प्रदेश

सांग्रिला क्लब क्रिकेटको फाईनलमा

पोखरा-विपिन खत्रीले अलराण्डर प्रदर्शन गरेपछि सांग्रिला क्रिकेट क्लबले राईजिङ पोखरा क्रिकेट क्लबलाई १३४ रनले पराजित गर्दै कास्की क्लबस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेर व्याटिङ गरेको सांग्रिलाले विपिन खत्रीको ९२ रनको योगदानमा २२३ रनको योगफल तयार पारेको थियो । ३८.५ ओभर खेल्ने क्रममा सांग्रिलाले कमजोर देखिएको टोलीमाथि व्याटिङ र बलिङ दुवैमा हावी बन्न पुग्यो । ५० बल खेल्ने क्रममा खत्रीले ९२ रन हिर्काउँदा ६… पुरा पढौ

सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन उपाधी प्रिन्सलाई

काठमाडौं-नेपालका उदियमान युवा खेलाडी प्रिन्स दाहालले सर्वाधिक पुरस्कार राशीको ब्याडमिन्टन प्रतियोगिता आफ्नो पक्षमा पारेका छन् । तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको राष्ट्रिय पुरुष एकलको शुक्रबार भएको फाईनल खेलमा सिल्क ग्रुपका प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१–१४, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेका हुन् । प्रिन्सले नगद १ लाख ११ हजार १ सय ११, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेता नविनले नगद ५५ हजार, ५ सय, ५५ हात पारे । सेमिफाईनलमा… पुरा पढौ

नवौंको मिति परिषद्को बोर्ड बैंठकबाट तय हुने

काठमाडौं- युवा तथा खेलकुद मन्त्री जगत वहादुर सुनार(बिश्वाकर्मा)ले गण्डकी प्रदेशको पोखरामा संचालन हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगमी राखेपको बोर्ड बैठकमा तय गरिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद्आयोजनामा संचालन भएको अन्तक्रिया कार्यक्रममा खेलाडीको स्वास्थ्यलाई जोखिममा राखेर राज्य अगाडि बढ्न सक्दैन,कोभिडको प्रभाब र असरलाई न्यूनिकरण गदै खेलक्षेत्रको विकास–विस्तार र समृद्धिलाई कसरी लैजाने यो नै चुनौती र अबिभारा हो । उनले भने– १३औं साग सम्पन्न पश्चात १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको छ,कोरानाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद… पुरा पढौ

टेबल टेनिस खेलाडीका लागि पावेलको ३२ लाख सहयोग

काठमाडौ-स्जिरल्याण्डका राष्ट्रिय प्रशिक्षक पावेल रेहोरेकले नेपालका टेवलटेनिस खेलाडीहरुका लागि ३२ लाख बराबरको सहयोग गर्ने भएका छन् ।पावेलले एभिएमका टेबलटेनिस खेलाडीका लागि उक्त रकम खर्च गर्न लागेको प्रशिक्षक पुरुषोत्तम बज्राचार्यले जानकारी गराए । पावेलले हालै पुरस्कार जितेका हुन् । यो पुरस्कार सामाजिक तथा खेलकुदको विकासको विकासमा गरेको योगदानको मुल्याङकनको आधारमा प्रदान गरिन्छ । उक्त पुरस्कारबाट प्राप्त हुने २५००० स्विस फ्रान्क ९३२ लाख नेपाली० नेपालमा टेबलटेनिस खेल विकासका लागि पावेलले खर्च गर्न लागेका हुन् । पावेलको यो एभिएम स्कुलका खेलाडीहरुका लागि चौथो… पुरा पढौ

अभिषेकलाई जिल्ला स्तरिय पुरुष एकल उपाधी

काठमाडौं- त्रिपुरासुन्दरीका अभिषेक गुरुङ्ग तेश्रो चौतारा साँगाचोकगढी मेयर कप तथा प्रथम तोप –२१ ब्याडमिन्टन प्रतियोगिताको जिल्ला स्तरिय पुरुष एकलको उपाधी जित्न सफल भएका छन् । तोप –२१को आयोजनामा भएको प्रतियोगिताको आज सम्पन्न फाईनलमा अभिषेकले चौताराका सुरेन्द्र श्रेष्ठलाई २१–१९, २१–१५ ले पराजित गर्दै उपाधी उचालेका हुन् । अभिषेकले जितका साथै ट्रफी, मेडल, प्रमाण पत्र र नगद ३० हजार प्राप्त गर्ने छन् । यस्तै उपविजेता सुरेन्द्रले नगद २० हजार ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । आजै सम्पन्न सेमिफाईनलमा अभिषेकले बलेफीका… पुरा पढौ

