गण्डकी

छैटौं पोखरा स्पोर्ट्स अवार्ड असारमा

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा छैटौं संस्करणको ’पोखरा स्पोर्ट्स अवार्ड २०७८’ आगामी असार पहिलो हप्ता हुने भएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले नयाँ नेतृत्व पाएपछि बसेको दोस्रो बैठकबाट पोखरा स्पोर्ट्स अवार्ड २०७८ आगामी असार पहिलो हप्ता गर्ने निर्णय गरि तयारी सूरु गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमलाई भव्य बनाउन सबैको साथ सहयोग आवश्यक रहेको अध्यक्ष दीनानाथ बरालको भनाई छ । ’हामीले छैटौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डलाई उत्कृष्ट बनाउन तयारि सुरु गरेका छौ, सबैको साथले… पुरा पढौ

तारा खेलमा म्याग्दी च्याम्पियन

मनाङ-हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल(धनुष बाँण) ऐतिहासिक हो । ऐतिहासिक खेलको प्रवद्र्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ । तारा खास गरी हतियारको रुपमा प्रयोग गरिन्थ्यो । विस्तारै हतियारबाट प्रदर्शनको रुपमा अगाडि बढ्यो । खास गरी छन्त्याल समाज, थकाली सेवा समिति, मगर, मार्फा थकाली समाज, तीन गाँउले थकाली, पुन समाज, ताङ्वे सेवा समाज, बाह्रगाँउले, छुसाङ, गुरुङ लगायतका जातिले तारा खेल्ने गरेका छन् । त्यसपछि खेलको रुपमा विकास हुन पुग्यो । परम्परागत खेलको विकास, संरक्षण र प्रवद्र्धन… पुरा पढौ

मनाङमा परम्परागत घोडा दौड, सोनाम प्रथम

मनाङ-मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ । गण्डकी प्रदेश खेलकुद परिषदको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन् । झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए ।दोस्रो स्थानमा कर्मटासी गुरुङ, तेस्रो स्थानमा कर्माक्षेत्र गुरुङ आउँदा कुमार गुरुङ चौथो स्थानमा रहे । घोडा दौड विजेताले नगद ७५ हजार पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले हिमाली जिल्लाको… पुरा पढौ

सागर थापाको टोली सेमिफाईनलमा

पोखरा-सागर थापा टाईब्रेकरमा चुकेपनि सानो गौचरन पोखरामा आयोजित राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । सानो गौचरनले फाईनल प्रवेशको लागि चितवन भेट्रानसँग सोमबार प्रतिस्पर्धा गर्ने छ । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा सानो गौचरनले काठमाडौंको फ्रिडम फाईटरलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चार पक्का बनायो । निर्धारित समयमा २–२ गोलमा टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा नेपाली राष्ट्रिय फुटबल टोली पूर्व कप्तान थापाको… पुरा पढौ

हेटौडाका दुवै भेट्रान टिम पराजित

पोखरा-राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगितामा हेटौंडाबाट सहभागिता जनाएको दुवै टिम शनिबारको खेलबाट बिदाई भएका छन् । युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा शनिबार पोखरा रंगशाला फुटबल मैदानमा भएको प्रतिस्पर्धामा हेटौडाको हेटौडा भेट्रान र नागसोती भेट्रान दुवै टोली काठमाडौंको टोलीसँग पराजित हुन पुग्यो । हेटौडा भेट्रान काठमाडौंको फ्रिडम फाईटरसँग ३–० गोलले पराजित हुदाँ नागसोती भेट्रान हेटौडा काठमाडौंको जोरपाटीसँग २–१ गोलले पराजित हुन पुग्यो । फ्रिडम फाईटरका लागि राजकुमार घिसिङले दुई र विक्रम श्रेष्ठले एक गोल गरे । घिसिङले… पुरा पढौ

साढे दुईदशकपछि जिमन्याष्टिकलाई फ्लोर म्याट, प्रशिक्षणको तयारी

पोखरा-साढे दुईदशकपछि जिमन्याष्टिकको नयाँ फ्लोर म्याट आईपुगेको छ । म्याट आइपुगेपछि जिमन्याष्टिकको आधारभूत प्रशिक्षण शुरु गराउने तयारी कास्की जिल्ला जिमन्याष्टिक संघले गरेको छ । म्याटकै अभावमा झण्डै साढे दुई दशकदेखि पोखरा रंगशालाभित्र जिमन्याष्टिकको प्रशिक्षण हुनै सकेको थिएन् । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले आर्थिक सहयोगमा भारतबाट ६ इन्च मोटाईको फ्लोर म्याट आईपुगेको छ । स्थानीय तहको निर्वाचनपछि जिमन्याष्टिकको गतिविधि शुरु गराउने संघले जनाएको छ । ‘फ्लोर म्याट आएको छ । अब जिमन्याष्टिकको अधारभूत प्रशिक्षण गराउन सकिन्छ ।’ संघका अध्यक्ष… पुरा पढौ

