गण्डकी

गण्डकीको जित्ने धोको अधुरै,सुदुरमाथि बाग्मतीको ८ विकेटको जित

पोखरा-महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले उदघाटन खेलमा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा टिक्नै सकेन् ।… पुरा पढौ

पहिलो जित निकाल्ने गण्डकी चाहना अधुरै , ४० रनले पराजित

पोखरा-घरेलु मैदानमा पहिलो जित दर्ता गर्ने गण्डकी प्रदेशको योजना फेरी सफल हुन सकेन् । आईतबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा गण्डकी प्रदेश मधेश प्रदेशसँग ४० रनले पराजित हुदैं खराब शुरुवात गर्यो । मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा जित आत्मसात गर्दै गण्डकी माथि सदाझैं दबाव कायमै राख्यो । गण्डकीले मधेश प्रदेश विरुद्ध महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता जित निकाल्न सकेको छैन् । शिला क्षत्रीको १० रन नै गण्डकी प्रदेशको सर्वाधिक स्कोर बन्न पुग्यो । ओपनर सृजना पौडेल र कुसुम गोदारको जोडी क्रिजमा… पुरा पढौ

पहिलो जितको खोजीमा गण्डकी प्रदेश

पोखरा-आईतबारदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियागिता शुरु हुदैं छ । महिला क्रिकेटमा गण्डकी प्रदेशको इतिहास त्यही अब्बल छैन् । महिला क्रिकेटमा कमजोर देखिएको गण्डकी प्रदेशले सिनियर तर्फ राष्ट्रिय प्रतियोगितामा पहिलो जितको खोजीमा हुने छ । महिला क्रिकेटको इतिहास कोट्याउँदा गण्डकी प्रदेशले राष्ट्रिय प्रतियोगितामा जितको खुशी मनाउन सकेको छैन् । तर उमेर समूहको प्रतिस्पर्धामा भने गण्डकी प्रदेशले सुदुरपश्चिममा आयोजित यु–१९ को उपाधि जितेर फर्किएको थियो । घरेलु मैदानमा होस या अन्य क्रिकेट मैदानमा गण्डकीको प्रदर्शन लोभ लाग्दो छैन्… पुरा पढौ

१० खेलका २३ इभेण्ट रद्द

पोखरा-गण्डकी प्रदेशका बन्द प्रशिक्षणमा रहेको केही खेलका खेलाडीहरु नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केवल दर्शक बनेर फर्किने छन् । बन्द प्रशिक्षण सकेर दशैं मनाउन घर गएका खेलाडीहरु राष्ट्रिय प्रतियोगितामा दर्शक बनेर उपस्थिति जनाउने छन् । इभेण्टहरु रद्द हुदाँ प्रशिक्षण खेलाडीहरु दर्शक बनेर फर्किनुपर्ने बाध्यता राष्ट्रिय खेलकुद परिषदले सृजना गरिदिएको हो । खेलाडीहरु निराश बनेका छन् । प्राप्त सूचना अनुसार १० खेलका २३ वटा इभेण्ट रद्द गरिएको छ । झण्डै एक महिना बन्द प्रशिक्षण गरेर आफुले खेल्ने इभेण्ट रद्द हुदाँ खेलाडीमा नैराश्यता… पुरा पढौ

झरीले टेनिस कोर्ट जलमग्न, सुर्की बगाउँदा समस्या

पोखरा-कास्की जिल्ला टेनिस संघ यतिबेला बिलखवन्दमा परेको छ । दुईदिनदेखि झरी परेको छ । भर्खरै मर्मत गरिएको टेनिस कोर्ट पानीले जलमग्न छ । कोर्टमा हालिएको सुर्की बगाउँदा थप आर्थिक भार थपिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी बनाईएको कोर्टको सुर्की पानीले बगाईदिएको छ । असोजको अन्तिम सातादेखि टेनिस शुरु हुदैै छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि एकसाता अघि मात्रै संघले मर्मतको काम शुरु गरेको थियो । मर्मत शुरु गर्दा मौसम निकै रमाईलो थियो । अहिले पानीले बिथोलिएको छ… पुरा पढौ

