गण्डकी

यू–१५ खेलकुद प्रतियोगिता: टेबल टेनिसमा बागमतीलाई ३ स्वर्ण

पोखरा-पोखरा रंगशालामा बुधबारदेखि सुरु भएको यू–१५ विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा टेबल टेनिस अन्तर्गत बागमती प्रदेशले ३ स्वर्ण र ३ रजत पदक जितेको छ । पोखरा रंगशालास्थित टेबल टेनिस कोर्ट भएको खेलमा बागमतीको छात्र÷छात्रा मिक्स, छात्र डबल्स र छात्रा डबल्स विधाका टिम फाइनल पुगेको थियो । मिक्स डबल्समा बागमतीका जयश्नु महर्जन र सुरम्या शाक्यको जोडीले नर्मदा खैटु र रीजन शाक्यको जोडीलाई ३–२ सेटमा हराउँदै स्वर्ण पदक जितेको हो । ८–११, ११–५, ९–११, ११–८ र ११–७ को सेटमा हारेको खैटु र शाक्यको जोडीले… पुरा पढौ

यू–१५ खेलकुद प्रतियोगिता अन्र्तगत बास्केटवल, गण्डकीको विजयी सुरुवात

पोखरा-पोखरा रङ्गशालामा आजबाट सुरु भएको ‘यू–१५ विद्यालय खेलकुद प्रतियोगिता–२०८०’ अन्र्तगत बास्केटवल खेल समेत सुरु भएको छ । आज भएको छात्रा तर्फको पहिलो खेलमा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । आजको खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ६ को बिरुद्ध फराकिलो २३ स्कोरको अन्तरले पराजित गरेको हो । गण्डकीको जितमा जेनियम श्रेष्ठले ६ स्कोर गर्नु भएको थियो । त्यसै गरी आज भएको छात्र तर्फको खेलमा गण्डकीले जित हासिल गरेको छ । गण्डकीले लुम्बिनी प्रदेशलाई ४५–२७ को स्कोरले पराजित गरेको हो । गण्डकीको… पुरा पढौ

टी-२० क्रिकेटको लागि कास्कीको टिम घोषणा

पोखरा-यही जेठ ३२ गतेदेखि आयोजना हुने टी-२० प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताको लागि कास्की जिल्लाको टोली घोषणा गरिएको छ । मंगलबार पोखरा रंगशालामा भएको छनोटबाट विपिन खत्रीको कप्तानीमा १४ सदस्यीय टोलीसहित १८ सदस्यीय टिमको घोषणा गरिएको छ । खेलाडीहरुमा यु १९ राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरिसकेको सुवास भण्डारी, कृष्ण पौडेल, सिब्रिन श्रेष्ठ, आत्दिय थापा, सोहेल कुँवर, यु १९ राष्ट्रिय टोलीका भरपर्दा व्याटर अर्जुन कुमाल, रोहित चन्द, मुष्कान थापा, अभिषेक थापा, विश्वास पराजुली, नितेश गिरी, आयुष सैंजु र विष्णुप्रसाद शर्मा रहेका छन् । यसैगरी… पुरा पढौ

कास्कीलाई गण्डकी प्रदेशस्तरीय फुटबलको उपाधि

पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । पोखरा रंगशालामा सोमबार फाइनलमा तनहुँलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै उपाधि उचाल्यो । उपाधिसंगै कास्कीले दुई लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता तनहुँले एक लाख रुपैयाँमा पाउन सफल भयो । निर्धारित समयमा दुबै टिम गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । कास्कीकातर्फबाट सरोज गुरुङ, योगेश गुरुङ, आर्यन गिरी र आयूष्मान गुरुङले गोल गर्दा राजकुमार कुंवरको प्रहार गोल पोष्टमा लाग्दै बाहिरिएको थियो । तनहुँका लागि दिपेश आले, शान्त… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाईनलमा कास्की र तनहुँ

पोखरा -पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा कास्की र तनहुँ उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा दुई टोली उपाधि निकट पुगेका हुन् । तनहुँले बागलुङलाई २–१ गोलले पराजित गरी फाइनलमा पुग्दा कास्कीले म्याग्दीलाई उस्तै नजितामा पन्छाएका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा बागलुङका राजिब श्रीषले ११ औं मिनेटमा गोलको खाता खोल्दै टिमलाई अग्रता दिएपनि लामो समय टिकेन् । तनहुँले २२ औं मिनेटमा बराबरी गोल फर्कायो । तनहुँका सान्तबहादुर गुरुङले गोल गर्दै खेलमा फर्काए । ३५… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय टि–२० क्रिकेट हुँदै

