गण्डकी

साग रजतपदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद खेल्न साईकल अभाव

पोखरा-कोभिडले लकडाउन लाग्यो । लकडाउनले आर्थिक समस्या बनायो । जागिर थिएन् । आर्थिक समस्या बढेपछि भएको साईकल बेच्नु पर्यो । साईकल बेचेर आएको पैसाले घरको खर्च जोहो भयो । तर अहिले साईकल अभावले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)मा रजत पदक विजेता जमूना थापा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्ने कि नखेल्ने दुविधामा छन् । लकडाउनले आर्थिक समस्या परेपछि साईक्लिङमा डाउनहिल इभेण्टमा प्रतिस्पर्धा गर्दै आएकी थापालाई घरेलु शहरमै आयोजना हुने राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता अन्यौल बनेको छ । रजत पदक जित्दै… पुरा पढौ

हाईअल्टिच्युड गल्फ उपाधि तामाङ र सिंहलाई

लोमान्थाङ,(उपल्लो मुस्ताङ)-टप अफ दि वल्र्ड गल्फ क्लासिक प्रतियोगिताको उपाधि श्याम तामाङले जितेका छन् । विश्वकै उच्च उचाई मुस्ताङ गल्फ कोर्ष(४६४५ मिटर)मा आयोजित प्रथम गल्फ प्रतियोगिताको उपाधि तामाङले जित्दै इतिहास कोरेका छन् । उनले स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा २२ प्वाईन्टसहित च्याम्पियन बनेका हुन् । पोखरेली एमेच्योर गल्फर बलराम थापा भने उपविजेता बनेका छन् । उनले २० अकंसहित दोस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा सुष्मा सिंहले जितेकी छन् । महिला तर्फ केवल ३ प्रतिस्पर्धी मात्रै थिए । उनले… पुरा पढौ

ब्याडमिन्टनका लागि ११ खेलाडी छनोट

पोखरा-गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडी छनोट प्रक्रिया सुरु भएको छ । आगामी असोजको २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुने नवौं संस्करणको खेलकुद प्रतियोगिताका लागि कास्कीले खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो । जस अनुसार कास्की जिल्ला खेलकुद विकास समितिले बुधबार ब्याडमिन्टन खेलाडीको छनोट गरेको छ । कास्की जिल्लाबाट ब्याडमिन्टनका लागि ७ पुरुष र ४ महिला गरी ११ खेलाडीहरु छनोट भएका छन् । पुरुषतर्फ भूगोल गुरुङ , बिधान अधिकारी, विशाल खड्का… पुरा पढौ

नेपाल पुलिस क्लबका दुवै टोलीको उदघाटन खेल

पोखरा-लकडाउनले रोकिएको पोखरा–१९ लामाचौरको तीजेमेलासँगै राष्ट्रिय महिला भलिबल फेरी शुरु हुदैं छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा नवआदर्श सामुदायिक विकास समाजले वर्षेनी तीजे मेलासँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । प्रतियोगिताको पहिलो दिन नै नेपाल पुलिस क्लबको दुवै टोलीले उदघाटन खेल खेल्ने छन् । नेपाल पुलिस क्लबले बुटवलको मणिमुकुन्द भलिबल क्लबसँग प्रतिस्पर्धा गर्दै पुरुष तर्फ उदघाटन खेल खेल्ने छ । त्यसपछि विभागीय क्लब त्रिभुवन आर्मी क्लबले घरेलु टोली गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । महिला… पुरा पढौ

स्वयंसेवक प्रशिक्षकलाई करारमा राख्छौं–मन्त्री गहतराज

पोखरा-नवौंको तयारी शुरु भईसकेको छ । गण्डकी प्रदेशको राजधानी पोखराबाटै प्रशिक्षण एवं छनोट प्रतियोगिता शुरु भएको दुई दिन अघि घोषणा गरिएको थियो । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । निर्णयसँगै समय घर्किदैं जादाँ मनाङ, मुस्ताङ, तनहुँ र लमजुङ शून्य छ । बाँकी ७ जिल्लामा पर्वतमा एकजना, गोरखामा दुईजना, म्याग्दीमा एकजना, बाग्लुङमा तीन जना, नवलपुरमा दुईजना, स्याङजामा एकजना र कास्कीमा पाँचजना प्रशिक्षक छन् । अधिकांश प्रशिक्षक तेक्वान्दो र सितेरियो कराँतेको… पुरा पढौ

