खेल संस्था

लेखनाथको पटनेरीमा क्रिकेट रंगशाला बनाउन सिफारिस

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने सपना साँचेको झण्डै आधा दशक पुरा भईसक्यो । तर अझै उपयुक्त मैदान भेटेको छैन् । परिषदले स्थान पहिचान गरेपनि लगानी भने अझै हुन सकेको छैन् । पोखरा ३३ पशुपतिघाटमा जग्गा प्राप्त भएपनि फेजआउट भएपछि प्रदेश खेलकुद परिषद तथा गण्डकी प्रदेश सरकारकै रंगशाला निर्माण गर्ने सपना पुरा हुन सकेन् । क्रिकेट रंगाशाला निर्माणको लागि प्रदेश खेलकुद परिषदले आफनै सदस्य ऋषिराम गौतमको संयोजकत्वमा स्थान पहिचानको लागि टोली गठन गरेको थियो । गठित टोलीले… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको लागि प्रदेश खेलकुद परिषदसँग सहयोगको माग

पोखरा-आगामी बैशाखको तेस्रो साता आायोजना गर्ने आठौं संस्करणको स्पोर्टस अवार्डलाई आर्थिक सहयोग गर्न गण्डकी प्रदेश खेलकुद परिषदलाई आग्रह गरेको छ । मंगलबार मञ्चका अध्यक्ष दिननाथ बरालसहितको टोलीले प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मासँग भेटघाट गर्दै आर्थिक सहयोगको लागि प्रस्तावना पत्र हस्तान्तरण गरेको छ । हस्तान्तरणपछि सदस्य सचिव शर्माले सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । यद्यपी कस्तो खालको सहकार्य गर्ने भन्ने विषय भने खुलाईएको छैन् । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको… पुरा पढौ

मार्च गल्फ मन्थ्ली मेडल सुवेदीलाई

पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा आयोजिन मार्चको मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि कमल सुवेदीले जितेका छन् । शनिबार भएको ३रु४ ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेता गल्फरलाई जिजिएस युकेका उपाध्यक्ष गीताजंग गुरुङले पुरस्कार प्रदान गरेका थिए । उनी पनि पाहुना तर्फको विजेता बन्न सफल भएका छन् । पुरा पढौ

कास्कीबाट एन्फा एकेडेमीको लागि यु १३ छनोट

पोखरा कास्की जिल्ला फुटबल संघले यु १३ छनोट खेलाडी गरेको छ । छनोट भएका खेलाडीहरुलाई प्रदेश छनोटको लागि पठाईने छ । संघले अखिल नेपाल फुटबल संघले वर्षेनी राख्ने एकेडेमीको लागि प्रत्येक जिल्लाबाट छनोट गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघले झण्डै २ सय जना बालकहरुबाट छनोट गरिएको जनाएको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार बढीमा ४० जना गरिने छ । शनिबार पोेखरा रंगशालामा छनोट गरिएको छ । सयोजकमा नरेन्द्रजंग गुरुङ, प्रशिक्षकमा सन्तोष केसी, योगेन्द्र थकाली, बेलकुमार गुरुङ र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड

पोखरा-आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवद्र्धकको भूमिका निर्वाह गर्ने सम्झौता गरेको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

साईक्लिङ संघ कास्कीको अध्यक्षमा भण्डारी

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको नयाँ कार्यसमितिमा शंकर भण्डारीले दोहोर्याएका छ् । शनिबार सम्पन्न भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत गरेको हो । अधिवेशनले उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमलबहादुर नेपाली रहेका छन् । सदस्यहरुमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशा मिया श्रीमल र एलिना सापकोटा रहेका छन् । पुरा पढौ

आरबीबि एनभीए राष्ट्रिय पुरुष लिग भलिबल खेल्ने गण्डकी प्रदेश टोलीको विदाई

पोखरा-आरबीबि एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता खेल्न काठमाडौं जाने गण्डकी प्रदेशको पुरुष टोलीलाई बुल्समेन क्लब तथा बुल्समेन प्लेग्राउण्ड पोखरा रंगशालाले विदाई गरेको छ । क्लबका संरक्षक सुनिल गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्लबका अध्यक्ष नुना गुरुङ, क्लबका महासचिव उदिम गुरुङ तथा सहसचिव विमल खाँड लगायतले खादा लगाई विदाई गरेका हुन । गण्डकी प्रदेशको टोलीको कप्तानी हरि पाण्डेले गर्ने छन । खेलाडीहरुमा सरोज बर्देवा, जीवन सुनार, हिमाल सुनारीमगर, ईन्द्र विक, विश्वास अधिकारी, सुजन चोख्याल, विवश… पुरा पढौ

गोर्खा हिल युके वार्षिक क्याडी गल्फको उपाधि गोविन्द विकलाई

पोखरा-हिमालयन गल्फ क्लबमा आईतबार आयोजित क्याडी गल्फ प्रतियोगिताको ग्रस तर्फको उपाधि गोविन्द विकले जितेका छन् । उनले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ७१ स्कोरसहित उपाधि जित्न सफल भए । विजेता उनले नगद ५ हजार प्राप्त गरे ।गोर्खा हिल युके(चन्द्र गुरुङ तथा परिवार) को मुख्य प्रायोजन रहेको गोर्खा हिल युके वार्षिक गल्फ प्रतियोगितामा ग्रस तर्फ सन्सार वि.क (७६ स्कोर) र तेस्रो स्थानमा सन्जय परियार(७९ स्कोर)ले जिते । त्यसैगरी नेट तर्फको पुरस्कार विपिन विकले जितेका छन् । उनले पार ६९ को… पुरा पढौ

यु-१३ नाईन ए साईडको उपाधि संगम एकेडेमीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ

कास्की क्लबस्तरीय लिगकम नकाउट फुटबल आगामी चैत तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी चैत १७ गतेदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । फुटबल संघमा आवद्ध क्लबहरुको अन्तरक्रिया कार्यक्रममा क्लबका पदाधिकारीले संघले प्रस्ताव गरेको मितिलाई सर्वसम्मत निर्णय गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा २३ वटा क्लब आवद्ध छन् । संघको नव गठित कार्यसमितिले झण्डै दुईवर्षपछि लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको त्रिशक्ति क्लब यसै वर्ष मात्रै कास्की जिल्ला फुटबल सघमा आवद्ध भएको हो ।… पुरा पढौ