संघ

मनीष च्याम्पियन

काठमाडौं- जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् । उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् । सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा ७० केजीमा सुकेधाराका नारायण श्रेष्ठले केन्द्रीयका राजेश कुँवरलाई पाखा लगाए । प्रोफेसनलको पुरुष ५० केजीमा सुकेधाराका यमन मोक्तानले फ्रेन्डसिप क्लबका सुजन बस्नेत, ५५ केजीमा गोकर्णेश्वर क्लबका क्रितिन श्रेष्ठले… पुरा पढौ

आर्मीको एएफसी छनोट खेल्ने मौका गुम्यो

काठमाडौं- चिरपरिचित प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लब र थ्री स्टारले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिगमा बराबरी खेल्दै अंक बाँड्दा आर्मीको एएफसी छनोट खेल्ने मौका गुमेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आइतबार भएको दिनको दोस्रो खेलमा आर्मी र थ्री स्टारले गोल रहित बराबरी खेल्दै अंक बाँड्दा आर्मीको लक्ष्यमा ठेस लागेको हो । थ्री स्टारसँग बराबरी खेल्दा विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसी छनोट खेल्ने मौका गुमेको छ । यससँगै थ्री स्टारले पछिल्ला तीन खेलमा लगातार बरारबरी खेल्दै… पुरा पढौ

माछापुच्छ्रे ओपन टेनिस शुरु, डा. मदन दोस्रो चरणमा

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता अन्तर्गत पहिलो दिन ३५ वर्ष माथि भएको पुरुष एकलमा सन्तोष खत्रीले बिरेन्द्र लामालाई ६–१, ६–१ ले, प्रकाश वाग्लेले विकासबहादुर भट्टराईलाई ६–०, ६–२ ले, नबिन श्रेष्ठले दुर्गा सुनारलाई ६–०, ६–१ ले, डा.मदन थापाले केबी लामालाई ६–३, ६–४ को सेटमा पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका छन् । त्यस्तै, ४५ वर्ष माथिको पुरुष एकलतर्फ चन्द्र शाहीले अमृत रोक्कालाई ६–४, ६–० ले, सुकमान… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेटः विधामा प्रदेश १ को कब्जा

धनगढी-प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिमाथि एपिएफले कब्जा गर्दा प्रतियोगिताका विधामा भने प्रदेश १ ले कब्जा जमाएको छ । प्रतियोगिताकै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याट्सओम्यान र उत्कृष्ट बलर गरी तीन वटै विधामा प्रदेश १ ले बाजी मारेको हो । प्रदेश १ की कप्तान रुविना क्षेत्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी भईन् । उनले नगद २५ हजार सहित मेडल पाईन् । उनले प्रतियोगितामा ५ खेल खेल्दा १५७ रन बनाईन । जसमा उनको एक अर्धशतक सामेल रहेको छ । सर्वाधिक ७६ रनको पारी खेलेकी… पुरा पढौ

एपिएफलाई प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उपाधि

धनगढी-विभागीय टीम एपिएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । एपिएफले प्रदेश १ लाई पराजित गर्दै सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो । धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको फाईनल खेलमा प्रदेश १ लाई ७ विकेटले हराउँदै च्याम्पीयन भएको हो । उपाधि जितेसँगै  विभागीय टीम एपिएफले नगद ५ लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता भएको प्रदेश १ ले नगद ३ लाख सहित ट्रफी र… पुरा पढौ

तनहुँमाथि स्याङजाको ३ रनको रोमाञ्चक जित

पोखरा-तनुहँले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश छनोटमा दोस्रो खेलमा पराजित भएको छ । जितको संघारमा पुगेको तनहुँ अन्तत स्याङजासँग ३ रनले हार व्यहोर्न पुग्यो । पोखरा रंगशाला क्रिकेट मैदानमा शुक्रबार भएको प्रतिस्पर्धामा स्याङजाले दिएको लक्ष्य पुरा गर्न तनहुँ ४ रनले चुक्यो । स्याङजाले दिएको १२४ रनको लक्ष्य पछ्याएको तनहुँलाई जितको लागि केवल ४ रन चाहिएको अवस्थामा केवल एक विकेट मात्रै बाँकी थियो । तर चार नजोड्दै अन्तिम विकेट गुमाएपछि तनहुँ जितको संघारमा पुगेर पनि ३ रनको रोमाञ्चक… पुरा पढौ