पहिलो चरणमा जिल्ला छनोट शुरु

पोखरा-पर्याप्त प्रशिक्षक छैनन् । प्रशिक्षक नभएपनि गण्डकी प्रदेशले नवौं राष्ट्रिय प्रतियोगिताको आन्तरिक तयारी शुरु गरेको छ । आन्तरिक तयारीसँगै प्रदेशले जिल्लास्तरीय छनोट प्रतियोगिता शुरु गरेको छ । असोज २८ देखि कात्तिक ३ गते सम्म सञ्चालन हुने राष्ट्रिय खेलकुदका लागि पहिलो चरणमा विभिन्न १४ वटा खेलको महिला तथा पुरुष तर्फ छनोट शुरु गरिएको हो । छनोट प्रतिस्पर्धा कास्की सहित नवलपुर, स्याङ्जा, गोरखा र बाग्लुङमा प्रशिक्षण शरु गरिएको हो । विशेष प्रशिक्षणबाट प्राविधिक टोलीले आवश्यक खेलाडीहरु छनोट गर्ने परिषद्ले जनाएको छ ।… पुरा पढौ

भदौ २० भित्र प्रदेश छनोट गरेर बन्द प्रशिक्षण–गण्डकी खेलकुद परिषद

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी खेलकुद परिषदले ७ गतेदेखि १२ गतेभित्रमा जिल्ला छनोट गरिसक्न निर्देशन गरेको छ । जिल्ला छनोट भएका खेलाडीलाई परिषदले १५ गतेदेखि १९ गतेभित्रमा छनोट गर्ने छ । केही खेललाई परिषदले विशेष प्रशिक्षणमा राखेपछि प्रदेश छनोट गर्ने टुग्याउने छ । जिल्ला छनोटको लागि जिल्ला खेलकुद मार्फत विभिन्न संघहरुलाई खेलाडी फर्म दर्ताको लागि पठाईसकिएको छ । दर्ता भएको फर्मकै आधारमा खेलाडीहरु जिल्ला छनोटमा सहभागिता जनाउन पाउने छन् । परिषदले सफ्ट टेनिस, टेनिस, स्क्वास, खो–खो, हक्की, फेन्सिङ, स्वीमिङ,… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद नवलपुरमा पनि हुनुपर्छ- खेलकुदकर्मी

नवलपुर-असोजको अन्तिम साता नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको संघारमा गण्डकी प्रदेश छ । प्रदेशका सबै जिल्लामा खेल खेलाउने योजना छ । यद्यपी राष्ट्रिय खेलकुद परिषदले ठोस निर्णय गरेको छैन् । खेल व्यवस्थापन उपसमिति भने खेल मैदान हेर्न दौडधुपमा छ । कुन खेल कहाँ खेलाउने भन्ने निर्णय नहुदाँ त्यस अनुसारको तयारी समेत गर्न सकिएको छैन् । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिसँग जिल्ला खेलकुद विकास समिति नवलपुरले आयोजना गरेको अन्तरक्रिया नवलपुरमा पनि खेल आयोजना गर्नुपर्ने आवाज उठाएका छन्… पुरा पढौ

स्थानीयको गुनासो- ‘हाम्रो उचित सम्बोधन होस’

कास्की(भिंडाबारी)-कास्कीको माछापुच्छ्रे गाँउपालिका–६ धितालस्थित भिंडबारीमा प्रस्तावित ‘एन्फा टेक्निकल सेन्टर’ निर्माण अघि स्थानीयको मागलाई उचित सम्बोधन गर्नुपर्ने आवाज उठाएका छन् । टेक्निकल सेन्टरको काम शुरु हुनुअघि स्थानीयको गुनासोलाई सम्बोधन गर्नुपर्ने अभिव्यक्ति दिएका छन् । एन्फा टेक्निकल सेन्टरको प्रत्यक्ष अवलोकन गर्न पुगेको कास्की जिल्ला फुटबल संघका पदाधिकारी समक्ष स्थानीयले उचित सम्बोधन गरेर काम अगाडि बढाउनुपर्ने आग्रह गरेका छन् । ‘एन्फाको यो प्रोजेक्ट आउने बारेमा जग्गा धनीका हामीलाई सोधखोज केही गरिएन् ।’ स्थानीय दुर्गादत्त अधिकारीले भने–‘विकास हुनुपर्छ । विकासमा हामीपनि रम्न चाहन्छौं तर… पुरा पढौ

सेन्टर्ल क्रिकेट कास्की २–० को अग्रतासँगै सिरिज

पोखरा-तीन खेलको एकदिवसीय श्रृंखलामा काठमाडौंको नेक्सस क्रिकेट एकेडेमीलाई ४४ रनले पराजित गर्दै कास्की सेन्ट्र क्रिकेट एकेडेमीले २–० ले जितेको छ । अन्तिम एक दिवसीय खेल शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा हुने छ । शुक्रबार टस जित्दै कास्की सेन्ट्रल क्रिकेट एकेडेमीले ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १८७ रनको लक्ष्य प्रस्तुत गर्यो । नवौं नम्बरमा आएका कास्की सेन्ट्रल क्रिकेट एकेडेमीका अमृत गुरुङले सर्वाधिक ३३ रनको योगदान दिएपछि कास्कीले बलियो लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर मुस्कान थापा र सोहेल कुँवरले पहिलो… पुरा पढौ