खेल संस्था

भुर्तेलको शतकमा पुलिसको फराकिलो जित

पोखरा-नेपाल पुलिस क्लबले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको छ । भुर्तेलले प्रतियोगिताको पहिलो शतक प्रहार गर्ने क्रममा ५७ बल खेल्दै ८ चौका र सात छक्का हाने । उनले १०२ रनको शतकीय पारी खेल्दै उत्कृष्ट शुरुवात दिलाएका थिए । कुशल भुर्तेलको शतकीय पारीमा मधेशले १७६ रनको लक्ष्य पाएको थियो । ओपनर सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटको लागि १३८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । धमलाले ४५ रन बनाई आउट भए । उनले… पुरा पढौ

पश्चिमाञ्चलद्वारा भलिबल उपाधि रक्षा

पोखरा-पश्चिमाञ्चल माविले पोखरामा आयोजित विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि रक्षा गरेको छ । नयाँबजारको गुरुकुल विद्यासदनलाई आइतबार बिहान भएको फाइनल खेलमा ३–२ सेट अन्तरले पराजित गर्दै गैहपाटनस्थित पश्चिमाञ्चल माविले निर्णायक सेटमा उपाधी जितेको हो । पश्चिमाञ्चलले उपाधि जित्न पाँचौं सेटसम्म प्रतिश्पर्धा गरेको थियो । पोखराको सबैभन्दा पुरानो पोखरा बहुमुखी क्याम्पसले ३७ औं वार्षिकोत्सवका अवसरमा आयोजित छात्रा भलिवल प्रतियोगितामा उपाधि हात पार्दै पश्चिमाञ्चल माविले ३० हजार रुपैयाँ नगद पुरस्कार शिल्ड र मेडल हात पारेको छ । दोश्रो भएको गुरुकुलले २० हजार… पुरा पढौ

गण्डकी पराजित हुदाँ एपीएफ सेमिफाईनलमा

पोखरा-लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ । आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो । सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकी लुम्बिनीसँग हार व्यहोर्दै बाहिरियो । सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । नेट रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो । मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा… पुरा पढौ

पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुलाई

पोखरा-११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि (पोखरा एन्ड्युरो) इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थानमा आए । किलिङले सोही… पुरा पढौ

सशस्त्रको सेमिफाईनल आशा जिवितै

पोखरा-अर्जुन ऐरीको उत्कृष्ट बलिङ प्रेरित सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गर्र्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनलको सम्भावना जिवितै राखेको छ । सेमिफाईनलको लागि गण्डकी र लुम्बिनी प्रदेश बीचको खेलसम्म कुर्नुपर्ने छ । यद्यपी अघिल्लो गण्डकीले सशस्त्र प्रहरी बललाई दुई बलबाँकी छदाँ ४ विकेटले पराजित गरेको थियो । सेमिफाईनल प्रवेश जिवितै राख्न जित्नै पर्ने दबावमा रहेको सशस्त्रले टस जित्दै सात विकेटको क्षतिमा १५१ रन बनायो । नेपाली राष्ट्रिय टोलीका भरपर्दा व्याटर आशिफ शेखलाई १३ रनमै गुमाएको सशस्त्रले… पुरा पढौ

अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व

पोखरा-पोखरामा आयोजित अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व रहेको छ । शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोली प्रथम भएको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार… पुरा पढौ

इन्जिनियर गुरुङलाई गल्फको मन्थ्ली मेडल

पोखरा-पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित नोभेम्बर मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा लेभल पार खेल्दै उपाधि जितेका हुन् । स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा शनिबार खेलाइएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३६ अंकसहित मन्थ्ली मेडल जितेका हुन् । १८ होलको कोर्षमा क्याप्टेन हरि राई दोस्रो बने । उनले ३५ स्कोर गरेका थिए । तेस्रो स्थानमा भने बलराम थापा आए । उनले कोर्षमा ३४ स्कोर गरेका थिए । प्रतिस्पर्धामा २२ जना गल्फरले सहभागिता जनाएका थिए… पुरा पढौ

पार्कीलाई उपाधि, सन्तोषीको ह्याट्रिक

नेपालगन्ज-सशस्त्र प्रहरीबलका धावक गोपीचन्द्र पार्कीले दोस्रो पटक नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जित्दा सन्तोषी श्रेष्ठले भने उपाधिमा ह्याट्रिक गरेकी छन् । शनिबार नेपालगन्जमा आयोजित म्याराथनमा पार्कीले गतवर्षका विजेता नेपाली सेनाका धावक खड्कबहादुर खड्कालाई पछि पार्दै नगद दुईलाख राशीको पुरस्कार थापे । पार्कीको यो दोस्रो उपाधि समेत हो । उनले यसअघि छैटौं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । खड्काले दोस्रो स्थानमा चित्त बुझाउँदै १ लाख पुरस्कार पाएका छन् । तेस्रो स्थान एपिएफकै किरणसिंह बोगटीले हासिल गर्दै नगद ५० हजार हात पारे… पुरा पढौ

कर्णालीको जितमा रावतको अविजित इनिङ

पोखरा-दिपेन्द्र रावतको उत्कृष्ट इनिङमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रातोलाई ४ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा आयोजक एकेडेमी रातोले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । दुवै टोलीलाई पराजित गरेको बागमती प्रदेश भने सेमिफाईनल प्रवेश गरिसकेको छ ।छैटौं नम्बरमा आएका रोशन गौतमले २० बलमा ३० रन हिर्काउँदै आयोजक रातोलाई सम्मानजनक स्कोर तर्फ अग्रसरता दिलाए । उनले १ चौका र ३… पुरा पढौ

पोखरामा आइटीएफ वल्र्ड टेनिस टुर जे–३० शुरु

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा शनिबारदेखि आइटीएफ वल्र्ड टेनिस टुर जे–३० शुरु भएको छ । हुदैं छ । दुई सातासम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ क्वालिफाइङ्ग र मुख्य ड्र गरी ६४ खेलाडीको सहभागिता रहने छ । महिलातर्फ विभिन्न राष्ट्रका ४७ खेलाडीको सहभागिता रहने कास्की जिल्ला टेनिस संघले जनाएको छ । पुरुषतर्फ भारतबाट ४४, रसियाबाट १, अमेरिकाबाट २, जापानबाट ४, नेपालबाट १०, क्यानडाबाट १, चाइनाबाट १ र श्रीलंकाबाट १ जना खेलाडीले प्रतिस्पर्धामा छन् । महिलातर्फ जापानबाट १, थाइल्याण्डबाट १ जना, अमेरिकाबाट १… पुरा पढौ