‘माउन्टेन स्पोर्टस गेम’को योजना

पोखरा-स्पोर्टस(खेलकुद) अनि टुरिज्म । एउटै सिक्का दुई पाटा हुन् । खेलकुद पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो । दीगो पर्यटन प्रवद्र्धनको लागि आगामी पाँचवर्षभित्रमा ‘माउन्टेन स्पोर्टस गेम’ आयोजना गर्ने तयारी छ । पर्वतीय खेलकुद महासंघका अनुसार खेलकुदसँगै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अभियानसहित सन २०२३ देखि २०२५ भित्रमा गेम गर्दै अन्तराष्ट्रिय विश्वव्यापी अभियान चलाउने योजना छ । सन २०२१ को अप्रिलमा पोखरा–जोमसोम क्षेत्रमा अफरोड मोटर रेस गर्ने योजना थियो । तर कोभिड–१९ को महामारीले स्थगित गरिदियो । कालीगण्डकी क्षेत्रमा आयोजना गरिने अफरोड रेस… पुरा पढौ

फोहोरको चपेटामा रङ्गशाला

पोखरा-पोखरा रङ्गशाला फोहोरको चपेटमा परेको छ । रङ्गशालाभित्रै सेती नदीको किनारमा प्लाष्टिकजन्य फोहोर फाल्ने डम्पिङ्ग साईट बनेको छ । रङ्गशाला भित्र जोकोही छिर्न नपाएपनि फोहोरको मात्रा थुप्रिएको छ । थुप्रिएको फोहोरलाई शनिबार हिल हिमालयजले सफाई गर्यो । सफाईकै क्रममा १०० बोरा फोहोर निकालियो । रङ्गशालाभित्रबाट प्लाष्टिकजन्य फोहोरसँगै वियरका बोतल र सिरिन्ज भेटिएको हिल हिमालयजले जनाएको छ । रंगशालाभित्रबाट फोहोर संकलन गरेर डम्पिङ साईट पठायो । ‘पोखरा रङ्गशाला डम्पिङ साईट नै बनेको देखियो’ सरसफाई अभियानमा लागि परेको हिल हिमालयजका सदस्य राजु… पुरा पढौ

पानीजन्य(वाटरस्पोर्टस) खेलकुद पर्यटनको आधार

पोखरा-पोखरा र आसपासका क्षेत्रमा पानीजन्य खेलकुद(वाटरस्पोर्टस)को प्रचार सम्भावना भएपनि त्यसबारेमा अध्ययन हुनै सकेको छैन् । ताल, नदीनालामा पानीजन्य खेलकुदका गतिविधि सञ्चालन गर्ने पर्यटकीय खेलकुद प्रवद्र्धन गर्न सकिने सम्भावना छ । तर त्यस तर्फ सरोकार निकायको ध्यान गएको छैन् । गण्डकी प्रदेश विश्वकै उत्कृष्ट साहसिक खेलकुदको गन्तव्य बन्न सक्छ । कास्कीमा भएका तालहरुमा फ्लाट वाटर स्पोर्टस गर्न सकिन्छ । तालहरुमा फ्लाट वाटर गेम गर्न सकिन्छ । तालहरुमा वाटर स्की, पावर बोटिङ, स्कुभा डाईभिङ, वाटर बेलुन, कायाकिङ, लगायतका खेलकुद गतिविधि गरेर पर्यटन… पुरा पढौ

निर्वाचन क्षेत्रमा खेलकुदको योजना परेनन्

पोखरा-गण्डकी प्रदेशका सदस्यद्वय विन्दुकुमार थापा र कुमार खड्काले आफनो निर्वाचन क्षेत्रमा विभिन्न योजनाहरु सञ्चालन गरेको खर्चको विवरण पेश गरेका छन् । तर दुवै प्रदेश सदस्यले खेलकुद क्षेत्रमा लगानी भने शून्य रहेको छ । प्रदेश सदस्यले उद्योग, पर्यटन, वन तथा वातावरण भूमी व्यवस्था, कृषि तथा सहकारी, भौतिक पूर्वाधार, सिँचाई र तटबन्द, खानेपानी, पुल, सामाजिक विकासमा योजनाहरु सञ्चालन गरिएपनि खेलकुदको योजना परेको देखिदैन् । यो आर्थिक वर्षमा सदस्यद्वयले १ करोड ४५ लाख ६८ हजार रुपैयाँ विभिन्न १८ वटा योजनाको लागि छुट्टाएको पत्रकार… पुरा पढौ

साग विजेता बोगटीसहितको सहभागिता

नेपालगन्ज-छैटौं नेपालगन्ज पुरुष म्याराथनमा यसपटक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता किरणसिंह बोगटी, गत वर्षका विजेता नवराज साउद, सागकै स्वर्ण पदक विजेता गोपी पार्की लगायतका धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुसँगै उपाधिको लागि विभिन्न जिल्लाका २० भन्दा बढी धावकले प्रतिस्पर्धा गर्न नेपालगन्ज आईपुग्ने आयोजक क्रियटिभ ह्याण्ड्सले जनाएको छ । महिलातर्फ १० भन्दा बढी खेलाडीले भाग लिदैछन् । म्याराथनका विजेताले अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने छन् । नेपालगञ्जको विपीचोकदेखि सुरु भएर कोहलपुर चौराहा… पुरा पढौ