खेल संस्था

दर्शकको उपस्थितिले हौसला थपेको भलिबल प्रतियोगिता

पोखरा-खेलकुद आफैमा उर्जाशिल हो । खेल्ने र हेर्ने दुवैलाई उर्जा थप्ने खेलकुद नै हो । दुईमत छैन् । अर्को खेलकुदको लागि उर्जा भर्ने काम दर्शकले गर्छन् । आयोजकलाई उर्जा पनि दर्शकको उपस्थितिले गर्छ । चौथो संस्करणको टाईगर कप भलिबल प्रतियोगिताको फाईनलमा दर्शकको उपस्थितिले आयोजकलाई हौसला थप्यो नै पोखरालाई स्पोर्टस टुरिज्म सिटी बनाउने अभियानलाई सार्थक समेत बनायो । पोखराको भलिबल कोर्टमा इतिहासमै पहिलो पटक यतिधेरै दर्शकको उपस्थिति भएको थिएन् । दर्शकले कोर्टलाई चारैतिरबाट घेरेका थिए । उभ्यिएर भएपनि भलिबल हेर्न दर्शक… पुरा पढौ

पुरुषतर्फ हेल्प नेपाल च्याम्पियन, सशस्त्रद्वारा उपाधिमा ह्याट्रिक

पोखरा-गण्डकी प्रदेश भलिबल संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको उपाधि जित्नबाट चुकेको छ । घरेलु कोर्टमा दर्शकको समर्थन पाएको गण्डकीले पहिलो पटक फाईनलमा प्रवेश गरेको हेल्प नेपाल स्पोर्टस क्लबको चुनौतिलाई पन्छाउन सकेन् । चुनौति पन्छाउन नसक्दा गण्डकीले तेस्रो पटक उपाधिबाट विमुख रह्यो । हेल्प नेपालमा तीन पाकिस्तानी खेलाडी थिए । गण्डकीमा तीन भारतीय खेलाडी थिए । गण्डकीले पहिलो पटक भारतीय खेलाडीलाई टोलीमा समावेश गरेको थियो । हेल्प नेपालको पाकिस्तानी खेलाडी भने नियमित प्रतियोगितामा टोलीमा समावेश हुदैं आएका छन् ।… पुरा पढौ

उपाधिमा एपीएफको ह्याट्रिक

पोखरा-चीरपरिचित क्लब चन्द्रगिरी न्यु डायमण्डसँगको भेटमा सशस्त्र प्रहरी बलले पोखराको भलिबल कोर्टमा सोझो सेटको जित निकाल्दै टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा ह्याट्रिक गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला भलिबल प्रतियोगितामा न्यु डायमण्डको चुनौतिलाई सशस्त्रले सोझो तीन सेटको नजिता निकाल्दै उपाधिमा ह्याट्रिक गर्ने पहिलो टोली बन्यो । शनिबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा दर्शकको उपस्थिति निकै बाक्लो थियो । यसले खेलकुद अनि भलिबलप्रतिको क्रेजलाई दर्शाएको छ । दर्शकको उपस्थितिले आयोजकलाई हौसला र उर्जा थपिदिएको… पुरा पढौ

गण्डकी र हेल्प नेपाल चौथो टाईगर कप भलिबलको फाईनलमा

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बलको चुनौतिलाई पन्छाउँदै गण्डकी प्रदेश भलिब संघ तेस्रो पटक टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले शुक्रबार सशस्त्र प्रहरी बललाई सोझो सेटमा पराजित गर्दै घरेलु कोर्टमा उपाधि निकट पुगेको हो । तेस्रो पटक उपाधिको लागि गण्डकी पदेशले हेल्प नेपाल स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । घरेलु टोली गण्डकी प्रदेश भलिबल संघले विभागिय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई सोझो ३–० को सेटमा र टिप टप हेल्प नेपालले पाहुना टोली श्रीलंका… पुरा पढौ

महिलातर्फ त्रिभुबन आर्मी क्लब तेश्रो स्थानमा

पोखरा-पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिता २०८० मा नेपाल पुसिल क्लबलाई पराजित गर्दै नेपाल आर्मीको त्रिभुबन क्लबले तेश्रो स्थान प्राप्त गरेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शुक्रबार भएको प्रतियोगितामा त्रिभुबन आर्मीले पुलिस क्लबलाई ३–१ सेटमा पराजित गर्दै तेश्रो स्थान प्राप्त गरेको हो । सम्पन्न खेलमा आर्मीले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्न सफल भयो भने दोश्रो सेट १८–२५ ले पुलिसलाई बुभाउन पुग्यो । तर तेश्रो सेट २५–२० र चौथो सेट २५– १९ ले जित्दै तेश्रो… पुरा पढौ

