गण्डकी

मंसिर तेस्रो साता २५ औं आदर्श कप

पोखरा-छ वर्षपछि लेखनाथ भण्डारढीकको आदर्श युवा क्लब फुटबल कर्ममा फर्किने तयारीमा छ । सन २०१८ मा २४ औं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता आयोजनापछि सुस्ताएको क्लबले फेरी नकाउट फुटबल प्रतियोगिता आयोजनासँगै सक्रिय बन्दै छ । वर्षेनी महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा नकाउट फुटबल प्रतियोगिता आयोजना गर्दै आएको क्लबले आगामी मंसिरको तेस्रो सातादेखि २५ औं सस्करणको प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ । घोषणासँगै क्लबले आफनै वडा पोखरा २९ लाई पहिलो प्रतियोगिताको पहिलो प्रस्तावना दिदैं शुभकामनासहित आर्शिवाद लिएको छ । क्लब… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई सहारा क्लवको ५१ हजार सहयोग

पोखरा-केही दिन अघिमात्रै २३ औं सस्करणको आहा रारा गोल्डकपको आयव्यय सार्वजनिक गरेको सहारा क्लबले खेलकुद पत्रकार मञ्च गण्डकीलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ । क्लबले आफनो दोविल्लास्थित सहारा एकेडेमीमा आयोजित साधारणमा सभामा मञ्चको कल्याणकारी अक्षयकोषको लागि क्लबका अध्यक्ष केशवप्रसाद बरालले मञ्चका अध्यक्ष दिननाथ बराललाई हस्तान्तरण गरे । मञ्च गण्डकीको उक्त अक्षयकोषमा निवर्तमान महासचिव विजय नेपालले ११ हजार १११ रुपैयाँ, पूर्व सल्लाहकार एवं अग्रज फोटोपत्रकार सुदर्शन रञ्जितले २५ हजार, अध्यक्ष दीननाथ बरालले १० हजार रुपैया सहयोग गरेका छन् । मञ्च… पुरा पढौ

असोज १२ गते ८ किलोमिटरको पर्वतीय दौड

पोखरा-आगामी असोज १२ गते पोखरा क्लिक प्रा.लि. आयोजनामा ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ हुने भएको छ । दौड पोखरा वडा–२२ पुम्दीभुम्दीमा हुने छ । बिहीबार पत्रकार सम्मेलनमा पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । पोखरा २२ पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय… पुरा पढौ

पुलिस र शसस्त्र च्याम्पियन

पोखरा-लामाचौर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । शनिबार सम्पन्न निकै रोमाञ्चक फाइनल खेलमा एपिएफलाई ३–२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । नव आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा लामाचौर कप राष्ट्रिय भलिबल च्याम्पियनसिपको आयोजना गरेको थियो । शुक्रबार फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट) का कारण १–१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । गत वर्षको उपविजेता समेत रहेको पुलिसले पहिलो सेट २५–१६ को सहज जित निकालेपनि दोस्रो सेटमा… पुरा पढौ

लामाचौर कप महिला तथा पुरुष भलिबल मंगलबारदेखि

पोखरा-एपिएफ र गण्डकी प्रदेश भलिबल एसोसिएसनबीचको उदघाटनसँगै लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलबारदेखि सुरु हुँदैछ । ४ दिनसम्म चल्ने प्रतियोगिताको आयोजक नव आदर्श विकास समाजले खेल तालिका सार्वजनिक गरेको छ । दोस्रो खेल बिहान १० बजे टिपटप न्यू डायमण्ड युथ स्पोर्टस् क्लब र एभरेष्ट भलिबल क्लबबीच हुनेछ । मंगलबार नै पुरुषतर्फ बिहान सवा १२ बजे एपिएफ र ट्राभल इन्क्वायरी गलकोटबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो सवा २ बजे दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल टिम र नेपाल पुलिस आमनेसामने… पुरा पढौ

कास्की जिल्ला क्रिकेट संघमा रिक्त पदमा मनोनयन

पोखरा-कास्की जिल्ला क्रिकेट संघको कार्यसमितिमा रिक्त रहेको पदमा मनोनयन गरिएको छ । लामो समयसम्म रिक्त रहेको सचिवमा बर्तमान कोषाध्यक्ष विरेन पुनलाई मनोनयन गरिएको छ । कोषाध्यक्षमा दुर्गाबहादुर चन्द र सदस्यमा पूर्व कोषाध्यक्ष चन्द्रकुमार गुरुङलाई मनोनयन गरिएको छ । संघको शनिबार सम्पन्न भएको पाँचौ वार्षिक साधारण सभाबाट रिक्त रहेको पदमा मनोनयन गरिएको हो । दुई वर्ष अघि तेस्रो अधिवेशनबाट चयन भएको कार्यसमितिमा लामो समयसम्म सचिव अनुपस्थिति रहेपछि शनिबारको पाँचौ वार्षिक साधारण सभाबाट पदपूर्ति गरिएको संघका अध्यक्ष सन्जयकान्त सिग्देलले जनाए । उनले… पुरा पढौ

