खेल संस्था

त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा पोखरा रंगशालामा जारी नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारका खेलहरुमा त्रिभुवन शान्ति मावि र अम्मरसिंह मावि विजयी भएका छन् । पहिलो खेलमा त्रिभुवन शान्तिले सिर्जना माविलाई ४ विकेटले पराजित गरेको हो । पहिला व्याटिङ गरेको सिर्जनाले पुरा २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । उसका लागि प्रनिशा अर्यालले १२ रन हानिन् । सिर्जनाले ७६ अतिरिक्त रन पाएको थियो । त्रिभुवन शान्तिको… पुरा पढौ

पोखरामा एशिया कप ट्रायथलन ,इजिप्टका इसमाइल र आइसल्याण्डका इडालाई उपाधि

पोखरा- पोखरामा आयोजित एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसिपमा एशिया कपको उपाधि पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइलले जित्नुभएको छ । यसैगरी महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बन्नुभयो । ट्रायथलनको स्प्रिन्ट विधा अन्तर्गत फेवातालमा सात सय ५० मिटर पौडी र त्यसपछि २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड भएको थियो । पुरुषतर्फ च्याम्पियन इसमाइलले निर्धारित दूरी ५६ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । अष्ट्रेलियाका ब्रुक्किन हेनरीले ५७ मिनेट १० सेकेण्डमा पूरा गरी द्वितीय र जापानका मिट्सुहो मोचीजुकील ५७ मिनेट २५ सेकेण्डमा… पुरा पढौ

पोखरामा विद्यालयस्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट, सिद्ध माविको विजयी शुरुवात

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा महानगर क्रिकेट संघ पोखराको संयोजनमा शनिबारदेखि पोखरा रंगशालामा नगर स्तरिय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सिद्ध माविले भद्रकालि माविलाई ४३ रनले पराजित गरेको छ । पहिला व्याटिङ गरेको सिद्धले रचना चौधरीको अभिजित ४४ तथा शुशिला दिमदुङको अविजित १० रनको योगदानमा २० ओभरमा ३ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । भद्रकाली मावि केवल ७८ रनमा समेटियो । १३.२ ओभरमा सम्पूर्ण विकेट गुमायो । प्लेयर अफ… पुरा पढौ

गण्डकी प्रदेश स्क्वास र्‍याकेट संघको अध्यक्ष रञ्जित सर्वसम्मत

पोखरा -गण्डकी प्रदेश स्क्वास तथा र्‍याकेट संघको अध्यक्षमा अशोक रञ्जित सर्वसम्मत चयन भएका छन् । संघको पोखरामा बिहबार सम्पन्न प्रथम अधिवेशनले उनलाई आगामी ४ वर्षका लागि अध्यक्षमा सर्वसम्मन निर्वाचित गरेको हो । यसै गरी संघको उपाध्यक्षमा प्रकाश केसी, महासचिवमा कमल बहादुर बस्नेत, सचिवमा प्रेम शर्मा र कोषाध्यक्षमा रक्से लामा निर्वाचित भएको निर्वाचित समितिका संयोजक पुष्पराज श्रेष्ठले जानकारी दिए । यसै गरी कार्यसमितिको सदस्यमा यूवराज कुंवर, आभान श्रेष्ठ, रामप्रसाद पौडेल, सृष्टिका उदास र रुक गुरुङ सर्वसम्मत निर्वाचित भए । कार्यक्रममा जिल्ला… पुरा पढौ

छैठौं राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार हुने

पोखरा-स्वस्थ नेपालको परिकल्पनालाई आत्मसात गर्दै नेपाली युथ फिटनेस एण्ड केलिसथेनिक्सले छैठौं संस्करणको राष्ट्रव्यापी खुल्ला व्यायाम प्रतियोगिता शनिबार १५ गते आयोजना गर्ने भएको छ । एक बिज्ञप्ती जारी गर्दै आयोजकले प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी उक्त जानकारी गराएको हो । काठमाडौं बौद्ध स्थित बाग्मती नगर पार्कमा हुने प्रतियोगितालाई बजाजको सु–प्रसिद्ध मोटर बाइक ब्रान्ड पल्सरले सहयोग गर्ने आयोजकले जनाएका छन् । वल्र्ड पावरलिफ्टिङ्गको र युरोपियन स्ट्रीट लिफ्टिङ्ग महासंघको सम्बद्धतामा आयोजना हुने प्रतियोगितामा देशभरबाट २५० भन्दा बढि खेलाडीहरुको सहभागिता रहने आयोजकले प्रेश बिज्ञप्तीमा… पुरा पढौ