मनाङ मस्र्याङ्दी भेट्रानको उत्कृष्ट पुनरागमन जित

पोखरा-३–१ गोलले पछि परेको अवस्थालाई उल्ट्याउँदै मनाङ मस्र्याङ्दी क्लबले पोखराको दिप युनाईटेडलाई ५–३ गोल अन्तरले पराजित गर्दै राष्ट्रिय नाईन ए साईड भेट्रान फुटबल प्रतियोगिताको अन्तिम आठमा प्रवेश गरेको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे)को टोलीले दिप युनाईटेडलाई पराजित गर्ने क्रममा कर्मा छिरिङ गुरुङले ह्याट्रिक गरे । पोखरा रंगशाला फुटबल मैदानमा भएको खेलको शुरुवाती दशमिनेटमा दुई गोल गर्दै दिप युनाईटेडले मन्त्रीको टोलीलाई पहिलो चरणबाटै पन्छाउने छनक देखिएपनि अन्तत मनाङ मस्र्याङ्दीले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै पुनरागमन… पुरा पढौ

भेट्रान फुटबलमा मन्त्री मनाङ्गेले क्लबको कप्तानी गर्ने

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ(दिपक मनाङ्गे) मन्त्रालयको जिम्मेवारी मात्रै होईन, अब फुटबलको कप्तानी गर्ने छन् । उनकै कप्तानीमा मनाङ मस्र्याङ्दी क्लबको भेट्रान टोली बैशाख २ गतेदेखि पोखरा रंगशाला फुटबल मैदानमा आयोजना हुने ‘प्रथम राष्ट्रिय ९ ए साईड फुटबल प्रतियोगिता’ मा उत्रिने छ । क्लबबाटै व्यवसायिक फुटबल खेलेका मन्त्री गुरुङले आफनै क्लबबाट भेट्रानको नेतृत्व गर्ने छन् । भेट्रान फुटबल प्रतियोगितामा ५० वर्षमाथिको उमेर समूहका दुई खेलाडीलाई अनिवार्य समावेश गर्नुपर्ने प्रावधान छ । निर्धारित समयमा खेलाडी परिवर्तन बन्देज लगाईने… पुरा पढौ

नयाँवर्षसँगै पोखरामा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता

पोखरा-नयाँवर्षको शुरुवातसँगै पोखरामा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु हुदैं छ । पोखरा स्पोर्टस एण्ड व्याडमिन्टन क्लबको आयोजनामा बैशाख ३ र ४ गते पोखरा ७ स्थित सिरमोर व्याडमिन्टन क्लबको कोर्टमा तेस्रो राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने टिम व्यवस्थापक विशाल बस्नेतले जानकारी दिए । प्रतियोगितामा ४ इभेण्टमा प्रतिस्पर्धा गराईने छ । खुल्ला मेन्स डबल्स, कास्की ओपन, ४५ वर्षमाथिको उमेर समूह र ६५ वर्षमाथिको उमेर समूह बीच डबल्समा प्रतिस्पर्धा गराईने उनले बताए । राष्ट्रिय प्रतिस्पर्धामा नेपाल व्याडमिन्टन संघको शीर्ष १० बाहेकले प्रतिस्पर्धा गर्न पाउने… पुरा पढौ

यु–१९ मा एउटै विद्यालयका ८ जना क्रिकेटर

पोखरा-आँधीखोलाको तिरैमा छ इभरग्रिन बोर्डिङ स्कुल । झोलुङ्गे तर्ने वित्तिकै आईपुग्छ । आँधीको तटमा सानो ‘मातृभूमी’ खेलमैदान छ । त्यही खेल मैदानले उमेर समूहका क्रिकेटर उत्पादन गरिसकेको छ । यसको पछिल्लो उदाहरण हो यु–१९ क्रिकेटको उपाधि । गण्डकी प्रदेशले यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्दै इतिहास कोर्यो । इतिहास कोर्ने पुतलीबजार नगरपालिका १३ स्थित त्यही आँधीको तीरमा रहेको इभरग्रिनका खेलाडीहरु छन् । आठ जना खेलाडी सोही विद्यालयका थिए । दशजना स्याङ्जा जिल्लाका हुदाँ आठजना इभरग्रिन बोर्डिङका छन् । प्लेइङ स्क्वाडमा… पुरा पढौ