सवा अर्बमा बनेको फुटबल स्टेडियममा नवौंमा हुने छैन फुटबल

पोखरा-खेलाडीको एउटै लक्ष्य हुन्छ रंगशालामा खेल्ने । तर पोखरा रंगशालामा १ अर्ब २८ करोडमा पोखरा रंगशालाभित्र फुटबल मैदानसहितको भौतिक पूर्वाधार तयार भएको छ । त्यही फुटबल मैदानमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फुटबल प्रतियोगिता भने हुने छैन् । राष्ट्रिय खेलकुद परिषदले रंगशालाभित्रको फुटबल मैदानलाई फुटबल खेलाउने खेलस्थलको रुपमा तय गरेको छैन् । रंगशालाको फुटबल मैदानमा राष्ट्रिय प्रतियोगिता खेलाउन नसक्नु आफैंमा विडम्बना हो । परिषदको असक्षमता प्रष्ट देखिन्छ । ठेकेदार कम्पनीले फुटबल मैदान छिर्ने मुलगेटमै तालाबन्दी गरेर राखेको छ । परिषदले… पुरा पढौ

प्रदेशको भत्ताले र्याकेटको तार आउँदैन

पोखरा-‘प्रदेश खेलकुद परिषदले दिएको भत्ताले र्याकेटको तार(स्ट्रिङ) पनि आउँदैन् । तार चुँडेपछि बनाउन पनि नपुग्ने भत्ता लिएर प्रदेशको लागि खेल्नुपर्ने बाध्यता छ ।’ टेनिस खेलाडी प्रदीप खड्काले भने–‘भत्ता भन्दा पनि प्रदेशको नामको लागि खेल्दै छौं ।’ उनी टेनिसका नेपालका शीर्ष बरियताका खेलाडी समेत हुन् । उनका अनुसार र्याकेटको तार फेर्न एकहजार २ सय भन्दा बढी लाग्छ । उनले खेलाडीलाई दिईने सुविधामा सम्बन्धित निकायले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । खेलाडी विना खेलकुद निकायको अर्थ हुदैन् । तर खेलाडीलाई सेवा… पुरा पढौ

खेलाडीको सुविधा बारे खेलाडी संघद्वारा सदस्य सचिवलाई ध्यानाकर्षण

पोखरा-राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले दुईहजार भत्ता पाउँछन् । तर होटल बुकिङ केवल १२ सय रुपैयाँमा मात्रै गरिएको चर्चा छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको विधिवत उदघाटन भने अझै डेढसाता बाँकी छ । यद्यपी पोखरा रंगशालामा आगामी आईतबार महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ कास्कीले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई खेलाडीले पाउने सुविधाको विषयमा ध्यानाकर्षण गराएको छ । खेलाडीले पाउने २ हजार रुपैयाँ भत्तामा कमिसनकै चर्चा चलेको सुनाउँदै संघका अध्यक्ष राजन पौडेलले खेलाडीले… पुरा पढौ

पीच मर्मत गरिदैं, साईडस्क्रिन निर्माण गर्न समय लाग्ने

पोखरा-दोस्रो आईतबार(२३ गते)देखि पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । गण्डकी प्रदेशले मधेश प्रदेशसँग पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन खेल खेल्ने छ । एकहप्तापछि शुरु हुने प्रतियोगिताको लागि आवश्यक पूर्णतयारी भने भईसकेको छैन् । मैदान पूर्णरुपमा तयार गरिएको छैन् । पीच अझै तयारी अवस्थामा छैन् । दुई तर्फको साईडस्क्रिन तयारी अवस्थामा देखिदैन् । तयारी पुरा नहुदैं राष्ट्रिय प्रतियोगिता शुरु गर्नुपर्ने बाध्यता छ । एकजना क्युरेटर र दुईजना सहयोगीको भरमा पीच तयार गर्नुपर्ने छ ।… पुरा पढौ

पोखराका दर्शिल यु १४ फाईनल सर्किट खेल्न थाईल्याण्ड जाने

पोखरा-पोखराका टेनिस खेलाडी दर्शिल श्रेष्ठ थाईल्याण्डमा हुने आइटिएफ एशिया १४ एण्ड अण्डर डेभलमेन्ट च्याम्पियनसिप २०२२ खेल्ने जादैं छन् । उनी पोखराबाट यु–१४ एशियाको डेभलमेन्ट अन्तराष्ट्रिय एरिनामा उत्रिने पहिलो खेलाडी समेत हुन् । उनले थाईल्याण्डमा आगामी ३ अक्टोबरदेखि १३ अक्टोबरसम्म फाईनल सर्किटमा प्रतिस्पर्धा गर्ने छन् । डेभलमेन्ट च्याम्पियनसिपमा वेष्ट एशियाबाट जोर्डन, इरान र लेबनान छन् । लेबनान क्वालिफाईङ भएर आएको हो । त्यस्तै सेन्ट्रल एशियाबाट काजाकास्तान, उज्बेकिस्तान र किर्तिस्तान छन् । किर्तिस्तान क्वालिफायर प्रतिस्पर्धाबाट आएको हो । त्यस्तै साउथ एशियाबाट भारत,… पुरा पढौ