पोखरा-पोखरा राइडर्स क्लबको आयोजनामा ‘पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप–२०२४’ हुने भएको छ ।विकास र शान्तिका लागि विश्व खेलकुद दिवस अवसरमा आगामी चैत २३ र २४ गते पोखरा–२३, पामे, बाम्दीमा हुने च्याम्पियनसिपमा करिब ३० जना खेलाडीले भाग लिने छन् । यो च्याम्पियनसिप नेपालमै पहिलो पल्ट हुन लागेको आयोजकको दाबी छ । शनिबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक जगत धौलीले भर्खरै जन्मिएको क्लबले पहिलो पल्ट यति बृहत् प्रतियोगिता गर्न लागेको जनाउँदै सबैसँग सहयोगको अपेक्षा गरे । उनले वडा कार्यालयदेखि सबैसँग अनुमति लिएर आयोजित साहसिक…
पुरा पढौ