खेल संस्था

कास्की क्लबस्तरीय लिगकम नकाउट फुटबल आगामी चैत तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी चैत १७ गतेदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । फुटबल संघमा आवद्ध क्लबहरुको अन्तरक्रिया कार्यक्रममा क्लबका पदाधिकारीले संघले प्रस्ताव गरेको मितिलाई सर्वसम्मत निर्णय गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा २३ वटा क्लब आवद्ध छन् । संघको नव गठित कार्यसमितिले झण्डै दुईवर्षपछि लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको त्रिशक्ति क्लब यसै वर्ष मात्रै कास्की जिल्ला फुटबल सघमा आवद्ध भएको हो ।… पुरा पढौ

नवराज, मनोरम, आभान र सृष्टिका स्क्वास च्याम्पियन

पोखरा-नवराज श्रेष्ठ, मनोरम बज्राचार्य, आभान श्रेष्ठ र सृष्टिका उदासले तेस्रो पोखरा महानगरपालिका स्तरीय स्क्वास प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमार्फत यी चार खेलाडी चार फरकफरक विधामा च्याम्पियन बनेका हुन् । स्क्वास राकेट एसोसिएसन कास्कीको व्यवस्थापनमा खुला पुरूष, महिला, ४५ माथि भेट्रान्स र बिगिनर्स गरी चार विधामा पोखरा रंगशालास्थित स्क्वास कोर्टमा दुई दिन प्रतियोगिता भएको थियो । भेट्रान्सतर्फ नवराज प्रथम, राजु श्रेष्ठ द्वितीय, कमल बस्नेत र पुष्पराज श्रेष्ठ तृतीय भएको स्क्वास राकेट एसोसिएसन कास्कीका अध्यक्ष प्रवीण पालिखेले जानकारी दिए । खुला… पुरा पढौ

भक्तराजलाई फेब्रुअरीको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित फेब्रुअरी महिनाको मन्थ्ली मेडल गल्फको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा उनले ३२ अंक जोड्दै उपाधि जिते । स्टेबल फोर्डको आधारमा खेलाईएको प्रतिस्पर्धामा उनले २१ गल्फरलाई पछाडी पार्दै उपाधिमा नाम लेखाए । पार ६९ को कोर्षको प्रतिस्पर्धामा ३१ अंक सहित एएसपी लिलाजंग गुरुङले उपविजेताको पुरस्कार थापे । ग्रस तर्फको पुरस्कार भने इन्जिनियर सन्तोष गुरुङले जिते । पुरा पढौ

प्रिन्सलाई लगातार चौथो पटक उपाधी

काठमाडौं- सशस्त्र प्रहरीको एपिएफ क्लबका प्रिन्स दाहालले चौथो पटक पनि पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टनको उपाधी उचालेका छन् । १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन २०८० को शनिबार भएको फाईनलमा शिर्ष ८ तर्फको पुरुष एकलमा ललितपुरका प्रफुल महर्जन माथि २१–१८, २२–२० को सघर्षपूर्ण जित निकाल्दै प्रिन्सले चौथो पटक उपाधी उचालेका हुन् । यस विधाको तेश्रो स्थानमा एपिएफका देवराज राना र नेपाल पुलिसका सुनिल जोशी रहे । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ, नेपालको आयोजनामा भएको प्रतियोगिताको शिर्ष ८ को… पुरा पढौ

बुटवलमा आयोजित दोस्रो मेयरकप टेनिसमा पोखरेलीका बर्चस्व

पोखरा-बुटवलमा आयोजित दोस्रो मेयर कप तथा छैटौं बुटवल ओपन टेनिस प्रतियोगितामा अधिकांश उपाधि पोखरेली टेनिस खेलाडीको पोल्टामा परेको छ । प्रतियोगिता अन्तर्गत पुरुष एकलमा पोखराका प्रदीप खड्काले रितिक रानालाई ६–३, ४–६ र ६–४ ले पराजित गर्दै उपाधि आफनो बनाए । पोखराकै अनिल साईले कमल भण्डारीलाई ७–५, ६–७ र ११–९ ले पराजित गर्दै पोखरालाई दोस्रो उपाधि दिलाए । ४५ वर्ष माथिको डबल्समा धरमबहादुर लामिछाने र गोपीबहादुर भट्टराईको जोडीले स्वर्ण पदक भित्र्याए । यो जोडीले रोहित सुनुवार र जोली तारगङको जोडीमाथि ७–५,… पुरा पढौ