पोखरा म्याराथनलाई प्रविधि मैत्री बनाउने मञ्चको योजना

पोखरा-१८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई व्यवस्थित र प्रविधिमैत्री बनाउने उदेश्यमा जुटेको नेपाल भुतपुर्व खेलाडी मञ्चले जनाएको छ । अन्तरक्रियामा सहभागि संस्थाका प्रतिनिधिहरुले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई भव्य र सभ्य बनाउनका लागि आर्थिक, भौतिक र नैतिक रुपमा साथ र सहयोग गर्ने प्रतिबद्धता गरेका छन् । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले संघमा आबद्ध सदस्य उद्योगी तथा व्यापारिहरुको तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताए । उनले म्याराथनका लागि आफुहरुसँग समन्वयमा रहन समेत आयोजकलाई अनुरोध गरे । नेपात्र पत्रकार महासंघ कास्कीका… पुरा पढौ

जितेर पनि बाहिरियो आर्मी

पोखरा-गण्डकी प्रदेशले पुरुष तर्फ चौथो टाईगर कपमा अन्तिम चारमा प्रवेश गर्दा उपाधि दावेदार मानिएको त्रिभुवन आर्मी क्लब जितले पनि सेमिफाईनल प्रवेश असम्भव बन्यो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको अन्तिम लिगमा गण्डकी विभागिय क्लब नेपाल आर्मीको त्रिभुबन क्लब संग ३–२ सेटले पराजित भए पनि सेमीफाइनलको यात्रा तय गर्दै भाग्यमानी बन्यो । खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५–२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।… पुरा पढौ

आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्ड वैशाख २१ गते हुने

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने आठौँ संस्करणको पोखरा स्पोटर््स अवार्डको मिति तय भएको छ । मञ्चको ३४ औँ बैठकले आगामी बैशाख २१ गते शुक्रबार अवार्ड कार्यक्रम गर्ने निर्णय गरेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन तयारीमा तीव्रता समेत दिएको उनको भनाई छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष… पुरा पढौ

महिला तर्फ एपीएफ र चन्द्रागिरी न्यु डायमण्ड फाईनलमा

पोखरा-पोखरामा फेरी एकपटक टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिताको उपाधिको लागि सशस्त्र प्रहरी बल(एपीएफ) र चन्द्रगिरी न्यु डायमण्ड बीच हुने छ । उनीहरु दुवैले बिहीबार आफना प्रतिस्पर्धीको चुनौतिलाई पन्छाउँदै उपाधि निकट पुगेका हुन् । शनिबार उपाधि प्रतिस्पर्धा हुने छ । विभागीय डर्बीमा एपीएफले त्रिभुवन आर्मीमाथि उत्कृष्ट पुनरागम जित निकाल्दै फाईनल प्रवेश गर्यो । दुई सेट गुमाएर पनि विचलित नबनेको एपीएफले पछिल्लो तीन सेट आफनो पक्षमा पार्दै धैर्यताको नमुना प्रस्तुत गर्यो । पहिलो सेट १९–२५ मा आर्मीलाई सुम्पिएको… पुरा पढौ

बाहिरियो गण्डकी प्रदेशको महिला टोली

पोखरा-गण्डकी प्रदेश भलिबल संघ पोखरामा आयोजित चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगितामा सबैभन्दा कमजोर बनेको छ । घरेलु कोर्टमा भएको प्रतिस्पर्धामा कुनैपनि खेल नजित्दै बाहिरिने टोली बनेको छ । प्रदेशले खेलको एक सेट पनि आफनो पक्षमा पार्न सकेन् । बुधबार भएको डिफेन्डिङ च्याम्पियन एपिएफसँँग सोझो सेटमा पराजित हुदैं बाहिरिने पहिलो टोली बन्यो । पहिलो सेट २५–१६ ले गुमाएको गण्डकीले दोश्रो सेट २५–०९ र तेश्रो सेट २५–१७ ले गुमाउँदै पराजित भयो । गण्डकीले तीन भारतीय खेलाडीलाई… पुरा पढौ