विष्ट र गुरुङलाई गल्फ उपाधि

पोखरा-तेस्रो संस्करणको उच्च उचाईमा आयोजित गल्फको उपाधि पुरुष तर्फ इन्द्रधारा विष्ट र महिला तर्फ बालकासी गुरुङले जितेकी छन् । ९ होलको उपल्लो मुस्ताङको लोवाथाङस्थित मुस्ताङ गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा विष्टले ३ अण्डर २१ को कार्डसहित च्याम्पियन बने । तीन वर्ष अघि मात्रै पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा गल्फ खेल्न शुरु गरेका विष्टले आफनै भूमीमा उपाधि उचाल्दै इतिहास बनाए । स्टेबल फोर्डमा खेलिएको प्रतिस्पर्धामा महिला तर्फ ५ अण्डर २३ को कार्ड बनाउँदै उपाधि आफनो नाममा लेखाईन् । ४ हजार ६ सय… पुरा पढौ

गणेशलाई गल्फको जुलाई मन्थ्ली मेडल

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा आयोजित जुलाई महिनाको मन्थ्ली मेडल क्याप्टेन गणेशकुमार गुरुङ ले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको प्रतिस्पर्धामा नेट तर्फ उनले उपाधिको लागि ३८ स्कोर गरे । सन्तोष उपविजेतामा चित्त बुझाए ।इन्जियिनर सन्तोष गुरुङ ले काउन्ट व्याकमा इन्स्पेक्टर लिलाजंग गुरुङ पराजित गर्दै उपविजेता बने । दुवैले स्कोर ३३ बनाएका थिए । पाहुना तर्फका उपाधि अमिन थापाले जिते । ग्रस तर्फको उपाधि भने कास्की जिल्ला गल्फ संघका अध्यक्ष समेत रहेका गल्फर जीवाराम गुरुङ ले जिते ।… पुरा पढौ

सुजन थापा बने मिष्टर गण्डकी

पोखरा-शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय शारीरिक सुगठन प्रतियोगिताको उपाधि सुजन थापाले जितेका छन् । रत्नश्री जिम तेर्सापट्टीका थापाले ६० केजी तौल समूहमा प्रथम हुदैंओभरअल प्रतिस्पर्धामा गरेका थापाले मिष्टर गण्डकीको ताज पहिरिए ।प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा भएको प्रतिस्पर्धामा पुरुष फिजिकमा रोशन उपरकोटी र महिला तर्फको वेलनेसको पुरस्कार विपना कुमालले जितेकी छन् । प्रतिस्पर्धामा ५५ केजी तौल समूहमा प्रज्वलराज जिसी, मौलादिन मियाँ र रोहित श्रेष्ठ प्रथम, दोस्रो र तेस्रो स्थानमा रहे । त्यस्तै ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुजन थापा, कृष्ण… पुरा पढौ

प्रदेशका खेलाडी तथा अफिसियललाई सम्मान

पोखरा-गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । पोखरा महानगर ह्याण्डबल संघका अध्यक्ष विशाल बस्नेत, तेक्वान्दोकी रेखमाया गुरुङ, विनिता सार्की(मोर्डन पेन्टाथलन), राजेश बास्कोटा(जिमन्याष्टिक),पवित्रा गुरुङ,(हक्की), योगेन्द्र थापा(उसु), सन्दीप बराल(फेसिन्ङ), प्रियंका बर्मा(बक्सिङ), विवेक हमाल(शारीरिक सुगठनं, प्रदीप रेग्मी(मेन्स स्पोर्टस फिजिक), विजय कार्की(सुटिङ), मोनिका रानामगर(आर्चरी), रिता थापा श्रेष्ठ(प्याराग्लाईडिङ) विजय महतो(सेपाक ताक्रो), सुरज सुनार(आईटिएफ), ऋषिसरा थापा(एथलेटिक्स)चित्रबहादुर थापा(खो खो), पुनम गुरुङ(व्याडमिन्टन), फुल कन्ट्याक्ट कराँतेका रुपक नेपाली र मुना थापा टेबल टेनिसलाई नगदसहित सम्मान गरिएको हो । खेलाडी तथा… पुरा पढौ