खेल संस्था

एपिएफमाथि पुलिसको रोमाञ्चक जित

काठमाडौं-दुई सेटले पछि परेको स्थितिलार्य उल्टाउँदै नेपाल पुलिस क्लबले शनिबार आरबीबी महिला राष्ट्रिय भलिबल च्याम्पियनसिपमा विभागीय प्रतिद्वन्द्वी एपिएफमाथि रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कर्भडहलमा भएको खेलमा पुलिसले एपिएफलाई ३–२ को सेटमा हराएको हो । सुरुआती दुई सेटमा २५–२० र ३०–२८ को जित निकालेको एपिएफले त्यसपछिका तीनवटै सेट गुमाएको थियो । तेस्रो सेटमा २३–२५ को प्रतिस्पर्धात्मक जित निकालेको पुलिसले चौथो सेटमा २५–१९ को सहज जित निकालेको थियो । निर्णायक सेटमा २५–११ ले आफ्नो पक्षमा पार्दै पुलिसले… पुरा पढौ

गजेन्द्र र पुष्पा पहिलो

काठमाडौं -नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे । १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११… पुरा पढौ

मन्त्री श्रेष्ठद्वारा हिटिङ पौडी पोखरीको उद्घाटन

काठमाडौ-सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले निर्माण गरेको एसजी इन्डोर हिटिङ पौडी पोखरीको शनिबार उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पौडी पोखरीको उद्घाटन गरे । पच्चीस मिटर लम्बाइ रहेको पौडी पोखरी ५ लेनको छ । नेपालमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदअन्तर्गत महिला टिम इभेन्टकी स्वर्ण विजेता मध्यकी एक नयना शाक्य प्रशिक्षकका रुपमा रहेकी छन् । उक्त खेलकुदमा नयना सम्मिलित रुना प्रधान, स्टुती सिंह र रुबिना प्रधानको टोलीले स्वर्ण जितेको थियो । नेपालमै भएको १३… पुरा पढौ

समृद्धि र असभलाई उपाधि

काठमाडौं- तेस्रो जुनियर आईएमई खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१२ गल्र्स तर्फको उपाधि समृद्धि महर्जनले उचाल्दा यु–१० ब्वाइज तर्फको उपाधि असभ सम्राट हाडाले जितेको छन् ।मन्डिखाटार स्थित टेनिस कोर्टमा शुक्रबार भएको फाइनल स्पर्धामा समृद्धिले कर्मिस्ता श्रेष्ठलाई ६–२ र ६–१ को सेटमा पराजित गर्दा यु–१० ब्वाइज तर्फको अन्तिम भेटमा असभले स्पन्दन उदासलाई ६–४ र ६–३ को सेटमा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् । यु–१४ गल्र्सको उपाधिका लागि समिरा थापा र प्रशंसा मोक्तानले अन्तिम दुई स्थान बनाउँदा सोही विधाको ब्वाइज तर्फ प्रनभ… पुरा पढौ

निजि क्षेत्रकाे लगानीमा धमाधम हिटिङ पौडी पोखरी निर्माण हुँदै

काठमाडाैं, चैत १९ । सानो भ¥याङस्थित स्वस्तिश्री गुरुकुलले हिटिङ पौडी पोखरी सञ्चालनमा ल्याउने भएको छ । स्वस्तिश्रीका अध्यक्ष रामकृष्ण चित्रकारले अन्तर्राष्ट्रिय स्तरको हिटिङ पौडी पोखरीको शनिबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले औपचारिक उद्घाटन गर्ने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विद्यालय हातामा पौडी पोखरी बाहेक फुटसल, बास्केटबल, टेबलटेनिस, ब्याडमिन्टन, स्केटिङ, कराते, जिम हलका संरचना पनि रहेको स्वस्तिश्रीका प्राचार्य डा. हिमलाल घिमिरेले जानकारी दिए ।अध्यक्ष चित्रकारले विद्यालयमा रहेका खेलकुदका संरचनालाई सरोकारवालालाई आवश्यक परेको खण्डमा सहकार्य गर्न तयार रहेको… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा

हेटौंडा-मकवानपुरको बागमतीमा जारी बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा थ्रीस्टार एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । थ्रीस्टारका ऋतिक खड्काले दिएको पासमा दीपेश घलेले ४० औं मिनेटमा गोल गरेका थिए । एपीएफका तर्फबाट क्याप्टेन रुपेश केसीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोेङले बचाएका थिए । एपीएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन । ४२ औं मिनेटमा पुनः दीपेशले गोल गर्दै… पुरा पढौ

समृद्धि र कर्मिस्ता उपाधिलाई भिड्ने

काठमाडौं-समृद्धि महर्जन र कर्मिस्ता श्रेष्ठ तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस अन्र्गत यु–१२ गल्र्सतर्फको फाइनलमा प्रवेश गरेका छन् । मन्डिखाटार स्थित टेबल टेनिस कोर्टमा भएको सेमिफाइनल खेलमा समृद्धि महर्जनले प्रजना महर्जनलाई ६–४, ६–४ को सेटमा हरउँदै अन्तिम दुई स्थान बनाउँदा कर्मिस्ता श्रेष्ठले आर्या गुरुङलाई ६–२, ६–० को सेटमा हराउँदै समृद्धिसँगको भेट पक्का गरेकी हुन् । सामाजिक उत्तरदायित्व अन्र्गत आईएमईले सञ्चालन गरेको प्रतियोगितामा यु–१० ब्वाइज तर्फ असभ सम्राट हाडा र स्पन्दन उदास उपाधि नजिक पुगे । असभले अनिस कसुलालाई ६–१… पुरा पढौ

पुलिस र एपिएफको बिजयी सुरुवात

काठमाडौं- नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहिबारदेखि सुरु भएको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रमका विच अन्तराष्ट्रिय रेफ्रि गौतम लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले हिजोको दिनमा फुटबलले मात्र प्रायोजन पाउँदै आएकोमा आज आएर भलिबलले पनि प्रायोजन पाउन थालेको छ काम गरेमा… पुरा पढौ

खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए । बैठकले तुलसीपुर… पुरा पढौ

आईएमई टेनिस

काठमाडौं-अजा रेग्मी तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । मन्डिखाटारको टेनिस कोर्टमा सोमबार भएको यु–१६ गल्र्स तर्फको खेलमा अजाले निमिशालाई सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेकी हुन् । पहिलो सेटमा ६–४ र दोस्रो सेटमा ६–३ को सेटमा पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेकी हुन् । यु–१६ कै स्पर्धामा डोमा शेर्पाले रायाना शाहलाई ६–० र ६–० को सेटमा पराजित गर्दा अर्को खेलमा एलिसा गुरुङले त्रिशिमा शर्मालाई ६–२ र ६–३ को सेटमा पराजित… पुरा पढौ