खेल संस्था

महानगर खुल्ला दौडमा सेनाकै बर्चस्व

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिले आयोजना गरेको पहिलो खेलकुद प्रतियोगिता अन्तर्गत महिला तथा पुरुष खुल्ला १० किलोमिटर सडक दौडमा विभागीय खेलाडीको बर्चस्व रह्यो । पोखरा रंगशालाबाट बिहीबार विहान शुरु भएको दौडमा महिला तर्फ नेपाली सेनाका धाविका सेमकली जैसीले ५१ मिनेट ३८ सकेण्डमा पुरा गर्दै उपाधि जितिन् । त्यसैगरी गोमा पुनमगर(नेपाली सेना)ले ५३ मिनेट ११ सेकेण्ड र नेपाली सेनाकै धाविका मनसरा कुमालले ५५ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा चित्त बुझाईन् । दौडको तयारीमा जुट्दै विभिन्न विद्यालयका धावकहरु । पुरुष… पुरा पढौ

‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौं’

पोखरा-खेलाडीको एउटैमात्र गुनासो छ–‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन् । मैदान र पीच मर्मतको खाँचो छ । राष्ट्रिय खेलकुद परिषदले २५ लाख रुपैयाँ पठाईदियो । तारजाली लगाई मैदान संरक्षण गरियो । संरक्षण गरिएको मैदान अहिले काँसले छेकिएको छ । सर्प लुक्ने ठाँउ बनेको छ । खेलाडी मैदान बाहिरैबाट हेरेर फर्किदै चित्त बुझाउँछन् । कोरोनाले थलिएको खेलकुद विस्तारै चलमलाउन थालेको छ । खेलाडीले कोरोना विरुद्धको खोप लगाईसकेका छन् । खोपसँगै खेलाडी खेल्न आतुर… पुरा पढौ

बार्षिक साधारण सभा नगरी टुंगिदैं चारवर्षे कार्यकाल

पोखरा-निर्वाचन भएर आएको चार वर्ष पुग्न चार महिना मात्रै बाँकी छ । निर्वाचित भएर आएको कास्की जिल्ला फुटबल संघले चारवर्षको अवधिमा एक पटक पनि वार्षिक साधारण नै नगरी कार्यकाल टुग्याउने संघारमा छ । आगामी माघमा कार्यकाल सकिन्छ । क्लबलाई अनुगमन गर्ने निकाय नै यस्तो बिजोग अवस्थाबाट गुज्रिएको छ । चारवर्षको अवधिमा ठोस योजना बनेन । हचुवाकै भरमा निर्णय गरियो । निर्णयलाई माईन्युट समेत गरिएन् । त्यही निर्णय फुटबल संघलाई गलपासो बनिदियो । ‘चारवर्ष टुंगिन लाग्दा एक पटक पनि वार्षिक साधारण… पुरा पढौ

तेक्वान्दो संघमा राणाको निरन्तरता

भैरहवा -नेपाल तेक्वान्दो संघको अध्यक्षमा प्रकाश शम्शेर राणाले नै निरन्तरता पाएका छन् । लुम्बिनी प्रदेशको भैरहवामा शनिबार भएको चौथो अघिवेशनबाट राणा सर्वसम्मत रुपमा अध्यक्षमा चयन भएका हुन् । राणाले २०७० सालदेखि लगातार संघको नेतृत्व गर्दै आएका छन् । उनी २०७० मा झापाको बितामोर्डमा भएको दोस्रो अधिवेशनबाट पहिलो पटक अध्यक्षमा निर्वाचित भएका थिए । यसैगरी उपाध्यक्षमा सञ्जीव रेग्मी, हरिश्वर पोखरेल र नन्दुकुमार राई सर्वसम्मत रुपमा चयन भए । उपाध्यक्षका अर्का उम्मेदवार भोजबहादुर शाहले अन्तिम समयमा नाम फिर्ता लिएपछि रेग्मी, पोखरेल र… पुरा पढौ

पोखराको प्ले अफको सम्भावना, विराटनगर बाहिरियो

पोखरा-पोखरा राईनोजसँग पराजित भएसँगै विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ पोखरा भने प्ले अफको सम्भावनालाई बलियो बनाएको छ । विराटनगरलाई शनिबार किर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सात विकेटले पराजित गरेसँगै पोखरा प्ले अफको सम्भावना जिवितै राख्दा करण केसीको कप्तानीमा रहेको विराटनगर भने बाहिरिने पहिलो टोली बनेको छ । टियु क्रिकेट मैदानमा विराटनगरले पोखरालाई बलियो लक्ष्य दिएको थियो । १ सय ७३ रनको लक्ष्यलाई पुरा गर्न पोखरा भने तीन विकेटको क्षतिमा पोखराले १७ ओभर ४ बलमा खर्चिएको थियो ।… पुरा पढौ

