गण्डकी

एम १२ को फराकिलो जित

पोखरा-जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार मसिना एफसी एसले एलजी एकतालाई ३–० ले पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको छ । मसिनाका लागि विजय श्रेष्ठले दुई तथा सुनिल श्रेष्ठले एक गोल गरे । विजय खेलमा म्यान अफ दि म्याच घोषित भए । रामेश्वरी माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको दोस्रो खेलमा एम १२ ले मसिना एफसीको बी टोलीलाई फराकिलो जित दर्ता गर्ने क्रममा ६–२ गोल अन्तरको नजिता निकाल्यो । एम १२ का… पुरा पढौ

भीमाद र बी–१३ अन्तिम आठमा

पोखरा-भीमाद युवा क्लब र पोखराको बी–१३ जनएकता युवा क्लब पोखरा–१४ को आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगिताको क्वार्टरफाईनल प्रवेश गरेका छन् । भीमादले कमलपोखरी बीलाई ३–२ गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । भीमादका लागि विनोद घिमिरे, लोकेश गुरुङले गोल गर्दा एक गोल उपहार पाएर भाग्यमानी बन्दै अन्तिम आठमा प्रवेश गर्यो । अजय गुरुङले आत्मघाती गोल गरेका थिए । कमलपोखरीका लागि सन्देश गुरुङ र उपेन गुरुङले गोल गर्दै प्रतिस्पर्धात्मक बनाएपनि आत्मघाती गोलले क्र्वाटरफाईनलको ढोका बन्द गरिदियो ।… पुरा पढौ

नवौं राष्ट्रिय खेलकुद असोज–कार्तिकमा

पोखरा- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी असोजको अन्तिम साता आयोजना गर्ने निर्णय गरिएको छ । यही जेठ २२–२८ गतेसम्म आयोजना गर्ने निर्णय गरिएपनि राष्ट्रिय खेलकुद परिषदले राष्ट्रिय प्रतियोगितालाई असोज अन्तिम सातासम्मको लागि सारेको हो । प्रस्ताव अनुसार आगामी असोज २८ गतेदेखि कार्तिक ३ गतेसम्म सार्ने निर्णय गरिएको हो । यही जेठमा आयोजना गर्ने गरी परिषदले तयारी थालेको थियो । तर चुनावी माहौल तथा अर्थमन्त्रालयले बजेट निकासामा गरेको अन्यौलताले समस्या परेको जनाएको छ । अर्थमन्त्रालयले राष्ट्रिय खेलकुद प्रतियोगितालाई ६० करोड निकासा… पुरा पढौ

खेलाडीको काँधमा गाँउपालिकाको अभिभारा

पोखरा-उनी आफैंमा खेलाडी हुन् । क्योकुशिन कराँतेका खेलाडी । खेलाडीसँगै राजनीतिक जीवनमा प्रवेश गरेका तोरण मल्ल ठकुरी(राज)ले पर्वतको पैंयु गाँउपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचित भएसँगै उनको काँधमा पाँचवर्ष गाँउको विकास गर्नुपर्ने दायित्व र जिम्मेवारी छ । उनले जिम्मेवारी लिएसँगै चारवटा निर्णय गरेका छन् । बृद्धा भत्ता लिन लाईन बसेरै कुर्नुपर्ने बाध्यता हटाउने पहिलो निर्णय गरे । ‘बृद्धा भत्ता(सामाजिक सुरक्षा भत्ता) वडा बाटै मार्फत दिने व्यवस्था मिलाउने निर्णय गरेको छु ।’ पर्वतको पैंयु गाँउपालिकाका नवनिर्वाचित अध्यक्ष तोरण मल्ल ठुकरी(राज)ले… पुरा पढौ

घोतानेको त्रिपल ह्याट्रिक

पोखरा-पोखरा–१४ जनएकता युवा क्लबको आयोजनामा सञ्चालित प्रथम सेभेन ए साईड फुटबल प्रतियोगतामा शुभकामना क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कमलपोखरी एफसी दोस्रो चरणमा प्रवेश गरेको छ । स्थानीय रामेश्वरी माविको खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित समयमा दुवै टोलीबाट २–२ गोलको बराबरीपछि निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा कमलपोखरीले शुभकामनालाई २–० गोलले पराजित गरेको थियो । पेनाल्टी सुटआउटमा शुभकामनाका किरण कार्की र सनम केसीले गोल गर्न चुकेपछि दोस्रो चरणको यात्रा तय गर्नबाट बन्चित हुन पुग्यो । कमलपोखरीका लागि सलिन गुरुङ… पुरा पढौ