पोखरामा १८ औं सस्करणको माछापुच्छ्रे ओपन टेनिस

पोखरा-आईतबारदेखि पोखरा रंगशाला टेनिस कोर्टमा १८ औं सस्करणको माछापुच्छ्रे खुल्ला टेनिस प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजनामा गतवर्ष कोभिडले रोकिएको प्रतियोगितालाई यो वर्ष निरन्तरता दिदैं पुस ११ गतेदेखि पोखरा रंगशालाका ६ वटा कोर्टमा शुरु हुने छ । संघले खुल्ला महिला तथा पुरुष सहित भेट्रान्स इभेण्टलाई पनि निरन्तरता दिएको छ । महिला तथा पुरुष दुवै इभेण्टमा खुल्ला प्रतिस्पर्धा गराईने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष एवं संयोजक नविन चालिसेले जानकारी दिए । खुल्ला महिला तथा पुरुष एकल र… पुरा पढौ

छैठौं चरणका खेल मच्छिन्द्र र मनाङको खेल रोमाञ्चक हुने

काठमाडौं -मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले एएफसी कप छनोट खेलमा सम्भावन कायम राख्न लागि शीर्ष स्थानमा रहेको मनाङ मस्र्याङ्दीसँगको खेल जित्नै पर्ने दबाब रहेको बताए । बिहीबार छैठौं चरणको खेल अघिको पत्रकार सम्मेलनमा मच्छिन्द्रका प्रशिक्षक कटुवालले सम्भावन जिवित राख्न स्पष्ट अंक महत्वपूर्ण हुने भन्दै सुखद नतिजाका लागि खेल्ने बताएका हुन । ‘मनाङसँगको खेलमा स्पष्ट अंक निकै महत्वपूर्ण छ । एएफसी कप छनोट र लिगमा अगाडि बढ्न जित्न आवश्यक छ,’ मच्छिन्द्रका प्रशिक्षक कटुवालले भने, ‘टोलीमा इन्जुरी समस्य भएको छ ।… पुरा पढौ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट छनोट, कास्कीको विजयी शुरुवात

पोखरा-कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको छनोट खेलमा विजयी शुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले तनहुँमाथि ४ विकेटको जित निकाल्दै शुरुवात गरेको हो । खेलमा पहिला व्याटिङ गरेको तनहुँले निर्धारित ४० ओभर खेल्दै १ सय ८० रनको योगफल तयार पा¥यो । तनहुँको तर्फबाट अभिषेक बस्नेतले सर्वाधिक ७० रन बनाए । ७१ रनको सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै दिनेश बुढामगरले ४३ रन जोडे ।… पुरा पढौ

महानगर खुल्ला टेबल टेनिसमा मुना र अनुशलाई स्वर्ण

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिद्वारा आयोजित महानगर खुल्ला टेबल टेनिस प्रतियोगिताको उपाधि महिला तर्फ मुना थापा र पुरुष तर्फ अनुश कुँवर च्याम्पियन बनेका छन् । पोखरा रंगशाला टेबल टेनिस कोर्टमा बुधबार भएको फाईनल प्रतिस्पर्धामा महिला तर्फ मुना थापाले सुजाता पौडेललाई सोझो सेटमा पराजित गर्दै स्वर्ण जितिन् । उनले ११–७, १२–१० र ११–८ को सेटमा पराजित गर्दै स्वर्ण जित्दा सुजाता रजत पदकमा सीमित भईन् । अनुषा गौतम र कल्पना थापाले कास्य पदक जिते । कास्की जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा… पुरा पढौ