खेल संस्था

नयाँ वर्षमा दोस्रो लेखनाथ हाफ म्याराथन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा आगामी बैैशाख १ गते लेखनाथ हाफ म्याराथनको दोस्रो संस्करण शुरु हुदैं छ । कास्की जिल्ला एथ्लेटिक्स संघको प्राविधिक सहयोग गर्ने छन् । पुरुषतर्फ २१ किलोमिटर हाफ म्याराथन, १० किलोमिटरको महिला÷पुरुष राष्ट्रिय खुला दौड, विद्यालयतर्फ ५ किलोमिटर छात्रछात्रा र भेट्रान्सतर्फ ५ किलोमिटर दौड हुने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । चार वटा विधामा गरेर करिब एक हजार धावक सहभागी हुने अनुमान आयोजकको छ । हाफ म्यराथनको विजेताले ६० हजार रुपैयाँ पाउने… पुरा पढौ

लेखनाथको पटनेरीमा क्रिकेट रंगशाला बनाउन सिफारिस

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले अन्तराष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गर्ने सपना साँचेको झण्डै आधा दशक पुरा भईसक्यो । तर अझै उपयुक्त मैदान भेटेको छैन् । परिषदले स्थान पहिचान गरेपनि लगानी भने अझै हुन सकेको छैन् । पोखरा ३३ पशुपतिघाटमा जग्गा प्राप्त भएपनि फेजआउट भएपछि प्रदेश खेलकुद परिषद तथा गण्डकी प्रदेश सरकारकै रंगशाला निर्माण गर्ने सपना पुरा हुन सकेन् । क्रिकेट रंगाशाला निर्माणको लागि प्रदेश खेलकुद परिषदले आफनै सदस्य ऋषिराम गौतमको संयोजकत्वमा स्थान पहिचानको लागि टोली गठन गरेको थियो । गठित टोलीले… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको लागि प्रदेश खेलकुद परिषदसँग सहयोगको माग

पोखरा-आगामी बैशाखको तेस्रो साता आायोजना गर्ने आठौं संस्करणको स्पोर्टस अवार्डलाई आर्थिक सहयोग गर्न गण्डकी प्रदेश खेलकुद परिषदलाई आग्रह गरेको छ । मंगलबार मञ्चका अध्यक्ष दिननाथ बरालसहितको टोलीले प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्मासँग भेटघाट गर्दै आर्थिक सहयोगको लागि प्रस्तावना पत्र हस्तान्तरण गरेको छ । हस्तान्तरणपछि सदस्य सचिव शर्माले सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् । यद्यपी कस्तो खालको सहकार्य गर्ने भन्ने विषय भने खुलाईएको छैन् । आगामी बैशाख २१ गते हुने तय भएको अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता दिइएको… पुरा पढौ

मार्च गल्फ मन्थ्ली मेडल सुवेदीलाई

पोखरा-पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा आयोजिन मार्चको मन्थ्ली मेडल गल्फ प्रतियोगिताको उपाधि कमल सुवेदीले जितेका छन् । शनिबार भएको ३रु४ ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा सन्देश सिग्देल उपविजेता बने । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । विजेता गल्फरलाई जिजिएस युकेका उपाध्यक्ष गीताजंग गुरुङले पुरस्कार प्रदान गरेका थिए । उनी पनि पाहुना तर्फको विजेता बन्न सफल भएका छन् । पुरा पढौ

कास्कीबाट एन्फा एकेडेमीको लागि यु १३ छनोट

पोखरा कास्की जिल्ला फुटबल संघले यु १३ छनोट खेलाडी गरेको छ । छनोट भएका खेलाडीहरुलाई प्रदेश छनोटको लागि पठाईने छ । संघले अखिल नेपाल फुटबल संघले वर्षेनी राख्ने एकेडेमीको लागि प्रत्येक जिल्लाबाट छनोट गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघले झण्डै २ सय जना बालकहरुबाट छनोट गरिएको जनाएको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार बढीमा ४० जना गरिने छ । शनिबार पोेखरा रंगशालामा छनोट गरिएको छ । सयोजकमा नरेन्द्रजंग गुरुङ, प्रशिक्षकमा सन्तोष केसी, योगेन्द्र थकाली, बेलकुमार गुरुङ र… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड

पोखरा-आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८० लाई नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले प्रवद्र्धकको भूमिका निर्वाह गर्ने सम्झौता गरेको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

साईक्लिङ संघ कास्कीको अध्यक्षमा भण्डारी

पोखरा-कास्की जिल्ला साईक्लिङ संघको नयाँ कार्यसमितिमा शंकर भण्डारीले दोहोर्याएका छ् । शनिबार सम्पन्न भएको अधिवेशनले उनलाई अध्यक्षमा सर्वसम्मत गरेको हो । अधिवेशनले उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमलबहादुर नेपाली रहेका छन् । सदस्यहरुमा अशोक चालिसे, रविश्वर आचार्य, वमन चालिसे, आशा मिया श्रीमल र एलिना सापकोटा रहेका छन् । पुरा पढौ

आरबीबि एनभीए राष्ट्रिय पुरुष लिग भलिबल खेल्ने गण्डकी प्रदेश टोलीको विदाई

पोखरा-आरबीबि एनभीए राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल प्रतियोगिता खेल्न काठमाडौं जाने गण्डकी प्रदेशको पुरुष टोलीलाई बुल्समेन क्लब तथा बुल्समेन प्लेग्राउण्ड पोखरा रंगशालाले विदाई गरेको छ । क्लबका संरक्षक सुनिल गुरुङ, गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङ, क्लबका अध्यक्ष नुना गुरुङ, क्लबका महासचिव उदिम गुरुङ तथा सहसचिव विमल खाँड लगायतले खादा लगाई विदाई गरेका हुन । गण्डकी प्रदेशको टोलीको कप्तानी हरि पाण्डेले गर्ने छन । खेलाडीहरुमा सरोज बर्देवा, जीवन सुनार, हिमाल सुनारीमगर, ईन्द्र विक, विश्वास अधिकारी, सुजन चोख्याल, विवश… पुरा पढौ

गोर्खा हिल युके वार्षिक क्याडी गल्फको उपाधि गोविन्द विकलाई

पोखरा-हिमालयन गल्फ क्लबमा आईतबार आयोजित क्याडी गल्फ प्रतियोगिताको ग्रस तर्फको उपाधि गोविन्द विकले जितेका छन् । उनले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा खेलाईएको प्रतिस्पर्धामा ७१ स्कोरसहित उपाधि जित्न सफल भए । विजेता उनले नगद ५ हजार प्राप्त गरे ।गोर्खा हिल युके(चन्द्र गुरुङ तथा परिवार) को मुख्य प्रायोजन रहेको गोर्खा हिल युके वार्षिक गल्फ प्रतियोगितामा ग्रस तर्फ सन्सार वि.क (७६ स्कोर) र तेस्रो स्थानमा सन्जय परियार(७९ स्कोर)ले जिते । त्यसैगरी नेट तर्फको पुरस्कार विपिन विकले जितेका छन् । उनले पार ६९ को… पुरा पढौ

यु-१३ नाईन ए साईडको उपाधि संगम एकेडेमीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