गण्डकी

प्रदेश सरकारद्वारा जिल्ला खेलकुद समितिका पदाधिकारी पदमुक्त

पोखरा-गण्डकी प्रदेश मन्त्री परिषद बैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा गठित जिल्ला खेलकुद विकास समितिका पदाधिकारी तथा सदस्यहरुलाई हटाएको छ । युवा तथा खेलकुद मन्त्रालयले पदबाट हटाउन गरेको सिफारिसलाई आधार मान्दै बिहीबार बसेको मन्त्री परिषदको बैठकले पदमुक्त गर्ने गरेको हो । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै चैत ४ गते स्पष्टीकरण पेश गर्न निर्देश गरेको थियो । मन्त्रालयले जिल्लाका अध्यक्षहरुलाई १५ दिनभित्र लिखित स्पष्टीकरण… पुरा पढौ

गण्डकी प्रदेशको ह्याण्डवल टोली उदयपुर प्रस्थान

पोखरा-गण्डकी प्रदेशको ह्याण्डवलको टोली उदयपुर प्रस्थान गरेको छ । उदयपुर जिल्ला ह्याण्डवल संघको आयोजनामा यही चैत २१ देखि २४ गतेसम्म वेलका नगरपालिकामा संचालन हुने खुल्ला राष्ट्रिय पुरुष ह्याण्डवल प्रतियोगितामा सहभागिताको लागि गण्डकी प्रदेशको टोली आइतबार उदयपुर प्रस्थान गरेको हो । राष्ट्रिय खेलाडी बिशाल नेपालीको कप्तानीमा उदयपुर प्रस्थान गर्नु पूर्व कास्की जिल्ला ह्याण्डवल संघले प्रदेशका खेलाडीलाई पोखरा रंगशालाबाट खादा लगायर बिधाई गर्दै सफलताको कामना गरेको छ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव तेज… पुरा पढौ

राईजिङ वाईनकिङ टी–२० कास्की लिग च्याम्पियन (फोटो फिचरसहित)

पोखरा-अरण्यज्योति क्रिकेट क्लबलाई ५१ रनले पराजित गर्दै नवप्रवेशी क्लब राईजिङ क्रिकेट क्लब शनिबारीय टी–२० क्रिकेट लिगको च्याम्पियन बनेको छ । आफनो पाँचै खेलमा अपराजित रहँदै राईजिङ च्याम्पियन वाईनकिङ टी–२० कास्की अन्तरक्लबस्तरीय लिग च्याम्पियन बनेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालामा शनिबार भएको अन्तिम खेलमा राईजिङले अरण्यज्योतिसँग प्रतिस्पर्धा गरेको थियो । टस जितेर व्याटिङ उत्रिएको राईजिङले ८ विकेटको क्षतिमा १३६ रन बनाएको थियो । अब्दुल खालिकले मिलन थापालाई बोल्ड आउट गरेपछि राईजिङको विकेट पतन शुरु भएको थियो ।… पुरा पढौ

पहिलो दिन सुवासको दुई अण्डरको अग्रता

पोखरा-शीर्ष बरियताका गल्फर भुवन नगरकोटीले सुर्य नेपाल वेष्टर्न ओपन गल्फको २२ औं संस्करणमा आईपुग्दा होल इन वानको किर्तिमान बनाउँदा बुधबार पोखराको हिमालयन गल्फ कोर्षमा पहिलो दिन ४ ओभर ७२ को कार्डमा १० औं स्थानमा रहेर टुंग्याएका छन् । सुर्य नेपालको प्रायोजनमा वर्षको अन्तिम प्रतिस्पर्धा सुर्य नेपाल वेष्टर्न ओपन गल्फमा नगरकोटीले पार तीनको आईल्याण्ड होल(होल नं ७) मा होल इन वान गर्दै किर्तिमान बनाए । तर उनले छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा पहिलो दिन किर्तिमान बनाएपनि पार चारको अन्तिम होल(१८) मा डबल… पुरा पढौ

सुदुरपश्चिम मुख्यमन्त्री कप विजेता गण्डकी प्रदेश यु–१९ टोलीलाई सम्मान

पोखरा-सुदुर पश्चिमको धनगढीमा आयोजित सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतितियोगिताको उपाधि विजेता गण्डकी प्रदेशका खेलाडी एवं अफिसियललाई गण्डकी प्रदेश अर्थ मन्त्रालयले आईतबार सम्मान गरेको छ । प्रदेश अर्थमन्त्री रामजीप्रसाद बरालले खेलाडी तथा अफिसियललाई सम्मान गर्दै प्रदेश सरकारबाट नगद पुरस्कार प्रदानगर्ने घोषणा समेत गरे ।प्रदेश सरकारले विजेता खेलाडी तथा अफिसियललाई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने बताए । ‘गण्डकी प्रदेशको सान उच्च बनाउन खेलाडीले खेल्नुभएको भूमिकालाई उच्च कदर गर्दै प्रदेश सरकारले प्रति खेलाडी ५० हजार नगद पुरस्कारबाट… पुरा पढौ