प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चरमा नेपाली सेनाको बर्चस्व

पोखरा-मुस्ताङको जोमसोममा नेपाली सेनाले आयोजना गरेको प्रथम कोअस अन्तराष्ट्रिय हाईअल्टिच्युट ट्राय–एडभेन्चर कम्पिटिसन २०२२ को उपाधि पुरुष तर्फ आर्मीकै ए टिमले जित्दा महिला तर्फ भने हिमालयन गल्फले जितेको छ । क्लाईम्बिङ–दौड–साईक्लिङ प्रतिस्पर्धामा चारदेश नेपाल, भारत, बंगलादेश, बेलायतको सहभागिता रहेको थियो । शनिबार आयोजित प्रतिस्पर्धामा आर्मीको ए टिमका हिमाल टमटा र मानबहादुर थापाको जोडीले उपाधि जितेको छ । टमटा र थापाको जोडीले १ घण्टा १५ मिनेटमा पुरा गर्दै उपाधि जितेका हुन् । त्यसैगरी आर्मीकै बी टोलीका बसन्त थारु र नवरान न्यौपानेले १… पुरा पढौ

जिल्ला खेलकुद विकास समिति नहटाउन अन्तरिम आदेश

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले तीनदिन अघि मात्रै ११ वटै जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन गरेको छ ।अघिल्लो सरकारले नियुक्त गरेको खेलकुद समिति पदाधिकारी तथा सदस्यलाई चैत २५ गते हटाइएको थियो । हटाएसँगै कार्यसमिति अदालतको ढोका ढकढक्याउन पुगेको थियो । नियुक्त भएको पदाधिकारी तथा सदस्यलाई चैत ४ गते गण्डकी प्रदेश युवा तथा खेलकुुद मन्त्रालयले स्पष्टिकरण लिएको थियो । चैत ४ गते १५ दिनको म्याद राखेर लिखित स्पष्टिकरण पेश गर्न मन्त्रालयले ११ वटै जिल्ला खेलकुद विकास समितिलाई परिपत्र… पुरा पढौ

संघले शुरु गर्यो कास्कीमा क्रिकेट एकेडेमी

पोखरा-कास्की जिल्ला क्रिकेट संघले सेन्ट्रल क्रिकेट एकेडेमीको अवधारणासँगै क्रिकेट एकेडेमी शुरु गरेको छ । गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि लक्षित गर्दै खेलाडीको नामावली मागिरहेको अवस्थामा संघले कास्कीको क्रिकेटमा नयाँ आयाम थप्ने गरी एकेडेमी शुरु गरेको हो । कास्कीको सिनियर टोली नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा रहदाँ जुनियरलाई लिएर एकेडेमी शुरु गरिएको कास्की जिल्ला क्रिकेट संघका कोषाध्यक्ष विरेन पुनले सुनाए । य्द्यपी सिनियर खेलाडी पनि नियमित प्रशिक्षणमा रहेको उनको भनाई थियो । एकेडेमीमा विद्यालयस्तरका छात्रा तथा छात्रहरु छन्… पुरा पढौ

भलिबलका उपाध्यक्ष गुरुङ वडाध्यक्षमा पराजित

पोखरा-नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ कास्कीको माछापुच्छ्रे गाँउपालिका वडा नं ५ को वडाध्यक्षमा पराजित भएका छन् । नेकपा एमालेबाट वडाध्यक्षमा प्रतिस्पर्धा गरेको गुरुङ नेपाली काँग्रेसका उम्मेदवार नारायण पौडेलसँग पराजित भएका हुन् । गुरुङले ५५७ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका वडाध्यक्षका उम्मेदवार पौडेलले ५ सय ७६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । कास्की जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत रहेका गुरुङ आफुलाई पार्टीभित्रैबाट अन्तरघात भएको प्रतिक्रिया दिए । उनले ४७ मत आफनै पार्टी(एमाले)को सबै… पुरा पढौ

बजेट छैन्, छनोट सेड्युल दिन सकिएको छैन–गण्डकी खेलकुद परिषद

पोखरा-सबै क्षेत्र स्थानीय तहको चुनावमा व्यस्त । चुनावपछि मतपरिणामको प्रतिक्षाले व्यग्र बनाएको छ । तर खेलाडीहरुलाई भने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने नहुने दुविधा एवं अन्यौल बढेको छ । निर्वाचनमा सबै क्षेत्र होमिदाँ खेलकुद पनि त्यसबाट अछुतो रहन सकेको छैन् ।यही जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने राष्ट्रिय खेलकुद परिषदले निर्णय गरेको थियो । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र परिषद सदस्य सचिव टंकलाल घिसिङसहितको टोलीले पोखरा भ्रमण गरेर आवश्यक तयारीमा जुट्न निर्देशन दिएका… पुरा पढौ