । अखिल नेपाल फुटबल संघले आयोजना गर्ने सहिद स्मारक ए डिभिजन लिग कात्तिक २९ बाट आयोजना हुँदै छ । अनुभवी… पुरा पढौ

दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

पोखरा- नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई खेलमा जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन् । पुलिसले दोश्रो दिन मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० सेटमा पराजित गर्दै अंक तालिकामा पहिलो स्थान बनाउन सफल भएको हो । पुलिसले मणिमुकुन्दलाई २१ – १४, २१–१५ र २१–१७ ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा पनि पुलिसले दवाँली मिलन क्लबलाई पराजित गरेको थियो । पुलिस समूह बि… पुरा पढौ

कास्की जिल्ला भलिबल संघद्वारा महतोलाई सहयोग

पोखरा-कास्की जिल्ला भलिबल संघले पूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक जीवनप्रसाद महतोलाई आर्थिक सहयोग गरेको छ । भलिबल प्रशिक्षक महतोलाई उनकै निवास चितवनमा पुगेर कास्की जिल्ला भलिबल संघको टोलीले आर्थिक सहयोग हस्तान्तरण गरेको हो । भलिबल संघ ५० हजार र पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी मन्जु गुरुङ, कास्की जिल्ला भलिबल संघका सदस्य सन्जीव जिसीले ५ हजार तथा भलिबल खेलाडी दिनेश चौधरीले २ हजार गरी ६२ हजार रुपैयाँ हस्तान्तरण गरेको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए । महतोलाई राष्ट्रिय… पुरा पढौ

विभागीय क्लबको विजयी सुरुवात

काठमाडौं-छैटौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ विभागीय क्लबले विजयी शुरुवात गरेका छन् । विभागीय क्लबसँगै गल्कोट स्पोर्टस क्लबले सुरुवात गरेका छन ।त्रिपुरेश्वरस्थित राष्टिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबारदेखि शुरु भएको खेलमा आर्मीले कर्णाली प्रदेशमाथि २५–८, २५–४ र २५–७ को एकपक्षीय जित निकाल्दै विजयी सुरुवात गरेको हो । यस्तै दोस्रो खेलमा नेपाल एपिएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि ३–१ को सेटमा जित निकाल्दै विजयी शुरुवात गर्न सफल भयो । प्रतिस्पर्धात्मक पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले… पुरा पढौ