संघ

नेपाली चेस टोलि बंगलादेश प्रस्थान

काठमाडौं-शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत… पुरा पढौ

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ… पुरा पढौ

‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’मा १३ देशका खेलाडीले प्रतिस्पर्धा गर्ने

पोखरा- गण्डकी प्रदेश तेक्वान्दो संघको आयोजनामा आगामी असोजको पहिलो साता पोखरामा अन्तराष्ट्रियस्तरको तेक्वान्दो प्रतियोगिता आयोजना हुदैं छ । ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२ ¥याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ मा १३ देशका खेलाडीले सहभागिता जनाउने आयोजकले जनाएको छन् । असोज ६ देखि ९ गते सम्म हुने ग्योरोगीतर्फ १ हजार १ जना र पुम्सेतर्फ २ सय ९८ जना खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले जानकारी दिए ।… पुरा पढौ

स्थानीयको गुनासो- ‘हाम्रो उचित सम्बोधन होस’

कास्की(भिंडाबारी)-कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन् । टेक्निकल सेन्टरको काम शुरु हुनुअघि स्थानीयको गुनासोलाई सम्बोधन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एन्फा टेक्निकल सेन्टरको प्रत्यक्ष अवलोकन गर्न पुगेको कास्की जिल्ला फुटबल संघका पदाधिकारी समक्ष स्थानीयले उचित सम्बोधन गरेर काम अगाडि बढाउनुपर्ने आग्रह गरेका छन् । ‘एन्फाको यो प्रोजेक्ट आउने बारेमा जग्गा धनीका हामीलाई सोधखोज केही गरिएन् ।’ स्थानीय दुर्गादत्त अधिकारीले भने–‘विकास हुनुपर्छ । विकासमा हामीपनि रम्न चाहन्छौं तर… पुरा पढौ

बिष्णु कान्तलाई संयोजकको जिम्मेवारी

काठमाडौं- नेपाल फुटकन्ट्याक्ट महासंघको साधारण एवं विधान संसोधन सभाले महासंघका महासचिव बिष्णुकान्त अर्याललाई महासंघको निर्वाचन गर्नका लागि संयोजकको जिम्मेवारी प्रदान गरेको छ । एलोपगोडामा आयोजना भएको साधारण एवं विधान संसोधन सभाले अर्याललाई एक महिना भित्र विधान पास गर्दै महासंघ बाहिर रहेका अन्य संघहरुलाई समेत समेट्दै महासंघको निर्वाचन गर्दै कार्यसमिति गठन गर्नका लागि जिम्मेवारी प्रदान गरेको हो । यस्तै सभाले निवर्तमान महासंघको समितिलाई हाललाई कामचलाउ समितिको रुपमा पनि जिम्मेवारी प्रदान गरेको छ । यस अघि सभाका सभाध्यक्ष एवं महासंघका अध्यक्ष दमन… पुरा पढौ

सेन्टर्ल क्रिकेट कास्की २–० को अग्रतासँगै सिरिज

पोखरा-तीन खेलको एकदिवसीय श्रृंखलामा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ४४ रनले पराजित गर्दै कास्की सेन्ट्र क्रिकेट एकेडेमीले २–० ले जितेको छ । अन्तिम एक दिवसीय खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । शुक्रबार टस जित्दै कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रनको लक्ष्य प्रस्तुत गर्यो । नवौं नम्बरमा आएका कास्की सेन्ट्रल क्रिकेट एकेडेमीका अमृत गुरुङले सर्वाधिक ३३ रनको योगदान दिएपछि कास्कीले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर मुस्कान थापा र सोहेल कुँवरले पहिलो… पुरा पढौ

सेन्ट्रल क्रिकेट १–० को अग्रता

पोखरा-कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ५५ रनले पराजित गर्दै तीन एकदिवसीय मैत्रीपूर्ण क्रिकेट सिरिजमा १–०ले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट सघको निमन्त्रणमा पोखरा भ्रमणमा आएको नेक्सस क्रिकेटसँग कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले पहिलो पटक मैत्रीपूर्ण सिरिज खेलेको हो । पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले टस जित्दै व्याटिङ गर्दै १५१ रनको योगफल तयार पार्यो । सेन्टर्ल क्रिकेट एकेडेमीका कप्तान विपिन खत्रीले ४९ रन बनाउने क्रममा ७०बल खेल्दै १ छक्का र ५ चौका प्रहार गरेका… पुरा पढौ

पोखरामा भदौ तेस्रो साता विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता

पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए । विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन… पुरा पढौ

एशियन गेम्सको तयारी, आर्चरीको बन्द प्रशिक्षण

पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका… पुरा पढौ