प्रिन्सलाई सम्मान

काठमाडौं- राष्ट्रिय ब्याडमिन्टन सघ, नेपालले बिश्व जुनियर नम्बर एक रहिसकेका नेपालका नम्बर एक खेलाडी प्रिन्स दाहाललाई रोयल ईनफिल्ड हन्टर ३५० ले सम्मान गरको छ । संघको पूर्व घोषित कार्यक्रम अनुरुप प्रिन्सलाई उक्त बाईकले सम्मान गरको हो । संघले पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग प्रतियोगिताको लगातार तीन संस्करणमा बिजय हासिल गर्ने खेलाडीलाई मोटरसाईकल प्रदान गर्ने घोषणा गरेको थियो ।यस सम्मानबाट हाल सम्म रत्नजित तामाङ्ग र नङ्गशल तामाङ्ग सम्मानित भईसकेका छन् । पुरा पढौ

प्रिन्स र प्रफुल उपाधीका लागि पुनः भिड्ने

काठमाडौं-एपिएफका प्रिन्स दाहाल र ललितपुरका प्रफुल महर्जन पुन एक पटक लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधीका लागि भिड्ने भएका छन् ।पुष्पलाल स्मृतीको अघिल्लो संस्करणमा प्रफुललाई पछि पारेका प्रिन्स तेश्रो प्रधानमन्त्री कपमा प्रफुल संग पराजित भएका थिए । त्यस यता ललितपुर जिल्ला ब्याडमिन्टन संघले आयोजना गरेको दोश्रो मेयर कप र स्पोर्टस् हवद्वारा आयोजना गरिएको प्रथम प्रकास दाहाल स्मृती राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा प्रफुललाई पराजित गर्र्दै प्रिन्सले उपाधी जितेका थिए । आज भएको शिर्ष ८ पुरुष एकल… पुरा पढौ

प्रतिभालाई पोखरा कप क्रिकेटको उपाधि

पोखरा-एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि प्रतिभा माध्यमिक विद्यालयले जितेको छ ।बुधबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको फाइनल खेलमा अमरसिंह माध्यमिक विद्यालयलाई ३८ रनले पराजित गर्दै प्रतिभाले उपाधि जितेको हो । पोखरामा पहिलो पटक भएको प्रतियोगितामा उपाधि जित्दै इतिहास बनाएको प्रतिभाले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।अमरसिंहले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । प्रतिभाले दिएको १७३ रनको लक्ष्य पछ्याएको अमरसिंह निर्धारित २० ओभरमा… पुरा पढौ

१३ औं पुष्पलाल स्मृती राष्ट्रिय ब्याडमिन्टन ः सेमिफाईनल समिकरण पुरा

काठमाडौ- राजधानीमा जारी लि–निङ्ग १३ औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ बरियताविचको सेमिफाईनल समिकरण पुरा भएको छ । पुरुष एकल तर्फ समूह ए बाट बिजेताको रुपमा एपिएफका प्रिन्स दाहाल र उपबिजेताको रुपमा नेपाल पुलिसका सुनिल जोशी तथा समूह बी बाट बिजेताको रुपमा ललितपुरका प्रफुल महर्जन र उपबिजेताको रुपमा एपिएफका देवराज रानाले सेमिफाईलनमा स्थान बनाए ।महिला तर्फ समूह ए बाट ललितपुरकी रशिला महर्जन समूह बिजेता र आर्मीकी अनुमाया राई उपबिजेता तथा समूह बी बाट भोजपुरकी नङ्गशल तामाङ्ग समूह… पुरा पढौ

सञ्जीवको टिमलाई प्रो-एमको उपाधि

पोखरा-सूर्य नेपाल गल्फ टुर २०२३(२४ अन्तर्गतको चौंथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको प्रो(एमको उपाधि प्रोफेसनल सञ्जीब बहादुर नेपालीको टिमले जितेको छ।पोखरास्थित पार-६९ को हिमालयन गल्फ क्लबमा‌ उपाधि जित्ने क्रममा सञ्जीवको टिमले कुल १ सय ४८ स्कोर बनायो। प्रो सञ्जीबले ३४ अंक बनाउँदा एमेच्योरहरू १२ बर्षका युवा गल्फर दीप्सन लामाले ३९, बलराम थापाले ३८ र रबिन्द्र तिवारीले ३७ अंक जोडे। प्रो निरज तामाङको टिमले १ सय ४१ स्कोर सहित दोस्रो स्थान प्राप्त गर्यो। प्रो निरजले ३४ स्कोर गर्दा एमेच्योरहरू १३ वर्षका… पुरा पढौ