प्रदेश

डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात, गण्डकी पराजित

पोखरा-टाईगर कप क्लब च्याम्पियनसिपमा मंगलबार पुरुष तर्फको प्रतिस्पर्धामा भने गण्डकी प्रदेश घरेलु कोर्टमा नेपाल पुलिस क्लबसँग पराजित भएको छ । पोखरा रंगशालामा आयोजित क्लब च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । पहिलो सेट २७–२५ को स्थिति पुर्याउँदै खरो प्रतिस्पर्धामा उत्रिएको गण्डकी प्रदेश दोस्रो र तेस्रो सेटमा प्रभावकारी प्रदर्शनबाट चुक्यो । दोस्रो सेट २५–२१ र तेस्रो सेटमा २५–२२ ले गुमाउँदै गण्डकी प्रदेशले उदघाटन खेल पुलिसलाई सुम्पिएको थियो । महिला तर्फको प्रतिस्पर्धामा विभागीय क्लब नेपाल… पुरा पढौ

न्यु डायमण्ड र नेपाल पुलिसको सुखद शुरुवात

पोखरा-विभागीय क्लब नेपाल आर्मीलाई पाँचौ सेटमा पुगेर जित आत्मसात गर्दै न्यु डायण्ड एकेडेमीले क्लब च्याम्पियनसिप टाईगर कप भलिबलमा सुखद शुरुवात गरेको छ । मंगलबार पोखरा रंगशालामा टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगितामा आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत डायमण्ड एकेडेमीसँग नतमष्तक बन्न पुग्यो । पहिलो सेट डायमण्डले २५–१२ मा लिदैं आर्मीमाथि हावी हुने संकेत देखायो । तर दोस्रो सेटमा भने आर्मीले लय समात्यो । २२–२५ को अवस्थामा डायमण्डले आर्मीलाई सेट सुम्पिदैं बराबरीमा रह्यो । १–१… पुरा पढौ

क्लब च्याम्पियनसिप भलिबल शुरु, एपीएफ पराजित

पोखरा-महिला भलिबलमा आफनो प्रभुत्व जमाईरहेको शसस्त्र प्रहरी बलको एपीएफ क्लब विभागीय डर्बीमा पराजित हुदैं पोखरामा आयोजित टाईगर कप क्लब च्याम्पियनसिप भलिबलको शुरुवात गरेको छ । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको मंगलबारको विहानी खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित हुन पुग्यो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक हुन पुग्यउो । तर पुलिसले २६–२४को सेटमा बाजी मार्यो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जितको संघारमा पुग्यो । अन्तिम सेट… पुरा पढौ

विभागीय डर्बी प्रतिस्पर्धासँगै टाईकर कप भलिबल आजदेखि

पोखरा-विभागीय डर्बीको प्रतिस्पर्धासँगै आजदेखि पोखरा रंगशालामा भलिबल प्रतियोगिता शुरु हुदैं छ । टाईगर ग्रुपको आयोजनामा सञ्चालित टाईगर कप क्लब च्याम्पियनसिपको महिला तर्फको प्रतिस्पर्धा विहान दशबजेपछि शुरु हुने छ । पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा हुने प्रतिस्पर्धाको पहिलो खेल नेपाल पुलिस क्लबले शसस्त्र प्रहरी बल बीच हुने छ । त्यसपछिको महिला तर्फकै दोस्रो खेल न्यु डायमण्ड एकेडेमीले नेपाल आर्मी क्लबसँग खेल्दै क्लब च्याम्पियनसिप शुरु गर्ने छ । मध्यान्हमा भने पुरुष तर्फको प्रतिस्पर्धा गराईने ग्रुपले जनाएको छ । पुरुष तर्फको उदघाटन खेल… पुरा पढौ

एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं-सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ । फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्दा अनु… पुरा पढौ

