खेल संस्था

त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि टोलीको घोषणा

काठमाडौं, - नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि हुने त्रिकोणात्मक क्रिकेट शृंखलाका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा आयोजना हुने नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको हो । शृंखलाका लागि बुधबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरिएको हो । डेभ ह्वाटमोरको प्रशिक्षणमा रहेको नेपाली टोलीमा दीपेन्द्र सिंह ऐरी उपकप्तान, पारस खड्का, आरिफ शेख, कुशल भुर्तेल, बिनोद भण्डारी, आरिफ शेख, कुशल भुर्तेल,… पुरा पढौ

सदस्य–सचिव सिलवाल, थापा र संगिना विभूषित

काठमाडौं-राष्ट्रिय खेलकुद परिषद्(राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख कुलबहादुर थापा र ओलम्पियन तेक्वान्दोकी संगिना वैद्य नेपाल सरकारले प्रदान गर्ने पदकबाट बुधबार विभूषित भएका छन् । खेल क्षेत्रबाट विभूषित उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित एक विशेष समारोहबीच पदक प्रदान गरिन् । सदस्य–सचिव सिलवाल सुप्रबल जनसेवाश्री तृतीय श्रेणी तथा थापा र संगिना प्रबल जनसेवाश्री चतुर्थ श्रेणीबाट विभूषित भए । सदस्य–सचिव सिलवाल २०७६ साल असार २३ गते पहिलोपटक राखेपको सदस्य–सचिवमा नियुक्त हुँदा नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं… पुरा पढौ

वालिङका मेयर खाँड प्रथम

पोखरा-नयाँवर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘मेयर साइकल दौड प्रतियोगिता’ मा वालिङ नगरपालिका प्रमुख दिलिपविक्रम खाँड प्रथम भएका छन् । उनले ४ किलोमिटरको दुरीलाई १५ मिनेट ३१.५३ सेकेण्डमा पुरा गर्दै प्रथम पुरस्कार जित्न सफल भए । पोखरा–६ हल्लनचोकबाट शुरु भएको साईकल दौड पोखरा सभागृहमा आएर टुंगिएको थियो । हुम्ला नाम्खा गाँउपालिकाका अध्यक्ष विष्णुबहादुर लामा दोस्रो भए । उनले १५ मिनेट ३८.८८ सेकेण्डको समयमा पुरा गर्दै दोस्रो भए । तेस्रो स्थानमा भने कास्की माछापुच्छ्रे गाँउपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ रहे । उनले १६… पुरा पढौ

कास्की निलो र हरियो उपाधिको लागि भिड्ने

पोखरा-कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित यु–१९ दुईदिवसीय क्रिकेट टेष्ट सिरिजको उपाधिको लागि कास्की हरियो र कास्की निलो बीच प्रतिस्पर्धा हुने छ । कास्कीले हरियोले निलोलाई पराजित गर्दै शीर्षस्थानमा रहँदै फाईनल प्रवेश गर्दा कास्की निलो अंकको आधारमा कास्की रातोलाई पछि पार्दै उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो ।कास्की हरियोले दिएको २०३ रनको लक्ष्य पछ्याएको कास्की निलो केवल ८६ रनमा समेटिएपछि सहज पराजित हुन पुग्यो । ११७ रनको फराकिलो हार व्यहोरेको कास्की निलोले भने कास्की रातोलाई १ अंकले पछि पार्दै फाईनल… पुरा पढौ

नेपाल सुपर लिगसँग जोडियो खुकुरी

काठमाडाैं, चैत २६ । पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिगसँग मुख्य प्रायोजकका रूपमा नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजक सम्झौता गरेको छ । राजधानीमा भएको एक कार्यक्रममा नेपाल स्पोर्ट्स म्यानेजमेन्टले नेपाल डिस्टिलरिजसँग मुख्य प्रायोजनका लागि सम्झौता गरेको हो । सम्झौता पछि अब प्रतियोगिताको नाम खुकुरी एनएसएल हुनेछ । सात टिमको फ्रेन्चाइज फुटबल प्रतियोगिता अर्को महिना दशरथ रंगशालामा एनएसल हुँदै छ । मुख्य प्रायोजकको अनुबन्धमा प्रतियोगिताको आयोजकका प्रमुख आश्रयता चौधरी कार्की र नेपाल डिस्टिलरिजका लागि इभेन्ट्स म्यानेजर श्रीदा… पुरा पढौ

