खेल संस्था

खेलाडी,रेफ्री तथा प्रशिक्षकको जोखिम विमा गर्न कार्यविधि बनाउँदै

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले प्रदेशका एघारवटै जिल्लामा सम्बन्धित संघका रेफ्री, प्रशिक्षक, कर्मचारी, पदाधिकारी लगायतलाई परिषदमा सूचीकृत गर्न परिपत्र गरेको छ । सूचीकृत भएका रेफ्री तथा प्रशिक्षक लगायतको प्रदेश खेलकुद परिषदले दुर्घटना विमा(जोखिम बहन) गर्ने निर्णय गरेको छ । त्यसको लागि प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले आगमाी बुधबार हुने छलफलबाट कार्यविधि तयार गर्नेे बताए । ‘पहिला हामीले जिल्लाका रेफ्री, प्रशिक्षक, संघका पदाधिकारी तथा कर्मचारीहरुलाई सम्बन्धित संघ मार्फत सूचीकृत गर्न आग्रह गरेका छौं’ सदस्य सचिव शर्माले भने–‘सूचीकृतको भएकाहरुको यकिन तथ्यांक… पुरा पढौ

म्याग्दी, पर्वत र बाग्लुङमा जिल्ला मुवाथाई संघ गठन

पोखरा-गण्डकी प्रदेशका तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको छ । नेपाल राष्ट्रिय मुवाथाई महासंघको परिपत्र अनुसार गण्डकीको म्याग्दी, पर्वत, बाग्लुङ जिल्ला गठन गरिएको छ । गण्डकी प्रदेशका उपाध्यक्ष एवं संयोजक दिपकबहादुर गोदारको उपस्थितिमा तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको हो । मुवाथाई खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित तीन जिल्लामा मुवाथाई संघ गठन गरिएको संयोजक दिपकबहादुर गोदारले बताए । उनले लामो समयदेखि दुई भन्दा बढी मुवाथाई संघ चर्चामा रहेपछि राष्ट्रिय खेलकुद परिषदले एकै प्रकृतिका खेललाई एउटै महासंघ गठन गर्ने निर्देशन… पुरा पढौ

स्पोर्टस अवार्डबाट एकलाख बचत

पोखरा-गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ ।मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो । स्पोर्टस अवार्डमा मञ्चले २६ लाख ९९हजार १२ रुपैयाँ विभिन्न शीर्षकमा आम्दानी गरेका जनाएको छ । त्यसैगरी २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो… पुरा पढौ

कास्की फुटबल संघद्वारा क्लब र एकेडेमीलाई बल हस्तान्तरण

पोखरा-कास्की जिल्ला फटुबल संघले पोखरामा फुटबल विकासमा जुट्दै आएका चार क्लबलाई फुटबल हस्तान्तरण गरेको छ । क्लबसँगै संघले आफैंले सञ्चालन गरेको एकेडेमीलाई समेत बल हस्तान्तरण गरेको छ । सोमबार पोखरा रंगशालामा आयोजित कार्यक्रममा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले क्लबहरुलाई बल हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु भदौरे, एपेक्स, सहारा र संगम क्लबलाई पाँच पाँच थान फुटबल हस्तान्तरण गरिएको हो । सहारा र संगमलाई भने संघले एकेडेमी सञ्चालन गरेको भन्दै बल हस्तान्तरण गरिएको हो… पुरा पढौ

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

पोखरा-प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा(२०७४सालमा) बनेको गण्डकी प्रदेश सरकारको पहिलो वार्षिक बजेटमै अन्तरराष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरिएको थियो । अन्य खेलकुदका योजना समेत थिए । तर ती कुनैपनि योजनाले पूर्णता पाउन मात्रै होईन शुरुवात नै हुन सकेको छैन्… पुरा पढौ

एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता हुने

काठमाडौं- एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाण्डौमा आयोजना हुने भएको छ । संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् । यस्तै महिला तर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा… पुरा पढौ