बैशाख अन्तिम साता मार्शल आर्ट फेष्टिबल

पोखरा-पोखरा महानगरपालिकाले आर्थिक वर्षको अन्त्यतिर आईपुग्दा बैशाख अन्तिमसातादेखि मार्शल आर्ट फेष्टिबलसहित विभिन्न खेलकुद कार्यक्रम गर्ने योजना सार्वजनिक गरेको छ । बैशाख अन्तिम साता मार्शल आर्ट अन्र्तगत महानगरस्तरीय कराँते, तेक्वान्दो, उसु, फुल कन्ट्याक्ट कराँते, आईटिएफ तेक्वान्दो, जुडो, र हप्किडो गर्ने योजना रहेको महानगर खेलकुद विकास समितिले उल्लेख गरेको छ । महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादु गोदारका अनुसार फेन्सिङ भने राष्ट्रियस्तरको आयोजना गरिने छ । त्यस्तै गरी महानगर खेलकुद विकास समितिले कास्की जिल्ला बक्सिङ संघसँगको समन्वयमा राष्ट्रिय बक्सिङ प्रतियोगिता गर्ने समेत… पुरा पढौ

जिल्ला लिगकम नकाउट फुटबल बैशाख तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि बलराम स्मृति जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता हुने छ । गत चैतमा आयोजना गर्ने संघले निर्णय गरेपनि अखिल नेपाल फुटबल संघकै निर्देशनमा कास्की जिल्ला फुटबल संघले लिगकम नकाउट फुटबल प्रतियोगिता एक महिना पछि सारेको हो । झण्डै दुई वर्षपछि फुटबल संघले क्लबस्तरीय लिगकम फुटबल प्रतियोगिता गर्दै फुटबलको गतिलाई फेरी पुरानै अवस्थामा फुर्काउने तयारीमा जुटेको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल संघमा… पुरा पढौ

आर्मीका संजय लेखनाथ हाफ म्याराथन च्याम्पियन

पोखरा-त्रिभुवन आर्मी क्लबका संजय श्रेष्ठले दोस्रो संस्करणको लेखनाथ हाफ म्याराथनको उपाधि जितेका छन् । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा आर्मीका श्रेष्ठ प्रथम भएका हुन् । उनले १ घण्टा ४ मिनेट ४७ सेकेण्डमा निर्धारित २१ किलोमिटर दुरी पार गरे । श्रेष्ठले ६० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पुरस्कार पाए । १ घण्टा ६ मिनेट ३३ सेकेण्डमा दौड सकेर सशस्त्र प्रहरी बलका किरण बोगटी द्वितीय भए । उनले ३० हजार रूपैयाँसहित मेडल र प्रमाणपत्र पाए । प्रथम संस्करणका विजेता… पुरा पढौ

यूनाइटेड क्लबद्धारा शुक्रराज बलभद्र स्कुलमा खेलकुद सामाग्री वितरण

पोखरा- १४ औं वार्षिकोत्सवको अवसरमा यूनाइटेड क्लबले पोखरा १४ छिनेडांडामा रहेको शुुक्रराज बलभद्र माविमा खेलकुद सामाग्री वितरण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी आयोजना गरिएको खेलकुद सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १४ का अध्यक्ष बोधबहादुर कार्कीले यूनाइटेड क्लबले सामाजिक काम संगै देशमा विद्यमान अवस्थाहरुलाई मध्यनजर गरी कार्यक्रमहरु अगाडि वढाउनुपर्नेमा समेत जोड दिए । सो अवसरमा वोल्दै यूनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव विशुद्ध सामाजिक कामकै लागि आयोजना गरिने भएकाले पोखरा महोत्सवको… पुरा पढौ

नयाँ वर्षमा दोस्रो लेखनाथ हाफ म्याराथन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बैैशाख १ गते लेखनाथ हाफ म्याराथनको दोस्रो संस्करण शुरु हुदैं छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग गर्ने छन् । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ । हाफ म्यराथनको विजेताले ६० हजार रुपैयाँ पाउने… पुरा पढौ