मिलन बने च्याम्पियन

ललितपुर, चैत २६ । दोलखा चेसका युवा खेलाडी मिलन लामा ६४औं सहकारी दिवसको उपलक्ष्यमा आयोजित गणेशमान सिंहस्मृति आठौं सहकारी कप फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगितामका विजेता बनेका छन् । विहीबार सम्पन्न फाइनल खेलमा मिलन र नोभा साकोस ललितपुरका सुदिप तामाङ्गबीचको क्लासिकल खेलमा दुबैले एक एक खेल जितेका थिए । त्यसपछि ३ मिनेट २ सेकेण्डको ब्लिट्ज टाइब्रेकमा मिलनले दुबै खेल जितेर च्याम्पियन बने । मिलनले यामाहा मोटरसाइकल, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता सुदिपले नगद रु.६०,००० हात पारे । ललितपुरको… पुरा पढौ

राईको दुई स्ट्रोकको अग्रता

पोखरा-दोस्रो दिनको ३६ होल समाप्ती हुदाँ शुक्रबहादुर राईले चार अण्डर १३४ को स्कोरसहित शीर्षस्थानमा रहेका छन् । अघिल्लो दिए एक अण्डर ६८ खेलेका राईले दोस्रो दिन भने निकै लयमा रहे । उनले दोस्रो र तेस्रो होलमा बर्डी हिर्काउँदै फ्रन्ट नाईनमा दुई अण्डर राखे । फ्रन्ट नाईनको दुई स्ट्रोकलाई अन्तिम समयसम्म जोगाई राखे । राईले १२ औं मा भने बोगी खेप्दै अघि बढेका १५ औं र १७ औं होलमा समेत बर्डी हिर्काउँदै ३ अण्डर ६६ को स्कोरमा टुग्याएका छन् । अघिल्लो… पुरा पढौ

लामा र राई शीर्षस्थानमा टाई

पोखरा-सन्जय लामा र शुक्रबहादुर राईले समान १ अण्डर ६८ को कार्ड बनाउँदै सुर्य नेपाल वेष्टर्न ओपन गल्फको शीर्षस्थानमा छन् । मंगलबारदेखि पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फको पार ६९ को कोर्षमा लामा र राईले समान १ अण्डर खेल्दै शीर्षस्थानमा रहेका छन् । धरानका गल्फर बलभद्र राई भने लेभल पार ६९ को कार्ड बनाउँदै तेस्रो स्थानमा छन् । केही दिन अघि मात्रै सेन्टर ओपन विजेता भुवन नगरकोटीले भने पोखरामा कमजोर शुरुवात गरे । उनले पहिलो दिन १ ओभर ७० को कार्ड बनाउँदै चौथोस्थानमा… पुरा पढौ

पोखरामा ‘मेयर साईकल दौड’

पोखरा-पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बैशाख १ गते ‘मेयर साइकल दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ । साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले प्रतिस्पर्धा गर्ने छ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन्’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास… पुरा पढौ

पेनाल्टी सुटआउटमा थ्रीस्टारको फाईनल यात्रा

हेटौंडा-थ्रीस्टार क्लब मकवानपुरको बागमतीमा जारी चौथो बागमती गोल्डकपकोे फाइनल प्रवेश गरेको छ । जनता माविको खेलमैदान भएको दोस्रो सेमिफाइनलमा बागमती युथ क्लब, सर्लाहीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै थ्रीस्टार उपाधिनजिक पुगेको हो । थ्रीस्टारले पेनाल्टी सुटआउट ५–३ को जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । थ्रीस्टारका अशोक खवास, जीवन गुरुङ, रुपेश केसी, मिक्छेन तामाङ र अनन्त तामाङले गोल गरेका थिए । सर्लाहीका अभिषेक लिम्बु, बिमल घिसिङ र निरज थापाले गोल गरे । उपाधिका लागि थ्रीस्टार क्लबले अफ्रिकन रुट््स् एसोसिएसन, क्यामरुनस“ग… पुरा पढौ