पोखरा- जेठको अन्तिम साता पोखरामा गण्डकी प्रदेशस्तरीय टि–२० पुरुष र महिला क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पुरुष र महिलाको दुई छुट्टा–छुट्टै टि–२० क्रिकेट प्रतियोगिता हुने छ । प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार पुरुष टि–२० क्रिकेट प्रतियोगिता यहि जेठ ३२ गतेबाट असार ६ गते सम्म पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सञ्चालन हुनेछ भने महिलातर्फ हुने प्रतियोगिता असार ७ देखि १० गते सम्म सञ्चालन हुनेछ । दशौं… पुरा पढौ

नवलपुरमाथि कास्कीको फराकिलो जित

पोखरा -आगामी मंसिर २ गतेदेखि ९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुदैं छ । दशौंको तयारी गर्दै पोखरामा गण्डकी प्रदेशस्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको छ । आयोजनासँगै सेमिफाईनल समीकरण पुरा हुदाँ कास्की, म्याग्दी, तनहुँ र बाग्लुङले अन्तिम चारको यात्रा तय गरे । पोखरा रंगशाला फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धामा कास्कीले नवलपुर विरुद्धको खेल ४–० फराकिलो गोल अन्तरको जित निकाल्यो । ३३ औं मिनेटमा विक्रम गौतमले गोल गरेपछि नवलपुर विरुद्ध गोल गर्दै कास्कीले अग्रता लियो । अभिषेक थापाले… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय यू–१५ विद्यालय खेलकुद प्रतियोगिता

पोखरा -यही जेठको अन्तिम साता आयोजने हुने विद्यालयस्तरीय यु १५ विद्यालय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशबाट खेलाडी छनोट गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतियोगितामा विभिन्न खेलका ७६ जना खेलाडीहरु छनोट गरिएको छ । राष्ट्रियस्तरको यू–१५ विद्यालय खेलकुद प्रतियोगिता यहि जेठ ३० र ३१ गते पोखरामा आयोजना हुँदैछ । एथलेटिक्स- एथलेटिक्सतर्फ १०० मि, २०० मि, ४०० मि, ८०० मिटर दौड, सटपुट, लङ्गजम्प, र रिले दौडका लागि ६ छात्र र ६ जना छात्रा गरी १२ खेलाडी छनौट भएका… पुरा पढौ

रग्बी सेभेनको उपाधि कर्णालीलाई

पोखरा-कर्णाली प्रदेशले पोखरा सेभेन्स राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आर्मीलाई १५–७ ले हराउँदै कर्णाली प्रदेशले प्रतियोगिताको उपाधि जितेको हो । उपाधि सहित कर्णाली प्रदेशको पुरुष टिमले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले ३० हजार रुपैयाँ जितेको छ । तेस्रो स्थानका लागि भएको खेलमा एपीएफले बागमती प्रदेशलाई १०–७ ले हरायो । तेस्रो बनेको एपीएफले २० हजार रुपैयाँ हात पारेको छ । विजेता टिमलाई गण्डकी प्रदेश खेलकुद विकास… पुरा पढौ

गण्डकीका चार बक्सर तौल समूहमा च्याम्पियन

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा आयोजित राष्ट्रिय बक्सिङ प्रतियोगितामा पुरुष तर्फ फ्लाई वेट(५१ केजी)मा बागमती प्रदेशका लालप्रसा उप्रेती च्याम्पियन बनेका छन् । उनले कर्णाली प्रदेशका लक्ष्मण राईलाई पराजित गरेका त्यसैगरी फेदरवेट(५७ केजी) समूहको प्रतिस्पर्धामा लुम्बिनी प्रदेशका अनिल पुन मगरले गण्डकी प्रदेशका चन्द्र मगरलाई पराजित गर्दै च्याम्पियन बने । त्यस्तै लाईटवेट(६० केजी) समूहमा गण्डकीका शिव सिलवालले सुदुर पश्चिममा रामबहादुर थापालाई पराजित गर्दै च्याम्पियन बने । लाईट वेल्टर(६३.५ केजी) तौल समूहमा भने गण्डकीका निश्चिल गुरुङले… पुरा पढौ