प्रदेश

गण्डकी प्रदेशले आज प्रदेश २ सगँ खेल्दै

कन्चनपुर-तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेशले आज दोस्रो खेल खेल्दै छ । कन्चनपुर हक्की संघको आयोजनामा सञ्चालित प्रतियोगिताको लिग चरण अन्तर्गतको दोस्रो खेल आज प्रदेश नं २ सँग खेल्ने छ । गण्डकी प्रदेश र प्रदेश नं २ बीचको खेल भने पहिलो पटक हो । हक्कीमा पहिलो पटक आमने सामने भएका दुवै टोलीलाई जित अनिवार्य जस्तै छ । पोखरामा आयोजित दोस्रो सहाना प्रधान स्मृति हक्कीमा समेत गण्डकी प्रदेशसँग प्रदेश २ को भेट भएको थिएन् । आठौं राष्ट्रिय… पुरा पढौ

पोखरामा तीन दिने रग्बी प्रशिक्षण

पोखरा-पोखरामा आयोजित तीन दिने रग्बी प्रशिक्षण सकिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३० जना रग्बी खेलाडी तथा पदाधिकारीको सहभागिता रहेको थियो । गण्डकी रग्बी संघ गठन पछि पोखरामा पहिलो पटक रग्बीको प्रशिक्षण गराइएको हो । जिल्ला संघले भने लेखनाथस्थित भण्डारढीक खेल मैदानमा प्रशिक्षण गराउँदै आएको थियो । नेपाल रग्बी संघका ट्रेनिङ एण्ड एजुकेशन संयोजक तथा प्रशिक्षक विनोद तामाङ र सह संयोजक विराट श्रेष्ठले प्रशिक्षण दिएका थिए । उनीहरुले रग्बी टच एण्ड सेभेन्स कोचिङ एण्ड म्याच अफिसियटिङ बारे ट्रेनिङ दिइएको… पुरा पढौ

न्यु डायमण्ड एकेडेमीसँग पुलिस पराजित

पोखरा-नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै न्यु डायमण्ड एकेडेमीले उपाधिको बलियो दावेदारी देखाएको छ । निकै प्रतिस्पर्धात्मक खेलमा डायमण्डले पहिलो सेट आफनो पक्षमा २७–२५ को सेटले पार्यो । तर दोस्रो सेट भने पुलिससँग प्रतिस्पर्धात्मक रुपमा गुमायो । २९–३१ को सेटमा पुलिसलाई सुम्पिएको डायमण्डले तेस्रो र चौथो सेट लगातार लिदैं नेपाली भलिबलमा आफनो छविलाई उचाईमा पुर्यायो । तेस्रो सेट २७–२५ र चौथो सेट भने २५–१६ मा न्यु डायमण्डले जित्दै उपाधि यात्रा बलियो बनायो । पुरुष तर्फको प्रतिस्पर्धामा भने विभागीय डर्बीको… पुरा पढौ

प्रिन्स अन्तिम १६ मा

चितवन-नेपालका शीर्ष बरियताका व्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र रत्नजित तामाङमा चितवनमा आयोजित योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगिताको लागि अन्तिम १६ मा प्रवेश गरेका छन् । त्रिभुवन आर्मीका रत्नले नवलपरासीका रोशन कुमाललाई २१–१४, २१–१२ ले तथा शसस्त्र प्रहरी बलका प्रिन्सले आर्मीका पविन लिनथेपलाई २१–५, २१–९ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएका हुन् । रत्न र प्रिन्सले भोली हुने प्रिक्वाटरमा जित निकालेमा क्वाटरफाईनलमा एक अर्काको सामना गर्ने भएका छन् । रत्न माथी लगातार दुई प्रतियोगितामा जित निकालेर… पुरा पढौ

एपीएफको संघर्षपूर्ण जित, पुलिस न्यु डायमण्डसँग पराजित

पोखरा-शसस्त्र प्रहरी बलसँग निकै प्रतिस्पर्धात्मक खेलमा ३–२ सेटले पराजित हुदैं नेपाल आर्मी क्लब टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको महिला तर्फ उपाधि होडबाट बाहिरिएको छ । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा आर्मीले उपाधि यात्रालाई कायमै राख्न शसस्त्र प्रहरीलाई सोझो सेटमा पराजित गर्नुपर्ने थियो । तर आर्मी शसस्त्रसँग प्रतिस्पर्धात्मक सेटमा पराजित हुदैं उपाधि होडबाट बाहिरिदैं क्लब च्याम्पियनसिपबाट बिदाई लिएको छ । टाईगर ग्रुप पोखराको आयोजनामा सञ्चालित प्रतियोगितामा पहिलो सेट आर्मीले आफनो पक्षमा पार्दै शसस्त्र प्रहरीमाथि दबाव सृजना गर्यो । पहिलो सेट आर्मीले… पुरा पढौ

