खेल संस्था

क्यासल शीर्षमा उक्लियो

पोखरा-भेट्रान खेलाडी विजय गुरुङको ह्याट्रिक प्रेरित घरेलु टोली स्पोर्टस क्यासलले लुम्बिनी फुटसललाई फराकिलो जित निकाल्दै राष्ट्रिय ए डिभिजन फुटसल लिगको शीर्षस्थानमा उक्लिएको छ । विजयसँगै क्यासलको जितमा सुमित श्रेष्ठको समेत ह्याट्रिक रह्यो । किशोर गुरुङले २ तथा कप्तान क्षितिज गुरुङ, सुरेन बुढामगर र विशोन गुरुङले समान १÷१ गोल गरे । १ गोल भने स्पोट्र्स क्यासलले उपहार पाएको हो । लुम्बिनीका लागि रुपेन बराइलीले १ गोल गरे । क्यासल शीर्षस्थानमा उक्लिदा अर्को घरेलुटोली सविन मेमोरियल भने दोस्रो स्थानमा झरेको छ ।… पुरा पढौ

काठमाडौंको सुखद शुरुवात, विराटनगर सात विकेटले पराजित

पोखरा- रायन बर्लको अविजित ७० रनको महत्वपूर्ण योगदानमा काठमाडौं किङ्सले विराटनगर पेट्रिओट्सलाई सात विकेटले पराजित गर्दै सुखद शुरुवात गरेको छ । विराटनगरले दिएको १५८ रनको मध्यम लक्ष्यलाई काठमाडौंले ३ विकेटको क्षतिमा पुरा गर्ने क्रममा रायन बर्लको उत्कृष्ट इनिङ्स रह्यो । उनको अविजित ७३ रनको योगदानमा काठमाडौंले सहज जित निकाल्यो । शुरुवातमै दुई व्याटरलाई रनआउटको शिकार बनाउँदै विकेट लिएपछि दबावमा परेको काठमाडौंलाई सम्हाल्ने काम भने ओपनर रहमुल्लाह गुर्बजले गरे । उनले ३६ बल खेल्दै ५९ रन जोड्दै अर्धशतकीय पारी खेले ।… पुरा पढौ

काठमाडौंलाई ललितपुरको १५८ रनको चुनौति

पोखरा-चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार उदघाटन खेलमा ललितपुरका पवन सर्राफले अर्धशतकीय पारी खेल्दै काठमाडौं किग्स ११ लाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ । पाकिस्तानी बलर सहिद अफ्रिदीको बललाई राम्ररी रिड गर्दै सर्राफले एक छक्का र एक चौका प्रहार गर्दै अर्धशतकीय पारी खेलेपछि ललितपुरले८ विकेटको क्षतिमा काठमाडौंलाई १५७ रन बनाउँदै मध्यम लक्ष्य दिएको थियो । कप्तान कुशल भुर्तेल जितेन्द्र मुखियाको बलमा आउटभएपछि ललितपुरलाई पहिलो झट्का लागेको थियो । मुखियाको पहिलो बलमै भुर्तेल गोल्डेन डक हुदैं… पुरा पढौ

सविनको फराकिलो जित, राइजिङको पहिलो हार

पोखरा- राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोर्दा सविन मेमोरियलले भने फराकिलो जित निकालेको छ । शुक्रवार पोखरा रंगशाल स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे । यस्तै मनिष सेडाईले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए । धरानको… पुरा पढौ

शाहिद अफ्रिदी नेपाल आईपुगे

काठमाडौं -पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदी एभरेष्ट प्रिमियर लिग (ईपिएल) क्रिकेट प्रतियोगिता खेल्न आज काठमाडौं आईपुगेका छन् ।शनिबारबाट कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजन हुने ईपिएल खेल्न पाकिस्तानका अलराउन्डर आज नेपाल आईपुगेका हुन् । आज दिउसो त्रिभुवन विमानस्थल ओर्लिएका अफ्रिदिलाई ईपिएलका निर्देशक अमिर अख्तरले स्वागत गरे । साथै उनी सम्मिलित टोली काठमाडौं किंग्स इलाभेनका पदाधिकारीले पनि स्वागत गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि पाकिस्तानी खेलाडी साहिद अफ्रिदीले नेपाल र नेपालीले दिने सत्कार, सम्मान निकै राम्रो भएको भन्दै यहाँ आउँदा… पुरा पढौ

