संघ

शनिबार मनाङले होम ग्राउण्डमा पुलिससँग खेल्ने

पोखरा-मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबको प्रतिस्पर्धा नयाँ होईन् । पोखराको मैदानमा दुवैको इतिहास गर्विलो छ । मोफसलमा आयोजित नकाउट फुटबलमा गर्विलो इतिहास बनाएका दुवै टोली आगामी पुस ३ गते एकापसमा भिड्दै छन् । दुवैको भेट कतार एयरेवज शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत हुने छ । मनाङमस्र्याङ्दीको होम ग्राउण्ड हो पोखरा रंगशाला फुटबल मैदान । त्यही होम ग्राउण्डमा मनाङले पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्दै छ । २०४० सालमा पोखरा रंगशाला फुटबल मैदान बनेको हो । दोस्रो राष्ट्रिय खेलकुद… पुरा पढौ

खेलकुदले लय समाउँदै

पोखरा-वर्षासकिएसँगै खेलकुदको सिजन शुरु हुन्छ । डेढबर्ष कोभिडले थलियो । विस्तारै खेलकुद फक्रिन लागेको छ । खेलकुदको सिजन शुरु भईसकेको छ । मौसम सफा छ । घाम तेजिलो छैन् । न्यानो छ । नत गर्मी नत जाडो नै । चैतदेखि भदौसम्म हावाहुरी चट्याङसहितको भिषण वर्षा हुन्छ । त्यतिबेला पोखरामा खेलकुदको गतिविधि शून्यप्राय हुन्छ । पोखरा आफैंमा खेलकुदको शहर । खेलकुद शहर बोलीमा मात्रै होईन व्यवहारमै छ । मंसिरसँगै शुरुवात भएको खेलकुद गतिविधि फागुन–चैतसम्म लम्बिन्छ । पोखरामै फिस्टेल ट्रेल आयोजना गरियो… पुरा पढौ

सलोनी र लोरेन्ट च्याम्पियन

पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को दोस्रो सर्किटमा उपाधि जित्दै व्याक टु व्याक च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा सर्वाणी श्रेष्ठलाई कठिन सेटमा पराजित गर्दै दोहोरो उपाधि जित्न सफल भईन् । उनले आईटिएफ विश्व टेनिस टुर जुनियर ५ अन्तर्गत पहिलो सर्किटको उपाधि समेत जितेकी थिईन् ।सलोनीले सर्वाणीमाथि शनिबार जित निकाल्न तीन सेट खेल्न पुगिन् । पहिलो सेट ६–४ले आफनो पक्षमा पार्दै अगाडि बढेकी सलोनी दोस्रो सेटमा पराजित हुदैं… पुरा पढौ

सलोनी र सर्वाणी उपाधि प्रतिस्पर्धा

पोखरा-सलोनी तामाङ र सर्वाणी श्रेष्ठ बीच आईटिएफ विश्व टेनिस टुर जुनियर ५ च्याम्पियनसिप अन्तर्गत दोस्रो सर्किटको फाईलनमा भिड्ने छन् । शुक्रबार उनीहरुले आफना प्रतिस्पर्धीलाई पन्छाउँदै च्याम्पियन बन्ने धुनमा रहदाँ पुरुष तर्फ भने स्वीडेनका एमिलियो जेलकोस्कीले हंगेरीका लोरेन्ट ग्योरीसँग प्रतिस्पर्धा गर्ने छन् । शुक्रबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा आयोजित महिला तर्फको पहिलो सेमिफाईनलमा शीर्ष बरियताकी अभिलाषा विष्ट ५-० पछि परेको अवस्थामा खेल त्याग्न पुगिन् । विष्टले सर्वाणी श्रेष्ठसँग प्रतिस्पर्धा गर्दै थिईन् । त्यस्तै दोस्रो सेमिफाईनलमा सलोनीले भारतीय खेलाडी रिया दुगडलाई सोझो… पुरा पढौ

पुस तेस्रो साता गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । ् कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनका… पुरा पढौ