राईजिङको ४ रनको रोमाञ्चक जित

पोखरा-ऋतिक थापा मगरले उत्कृष्ट बलिङ गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले सांग्रिला क्रिकेट क्लबमाथि २५ रनको जितको नजिता निकालेको छ । ९० रनको लक्ष्य पछ्याएको सांग्रिला क्रिकेट क्लबलाई ६४ रनमै अलआउट गर्दै माछापुच्छ«े क्रिकेट क्लबले जित आत्मसात गरेको हो । वाईनकिङ्ग टी–२० कास्की क्लबस्तरीय च्याम्पियनसिपमा मध्यक्रमका दिपेश खत्री र विमल तिवारीले महत्वपूर्ण साझेदारी गरेपछि माछापुच्छ«े क्रिकेट क्लबले ८९ रनको योगफल तयार परेको थियो । पुजन शर्मालाई ६ रनमै पभेलियन फर्काउँदै सांग्रिलाललाई पहिलो सफलता मिलेको थियो । दुई चौका प्रहार गर्दै खेल्ने क्रममा… पुरा पढौ

यादव र बोहोरालाई १० किलोमिटर दौड उपाधि

पोखरा-पोखरामा पहिलो पटक सहभागिता जनाएका अजितकुमार यादवले पुरुष तर्फको १० किलोमिटर दौडको उपाधि जितेका छन् । नेपाल भूतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार सम्पन्न १० किलोमिटर पुरुष दौडमा यादवले ३० मिनेट ४५.२० सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण पदक जितेका हुन् । महिला तर्फको उपाधि काठमाडौंकी सरस्वती बोहोराले आफनो नाममा लेखाईन् । बोहोराले उपाधि जित्न ३९ मिनेट ३५.२० सेकेण्डको समय लगाईन् । स्याङजाका युवराज थापा दोस्रो भए । काठमाडौंका टंकबहादुर कार्की तेस्रो स्थानमा रहे । १४०० जना पुरुष धावकहरुको बीचबाट थापाले ३२… पुरा पढौ

गण्डकी प्रदेश पुरुष हक्की टिम विराटनगर प्रस्थान

पोखरा-विराटनगरमा आयोजना हुने तेस्रो गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की प्रतियोगिताको लागि गण्डकी प्रदेशको पुरुष टोली सोमबार प्रस्थान गरेको छ । खेलाडीहरुलाई गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ तथा सदस्य सचिव तेजबहादुर गुरुङले खादा लगाई विदाई गरेका थिए । १६ सदस्यीय टोलीमा पवन परियार, पिताम्बर थापा, अशिम ठकुरी, सुजन मगर, सुरज बोहोरा, रोहन लामा, सानु लामा, आशिष जिसी, कुन्जन थापामगर, सागर परियार, विशाल कुमाल, गगन केसी, अमृत गुरुङ, सुजन विक, शिशिर केसी, हेमन पाईजा रहेका छन् । प्रशिक्षकमा राजन… पुरा पढौ

प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा जि.खे.वि.ससँग स्पष्टीकरण माग

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले प्रदेशका ११ वटै जिल्ला खेलकुद विकास समितिमा राजनैतिक नियुक्त भएका अध्यक्षहरुलाई लिखित स्पष्टीकरण मागेको छ । मन्त्रालयले चैत ४ गते सम्बन्धित जिल्ला अध्यक्षहरुकै नाममा परिपत्र गर्दै स्पष्टीकरण पेश गर्न निर्देश गरेको हो । तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश खेलकुद विकास नियमावली नबन्दै विभिन्न जिल्लामा जिल्ला खेलकुद विकास समितिमा पदाधिकारीहरु नियुक्त गरेका थिए । ऐनलाई टेकेर युवा तथा खेलकुद मन्त्रालयले स्पष्टीकरण माग गरेको खेलकुद मन्त्रालय स्रोतले जनायो । मन्त्रालयले जिल्लाका अध्यक्षहरुलाई १५ दिनभित्र लिखित स्पष्टीकरण… पुरा पढौ

कास्कीका खेलकुद पूर्वाधारलाई पौने तीन करोड बजेट

पोखरा=गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले कास्कीको पोखरा महानगर एवं गाँउपालिको खेलकुद पूर्वाधारको लागि २ करोड ७६ लाख रुपैयाँ बजेट छुट्टाएको छ । गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रलायले कास्कीमा ५२ वटा खेलकुदका योजनालाई बजेट छुट्टाएको हो । खेलकुद मन्त्रालयले सबैभन्दा बढी बजेट पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ बनाउन १८ लाख रुपैयाँ छुट्टाइएको छ । पोखरा रंगशालाभित्र मार्शल आर्ट रिङ निर्माण गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले माग गर्दै आएका थिए । यद्यपी मन्त्रालयले ठोस सम्बोधन भने गर्न सकेको थिएन् ।… पुरा पढौ