सुष्मीको विदाई

पोखरा-नेपाल क्योकुशिन कराँतेको आयोजनामा काठमाडौंमा हुने कराँते च्याम्पियनसिपको लागि नेपाल क्योकुशिनकान कराँतेकी सुष्मी श्रेष्ठले सहभागिता जनाउने छिन् । उनी महिला तर्फ खुल्ला तौल समूहमा प्रतिस्पर्धा गर्ने छिन् । उनलाई बिहीबार राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदार तथा नेपाल क्योकुशिन कान कराँते संघ कास्कीका अध्यक्ष लक्ष्मण कुँवर तथा संघका सचिव निर्मल केसी लगायत विदाई गर्दै सफलताको शुभकामना व्यक्त गरे । सुष्मी कराँतेकी खुल्ला तर्फ राष्ट्रिय च्याम्पियन भईसकेकी छन् । पुरा पढौ

राइजिङ र शंखमुलको जित

पोखरा- रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान र शंखमुल फुटसलले आ–आफ्नो खेलमा जित हात पारेका छन् । बुधवार बहुउदेश्यीय कभर्डहलमा भएको पहिलो खेलमा राइजिङले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पाखा लगायो । राइजिङको जितमा मिलन राइले २ तथा मिलन लिम्बु, रिवोस मास्के र विकु तामाङले समान १÷१ गोल गरे । झरनाका लागि कप्तान ओम प्रकाश थापा, मोहन बहादुर थापा र विवेक थापाले गोल गरे । खेलको म्यान अफ दी म्याच… पुरा पढौ

विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

पोखरा-रसियामा हुने विश्व हाप्किडो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई पोखराबाट बिदाइ गरिएको छ । च्याम्पियनसिपमा सहभागी हुनका लागी पोखरामा एक महिने बन्द प्रशिक्षणमा रहेका हाप्किडोको खेलाडीहरुलाई बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रम मार्फत गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विदाइ गरेका हुन । हाप्किदोका खेलाडीहरुलाई विदाई गर्दै मुख्यमन्त्री पोखरेलले खेलाडीहरुलाई राज्यले प्रयाप्त सेवा सुविधा उपलब्ध गराउन नसकेपनि प्रशिक्षक र खेलाडीहरुको आफ्नै प्रयास र मेहनतले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएर नेपाल र नेपालीको सान विश्वसामु पु¥याउन सफल भएको वताए । राज्यले सुविधा दिन नसक्दापनि… पुरा पढौ

बस्नेत र ठकुरीको जोडीलाई उपाधि

पोखरा-मनकामना स्पोर्टस पोखराका बिशाल बस्नेत र प्रनिससिंह ठकुरी प्रथम रिभाईभ लिजर पार्क ओपन खुल्ला व्याडमिन्टन प्रतियोगितामा मेन्स डबल्स तर्फ च्याम्पियन बनेका छन् । उनीहरुको जोडीले राम बानियाँ र सुजन थापाको जोडीलाई निकै प्रतिस्पर्धात्मक सेटमा पराजित गदैै उपाधि जितेका हुन् । पहिलो सेट बस्नेत र ठकुरीको जोडीले २१–१८ ले लिदैं बानियाँ र थापाको जोडीलाई दबावमा राख्यो । तर देस्रो सेट भने बनियाँ र थापाको जोडीले आफनो पक्षमा पार्दै उपाधि प्रतिस्पर्धा निर्णायक सेटमा पुग्यो । कडा प्रतिस्पर्धा र रोमाञ्चक अन्तिम सेटमा पनि… पुरा पढौ

नेपाल बाहिरियो

काठमाडौं -बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको… पुरा पढौ