आरभ र सलोनीको विजयी शुरुवात

पोखरा-आईटिएफ विश्व टेनिस टुर जुनियर ५ दोस्रो सर्किट अन्तर्गत पोखरा रंगशालामा सोमबार नेपाली खेलाडीको मिश्रित नजिता निस्किएको छ । शीर्ष बरियताका महिला तर्फ सलोनी तामाङ र आरभसम्राट हाडाले जित आत्मसात गर्दा अन्य खेलाडीहरु भने पहिलो दिनमै पराजित भएका छन् । पुरुष तर्फ हाडाले भारतीय खेलाडी आर्या भट्टचार्यलाई ६–३, ६–४ को सेटमा पराजित गरे । महिला तर्फ सलोनी तामाङले भारतीय खेलाडी सोहिनी सन्जय मोन्टीलाई ६–०, ६–७(२) र ६–१ को सेटमा पराजित गरेकी थिईन् । पहिलो सर्किटका च्याम्पियन स्वीडेनमा एमिलियो जेलकोस्कीले नेपाली… पुरा पढौ

आर्मीको पहिलो जित

काठमाडौं-कप्तान भरत खवासको निर्णायक गोलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामा पहिलो जित निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको दिनको एक मात्र खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लब ९बिबिसी० माथि १–० को संघर्षपूर्ण जित निकाल्दै जारी लिगमा पहिलो जित निकालेको हो । यस्तै बिबिसीले जारी लिगमा पहिलो हार भागेको छ । यस अघि बिबिसीले एक खेलमा जित निकाल्दा एक खेलमा बराबरी खेल्दै अंक बाँडेको थियो । यससँगै बिबिसीको अपराजित यात्रामा पूर्ण… पुरा पढौ

आर्मी ‘ए’ च्याम्पियन

काठमाडौं-नेपाल आर्मी ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा भएको प्रतियोगिताको फाइनलमा आर्मी ‘ए’ ले गोल्डेनगेट ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो । उपाधिसंगै आर्मी ‘ए’ ले ४० हजार नगद पुरस्कार पायो । उपविजेता गोल्डेनगेट ‘ए’ ले २० हजार नगद पुरस्कारमा चित्त बुझायो । नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघद्वारा आयोजित प्रतियोगितामा आर्मी ‘ए’ का विनोद महर्जन ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उनले १०… पुरा पढौ

तामाङ र जेलकोस्की च्याम्पियन

पोखरा-नेपालकी शीर्ष बरियताकी सलोनी तामाङ पोखरामा आयोजित आईटिएफ विश्व टेनिस टुर जुनियर ५ को फष्र्ट सर्किट च्याम्पियन बनेकी छन् । उनले शनिबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाईनलमा भारतीय खेलाडी नेहा नागपाललाई ७–५ र ६–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियन बनेकी हुन् । पहिलो सेटमा केही कठिनाई भएपनि दोस्रो सेट भने सलोनीले सहजै आफनो पक्षमा पारेकी थिईन् । पुरुष तर्फको भने स्वीडेनका एमिलियो जेलकोस्कीले भारतीय खेलाडी दाकस प्रसादलाई पराजित गर्दैै च्याम्पियन बनेका हुन् । एमिलियोले दासकलाई ६–२, ५–७ र… पुरा पढौ

थ्री स्टार हारबाटजोगियो, सातदोबाटो शीर्ष स्थानमा उक्लियो

काठमाडौं -मिक्छेन तामाङले बराबरी गोल फर्काएपछि थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लब अंक बाँड्दा दिनको दोस्रो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली एपिएफले तेस्रो हार व्यहोरेको छ । एपीएफलाई पराजित गरेको सातदोबाटो लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा मिक्चेन तामाङले गोल गरेपछि थ्री स्टारले ललितपुर डर्वीमा फ्रेन्ड्ससँगको हारबाट जोगिएको हो । यस सँगै दुबै टोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । दोस्रो… पुरा पढौ