भोलिदेखि भलिबल, गण्डकीले नेपाल पुलिससँग खेल्ने

पोखरा-गण्डकी प्रदेशले आज मंगलबार विभागीय टोली नेपाल नेपाल पुलिससँग खेल्दै क्लबस्तरीय टाईकर कप च्याम्पियनसिप भलिबलको शुरुवात गर्ने छ । सोमबार साँझ सार्वजनिक गरिएको खेल तालिका अनुसार पुरुष तर्फ मात्रै सहभागिता जनाएको गण्डकी प्रदेशको पहिलो प्रतिस्पर्धा गर्ने छ । उदघाटन दिउँसो ३ बजे गण्डकी प्रदेशले नेपाल पुलिससँग खेल्ने खेल्ने छ । महिला तर्फको प्रतिस्पर्धा भने सोमबार विभागीय टर्बीको प्रतिस्पर्धाबाट प्रतियोगिता अगाडि बढ्ने छ । नेपाल शसस्त्र प्रहरी बलको एपीएफ क्लबले नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । दोस्रो खेल नेपाल आर्मी… पुरा पढौ

गण्डकी प्रदेश महिला हक्की टिमको बिदाई

पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीलाई बिदाई गरिएको छ । सोमबार पोखरा रंगशालामा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख कृष्ण तिमिल्सिना तथा नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले बिदाई गरेका हुन् । उनीहरु सोमबार सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको खेल्न प्रस्थान गरेका छन् । टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा… पुरा पढौ

भलिबल संघका सस्थापक अध्यक्षको स्मृतिमा अक्षयकोष

पोखरा-पोखरा–१६ हिमालय क्लबले पूर्व राष्ट्रिय भलिबल खेलाडी उदयबहादुर बस्नेतको स्मृतिमा अक्षयकोष स्थापना गरेको छ । क्लवका मानार्थ सदस्य समेत रहेका स्वर्गीय बस्नेतको स्मृतिमा क्लवले अक्षयकोष स्थापना गरेको हो । क्लबले अक्षयकोष स्थापनको लागि १ लाख ११ हजार १ सय ११ रुपैया प्रदान गरेको कोषाध्यक्ष शिवराज देवकोटाले जानकारी दिए । कास्की जिल्लामा रही भलिवलको विकासमा उत्कृष्ट योगदान पु¥याउने खेलाडी एवं खेल संस्थालाई प्रत्येक वर्ष नगद दश हजार, सम्मान पत्रवाट पुरस्कृत गरिने सचिव प्रकास थापाले बताए । अक्षयकोषलाई व्यवस्थित रुपमा संचालन गर्ने… पुरा पढौ

ए’ डिभिजन फुटसल लिगलाई टर्नपाईको साथ

काठमाडौं- पोखरामा आयोजना हुने ‘ए’ डिभिजिन फुटसल लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार टर्नपाईक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फाले बैशाख २५ देखि जेठ १५ गेतसम्म पोखरामा हुने लिगका लागिसम्झौता गरेको हो । प्रतियोगिताको व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाईकसँग आइतबार सम्झौता गरेको हो । एन्फाको फुटसल कमिटिका सयोजक रत्न कुमार श्रेष्ठ र टर्नपाईकका प्रमुख कार्यकारी अधिकृृत उकेश लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार टर्नपाईकले एन्फालाई २९ लाख उपलब्ध गराउने जनाएको छ । सम्झौतापछि… पुरा पढौ

गण्डकी प्रदेश महिला हक्की टिमको घोषणा

पोखरा-मनिता रानाको कप्तानीमा गण्डकी प्रदेश महिला हक्की टोलीको घोषणा गरिएको छ । सुदुर पश्चिम प्रदेशको कञ्चनपुमा आयोजना हुने तेस्रो सहाना प्रधान स्मृति महिला हक्की प्रतियोगिताको लागि रानाको कप्तानीमा गण्डकी प्रदेश टोली छनोट गरिएको हो । टोलीमा नानु गुरुङ, सविना पुन, सोनु बराल, सुजाता तामाङ, प्रेमा परियार, अलिशा परियार, सृजना नेपाली, सन्ध्या नेपाली, अश्मिता बनित, दिक्षा गुरुङ, लक्ष्मी गुरुङ, तनुषा पुन, प्रिती मगर, कमला मगर र सुनिता गुरुङ रहेका छन् । यसैगरी बैकल्पिक खेलाडीमा पुजा पुन र मनिला मगर रहेका छन्… पुरा पढौ