ग्रेट हिमालय क्रिकेट एकेडेमी क्रिकेट खेल्न दिल्ली प्रस्थान

पोखरा-ग्रेट हिमालय क्रिकेट एकेडेमी दिल्ली गुडगाँउस्थित एपी क्रिकेट एकेडेमीसँग एकदिवसीय तथा टी-२० मैत्रीपूर्ण खेल खेल्न प्रस्थान गरेको छ । हिमालय क्रिकेट एकेडेमीले ३ देखि १० तारिखसम्म ५० ओभरको दुई खेल र दुई खेल टी-२० खेल्ने छ । टोलीमा आयुष कुमार झा, आर्जन सिम्खडा, सदित्य बन्जरा, विकेश श्रेष्ठ, परिष्कृत ढकाल, अनुरोध पन्त, इशान श्रेष्ठ, क्रिश कार्की, सन्दीप पगेनी, चन्दन राम, प्रवन्जय केसी, गौरव गजुरेल, सौगात दगांल, समीरराज पाण्डे र व्यवस्थापक सुरज केसी रहेका छन् । एकेडेमीलाई मनिन्द्र संहले विशेष प्रशिक्षण समेत… पुरा पढौ

पविन र सुरोजको जोडीलाई उपाधी

काठमाडौं- आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी पुरुष युगल तर्फ बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधी जित्न सफल भएका छन् । उक्त जोडीले आफ्नै क्लबका सशिन डङ्गोल र सुविन महर्जनको जोडीलाई पराजित गर्दै उपाधी उचालेका हुन् । पविन र सुरोजको जोडीले डङ्गोल र महर्जनको जोडीमाथि २१–१४, २१–१६ को जित निकालेका हुन् । सो स्पर्धामा आयोजकका दिपेन महर्जन र भुवन श्रेष्ठको जोडी तथा ११ स्टारका राजु बज्राचार्य र आकाश छन्त्यालको जोडी… पुरा पढौ

एपिएफ र डायमण्ड पुनः उपाधीका लागि भिड्ने

काठमाडौं -विभागिय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड क्लब वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधीका लागि पुनः भिड्ने भएका छन् । पाँचौ संस्करणमा पनि दुई टोली विच उपाधीका लागि भिडन्त भएकोमा एपिएफले बाजी मारेको थियो । शुक्रबार सम्पन्न निकैनै प्रतिस्पर्धात्मक खेलमा बिभागिय टोली एपिएफले अर्को बिभागिय टोली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३ – २ को सेटमा पराजित गर्दै फाईनल प्रवेश गरेको हो । एपिएफले पहिलो सेट २७–२५ले आफ्नो पक्षमा पारेको थियो । दोश्रो सेट… पुरा पढौ

पविन र सुरोजको जोडी क्वाटरफाईनलमा

काठमाडौं -आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौ ललितपुर जिल्ला ब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन् । आयोजक टोलीले शुक्रबार सम्पन्न खेलमा ठेचो ब्याडमिन्टन क्लबका बिशाल बस्नेत र ईन्द्र कार्कीको जोडी २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान बनाउन सफल भएका हुन् । आयोजकको आफ्नै कभर्डहलमा भएको प्रतियोगितामा प्रयाग पोखरी ब्याडमिन्टन क्लबका उज्वल दाहाल र सृजन ताम्राकारले जोडीले पनि जित निकाल्यो । उक्त जोडीले इमाडोल ब्याडमिन्टन स्पोर्टस्का… पुरा पढौ

चितवनको जित, पोखरालाई प्ले अफको चिन्ता

पोखरा-पोखरा राईनोजले दिएको सामान्य लक्ष्यलाई चितवन टाईगर्सले सहज पछ्याउँदै जित निकाल्दा पोखरा राईनोजलाई प्ले अफ खेल्ने अभियानमा धक्का लागेको छ । एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगितामा पोखराले चितवलाई केवल १ सय २३ रनको झिनो लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्यलाई चितवन टाइगर्सले १ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफलाई बलियो बनाईराखेको छ । टस जितेर ब्याटिङ्ग गरेको पोखरा राइनोजले पुरा २० ओभरमा ७ विकेट गुमाएर १ सय २३ रनको सामान्य योगफल बनाएको थियो । चितवनको जितमा व्याटर मोहम्मद शेहजादले… पुरा पढौ