कल्याणकारी कोषबाट खेलाडीलाई आर्थिक सहयोग

काठमाडौं-खेलाडीहरुका लागि आपतविपतमा सहयोग गर्ने उद्धेश्यले स्थापित राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचाररत खेलाडीहरुलाई उपचार खर्च प्रदान गरेको छ । कोषका अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्गले उपचाररत विभिन्न ३ खेलाडीलाई उपचार खर्च रकमको चेक बुधबार हस्तान्तरण गरे । उपचार रकम प्राप्त गर्ने खेलाडीहरुमा टेवल टेनिसकी सेलिशा खड्गी, टेवल टेनिसका चन्दन शाही र एथलेटिक्सकी अञ्जु खड्का रहेका छन् । क्यान्सर रोगको उपचारमा रहेकी खड्गीका दाजुलाई २ लाखको चेक हस्तान्तरण गरिएको हो । उनी भारतमा उपराचाररत छिन् ।… पुरा पढौ

बाग्मती प्रदेशमा ओलम्पियन संघको स्कूल टु ओलम्कि कार्यक्रम

काठमाडौं-नेपाली ओलम्पियनहरुको छाता संगठन नेपाल ओलम्पियन्स संघले बाग्मती प्रदेशमा पहिलो स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको कीर्तिपुर नगाउँस्थित सशस्त्र प्रहरी बलको एपीएफ स्कूलमा संघले ओलम्पिक अभियान र ओलम्पियनहरुबारे परिचयात्मक कार्यक्रमसहितको स्कूल टु ओलम्पिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमअघि ओलम्पियनहरुले स्कूल प्राङ्गणमा हलुवाबेदको रुख वृक्षारोपण गरेका थिए । वृक्षारोपणमा ओलम्पिकका ४ पटक सहभागी कीर्तिमानी बैकुण्ठ मानन्धर, दीपक बिष्ट, राजेन्द्र भण्डारी र प्रमिला रिजालको सहभागिता थियो । त्यस्तै राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ्ग पनि वृक्षारोपणमा सहभागी… पुरा पढौ

कार्यविधि बनाउन कार्यदल गठन

पोखरा-प्रदेश खेलकुद परिषदले गण्डकी खेलकुद पदकको लागि कार्यविधि तयार पार्न आवश्यक कार्यदल बनाएको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माकै अध्यक्षतामा कार्यदल बनाई आगामी भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार पार्ने जिम्मेवारी तोकेको छ । सदस्य सचिव शर्माले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा तयार गरेपछि पूर्णता दिन फेरी एकपटक छलफल गरिने टुग्याउने स्पष्ट पारे । ‘गण्डकी खेलकुद पदकको लागि मेरै संयोजकत्वमा पाँचसदस्यीय कार्यदल गठन भएको छ ’ सदस्य सचिव शर्माले भने–‘त्यो कार्यदलले भदौ मसान्तसम्म कार्यविधिको मस्यौदा बनाउने छ । बनाईएको मस्यौदामा फेरी… पुरा पढौ

ई. सन्तोषलाई जुलाई मन्थ्ली मेडल गल्फ ट्रफी

पोखरा-हिमालयन गल्फ कोर्षको जुलाई(२०२३)को मन्थ्ली मेडल गल्फ च्याम्पियनसिपको ट्रफी ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा इन्जिनियर सन्तोषले ५ आण्डर ६४ को कार्डसहित ट्रफी उचालेका हुन् । पार ६९ को कोर्षमा सन्तोषले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । उनी हिमालयन गल्फ क्लबको १५ औं ह्याण्डीक्यापका एमेच्योर गल्फर हुन् । नेटतफको प्रतिस्पर्धाको उपविजेता भने क्याप्टेन गणेश गुरुङ बने । ८ ह्याण्डीक्याप रहेको गणेशले २ ओभर ७१ को कार्ड बनाए । त्यसैगरी तेस्रो स्थानमा भने… पुरा पढौ