खेल संस्था

पोखरामा फेन्सिङको लेभल वान तालिम

पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए । उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि… पुरा पढौ

गण्डकी प्रदेश टेबलटेनिस संघको अध्यक्षमा जोशी

पोखरा-गण्डकी प्रदेश टेबलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरी सम्पन्न भयो । संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने ९नवलपुर०, सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ .(स्याङ्जा) सर्वसम्मत रुपमा चयन भएका थिए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुने… पुरा पढौ

गण्डकी प्रदेशमा तीन विदेशी खेलाडी

पोखरा-माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि… पुरा पढौ

सहारा क्लबलाई ८८४८ इभेण्टको आर्थिक सहयोग

पोखरा-यही माघको २२ गतेदेखि पोखरा रंगशालामा आहा राराको २४ औं संस्करणको फुटबल प्रतियोगिता शुरु हुदैं छ । सहारा क्लबले आयोजना गर्ने मोफसलकै यो प्रतिष्ठित फुटबल प्रतियोगितालाई सहयोग गर्ने सहयोगी मन भने बढ्दै गएका छन् । केही दिन अघि मात्रै सहप्रायोजकसँग सम्झौता गरेको क्लबलाई ८८४८ इन्टरटेनमेन्ट इभेन्ट म्यानेज्मेन्टले आर्थिक सहयोग गरेको छ । इभेण्ट म्यानेजमेन्टका संचालक गिनिज गुरुङले ५० हजार रुपैयाँ क्लबलाई सहयोग गरे । क्लबका शुभचिन्तक उनले प्रतियोगिताको पूर्ण सफलताको कामनासहित सहयोग गरेको उक्त रकम प्रतिनिधिको रुपमा ओम लामा, उत्सव… पुरा पढौ

मोसेस र विनिता फुलकन्ट्याक्ट कराँते च्याम्पियन

पोखरा-मोसेस कुमाल र विनिता घर्तीमगर २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन बनेका छन् । क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै च्याम्पियन बने । उता विनिता घर्तीमगरले म्याग्दीकै दिक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन् । ४० केजी पुरुष तर्फ कास्कीका सत्कार प्रतेल, कास्कीका सयम कुमाल दोस्रो हुदाँ सर्लाहीका प्रेम साह र बाग्लुङका रक्यान मगर तेस्रो स्थानमा रहे । ४५ केजी तौल समूहमा जनकपुरका अरमान साफीले स्वर्ण पदक जित्दा कास्कीका रिजन मगरले रजत… पुरा पढौ

नविनलाई फेयरवेल टेनिसको उपाधि

पोखरा-गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित फेयरवेल टेनिसकपको उपाधि नविन श्रेष्ठले जितेका छन् । मंगलबार भएको फाईनलमा नविनले धरमबहादुर लामिछानेलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । टाईब्रेकरमा पुगेर टुंगिएको सेट ७-६(७/४) को सेटमा पराजित गर्दै नविनले अग्रता लिए । तर दोस्रो सेट भने ६-३ ले लिदैं उपाधि आफनो बनाए । प्रतियोगितामा बेष्ट प्लयेरबाट राजन पौडेल पुरस्कृत भए । १६ वर्षदेखि टेनिस खेलको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका पदम गुरुङलाई दोसल्ला ओढाएर सम्मान… पुरा पढौ

दर्शकलाई पाँच हजार नगद पुरस्कार

पोखरा-आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता हेर्ने दर्शकलाई खुसीको खबर छ । प्रत्येक दिनको टिकटमा गोलाप्रथाद्वारा एक जना दर्शकले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्न सक्ने छन् । पुरस्कारवापत्को रकम सहारा एफ।सी।यूकेका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले प्रायोजन गरेका हुन् । सो सम्बन्धमा मंगलबार आयोजक सहारा क्लब पोखरामा आयोजित समारोहमा क्लब अध्यक्ष केशवराज बराल र श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक एवं क्लब वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए । युके निवासी श्रेष्ठलाई पोखरा आएको बखत क्लबले स्वागत सम्मानसमेत गरेको थियो… पुरा पढौ

संस्थापक ठकुरी नेपालका लागि एम्सको दुत नियक्त

नेपालगन्ज-नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी विश्व म्याराथनको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को दुत नियुक्त भएका छन् । एम्सका नवनिर्वाचित अध्यक्ष पाको बोराओले हालै ठकुरीलाई नेपालका लागि एम्सको दुत नियुक्त गरिएको मनोनयन पत्र पठाएका हुन् । ‘हामी तपाईंसँगको सहकार्यले विश्वभर रोड रनिङलाई प्रोत्साहन र प्रबद्र्धन गर्ने एम्सको लक्ष्य प्राप्ति हुने अपेक्षा गर्दछौं ।’ अध्यक्ष बोराओले पत्रमा उल्लेख गरेका छन् –‘तपाईंको नेपालगन्ज म्याराथन आयोजकका रुपमा लामो समयको अनुभवलाई आत्मसात गर्दै हालै सम्पन्न एम्सको वर्ल्ड कंग्रेसमा तपाईंको उत्कृष्ट प्रस्तुति… पुरा पढौ

सहप्रायोजन गर्दै सहारासँग जोडियो जयश्री फुड्स

पोखरा-सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो । सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि… पुरा पढौ

एन्फा कास्की आबद्ध क्लबसँग अन्तरक्रिया

पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न एन्फा कास्की आबद्ध क्लबहरुले सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार सहारा क्लब पोखराले एन्फा कास्कीमा आबद्ध २२ क्लबलाई डाकेर प्रतियोगिताको तयारीबारे छलफल गरेको थियो । एन्फा कास्कीका अध्यक्ष उज्ज्वल रञ्जितको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा उपस्थित २१ क्लबका प्रतिनिधिले आहारारा पोखरा गोल्डकप पोखराको चिनारी भएकाले आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले सेभेन ए साइड र फुटसलका कारण ११ ए साइड फुटबलका खासै प्रतियोगिता… पुरा पढौ