पोखरामा पहिलो पटक रग्बीको प्रशिक्षण

पोखरा-पोखरामा पहिलो पटक रग्बीको प्रशिक्षण गरिएको छ । केही दिन अघि मात्रै गठन भएको गण्डकी प्रदेश रग्बी संघले पोखरा रंगशालामा तीन दिने रग्बी प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा गण्डकी प्रदेशका विभिन्न ३० जनाको सहभागिता रहेको छ । प्रशिक्षणको बिहीबार समापन हुने छ । बिहीबार समापन अघि रग्बी खेलको नियम सम्बन्धी जानकारी प्रदान गरिने रग्बी संघ गण्डकी प्रदेश रग्बी संघ उपाध्यक्ष सुवास खड्काले जानकारी दिए । नेपाल रग्बी संघका ट्रेनिङ एण्ड एजुकेशन संयोजक तथा प्रशिक्षक विनोद तामाङ र सह संयोजक… पुरा पढौ

विभागीय डर्बीमा पुलिसको जित

पोखरा-टाईगर कप क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता अन्तर्गत बुधबार महिला तर्फको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले विभागीय डर्बी प्रतिस्पर्धामा आर्मी विरुद्ध कमब्याक गर्दै ३–१ सेटले जितेको छ । पहिलो सेट आर्मीलाई सुम्पिएको पुलिसले लगतार तीन सेट आफनो पक्ष पार्दै आर्मीको चुनौतिलाई पन्छाउँदै महिला भलिबलमा आफनो पुरानो शाख जोगाउन उद्दत रह्यो । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा आर्मीले पहिलो सेट २५–१८ मा लिदैं पुलिसमाथि दबाव शुरु गर्यो । तर दोस्रो सेटमा भने आर्मीले पहिलो सेटको लयलाई गुमायो… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको व्याडमिन्टन प्रतियोगिता

चितवन-प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ चितवनमा बुधबारदेखि सुरु भएको छ । बागमती प्रदेश प्रमुख बिष्णु प्रसाईले उदघाटन गरेका थिए । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती ट्रष्टको संयुक्त आयोजना भएको प्रतियोगितामा पुरुष एकल र राष्ट्रिय २० बरियताको युगल, राष्ट्रिय २० बरियता बाहेककाको युगल, महिला एकल, छात्र र छात्रा यु १७, पुरुष भेट्रान्स ४५ बर्ष माथी र ५५ बर्ष माथी गरि ८ स्पर्धामा प्रतिस्पर्धा गराईएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र एपिएफ क्लब, २७ जिल्ला… पुरा पढौ

गण्डकी प्रदेश आर्मीसँग पराजित

पोखरा-तेस्रो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामा गण्डकी प्रदेश नेपाल आर्मीसँग २-० गोलले पराजित भएको छ । बुधबार कन्चनपुरको महेन्द्रनगरमा आयोजित प्रतियोगिताको उदघाटन खेलमा गण्डकी प्रदेश आर्मीसँग पराजित हुन पुग्यो । आर्मीका लागि सनि खड्काले २२ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यस्तै आर्मीको लागि अर्को गोल भने निलिमा पाण्डेले खेलको ५१औं मिनेटमा गोल गर्दै जित सुनिश्चित बनाईन । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्मीलाई नै पराजित गर्दै गण्डकी प्रदेशले फाईनलको यात्रा तय गरेको थियो । तर दुई… पुरा पढौ

आर्मीमाथि गण्डकीको पुनरागमन जित

पोखरा-नेपाल आर्मी विरुद्ध पुनरागमन गरेको गण्डकी प्रदेशले टाईगर कप क्लब च्याम्पियनसिपमा ३–१ सेटको जित आत्मसात गर्दै तीन अंक जोडेको छ । पहिलो सेट प्रतिस्पर्धात्मक अवस्थामा गुमाएर पछि परेको गण्डकी प्रदेशले घरेलु कोर्टमा आर्मीमाथि पुनरागमन गर्दै तीन सेट आफनो पक्षमा पार्यो । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा बुधबार भएको खेलमा आर्मीले पहिलो सेट २५–२२ मा लिदैं गण्डकी प्रदेशलाई दबावमा राख्यो । तर घरेलु दर्शक र घरेलु कोर्टको फाईदा उठाँउदै गण्डकी प्रदेशले दोस्रो सेटमा लयमा फर्कियो । दोस्रो सेटमा ३–६ लेपछि… पुरा पढौ