प्रदेश

मूलपानीलाई तीन स्वर्ण

काठमाडौं, असाेज २६ । मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन सोमबार तीन स्वर्ण जितेको छ । कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते । मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे… पुरा पढौ

थ्रीस्टारले आफनो विदेशी गोलकिपरलाई फिर्ता पठायो

काठमाडौं-नेपालमा तत्कालै फुटबलको गतिविधि सञ्चालन हुने सम्भावना नदेखिएपछि ए डिभिजन क्लब रुस्लान थ्रीस्टारले आफनो क्लबमा भएको विदेशी खेलाडीलाई स्वदेश(घर) फिर्ता पठाएको छ । शनिबार क्लबले आफनो गोलपिकर वाईभेस प्रिसोलाई घर पठाएको हो । नेपालमा कोरोना कहर बढ्दै गएको छ । त्यसले गर्दा पनि फुटबल लगायत खेलकुदजन्य गतिविधि ठप्पै छन् । कोरोना कहरकै कारण हवाई सेवा समेत ठप्प थियो । हवाई सेवा शुरु भएपछि थ्रीस्टारले प्रिसोलाई घर फिर्ता पठाएको हो । क्लबका अध्यक्ष अर्जुनमान जोशी र प्रिसो बीच फुटबल सिजनमा सम्पर्क… पुरा पढौ

खेलकुद विकास गर्न स्थानीय तहमै खेलसंघ गठन हुनुपर्ने

पोखरा-खेलकुद संघसंस्था राष्ट्रिय खेलकुद परिषदमा दर्ता छन् । राखेपमा दर्ताभएको संघले जिल्ला जिल्लामा संघ गठन गरी खेलकुद गतिििध गतिविधि गर्दै आएका छन् । कास्की जिल्ला खेलकुद विकास समितिको तथ्यांक अनुसार १०५ खेलकुद संघ छन् । केही तदर्थ समिति बनाएर अधिवेशनको संघारमा छन् । दर्ता भएका केही संघहरु निष्कृय छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल मात्रै समावेश छन् ।राखेपमा दर्ता भएका संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता हुन जरुरी छैन् । ‘राखेपको खेलकुद विकास ऐन अन्तर्गत १६ वटा जिल्लामा सम्बन्धीत खेलको… पुरा पढौ

भर्चुअल तेक्वान्दोमा नेपाली सेनालाई ४ पदक

काठडमाडाैं, असाेज १९ । कोरोना भाइरसको कहरका कारण पहिलोपटक अर्चुअल माध्यमबाट तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । बंगलादेश तेक्वान्दो फेडेरेशनको आयोजनामा असोज १७/१८ गते उक्त प्रतियोगिता सम्पन्न भएको हो । पहिलो बंगलादेश तेक्वान्दो (पुम्से) इन्टरनेशनल लाइभ च्याम्पियनसिप–२०२०’ मा सहभागी भएको नेपाली सेनाका खेलाडीले समेत ४ वटा पदक जितेका छन् । त्रिभुवन आर्मी क्लबका खेलाडीहरु आयशा शाक्यले स्वर्ण पदक जितिन् भने सिना मादेन र नीता गुरुङले रजत तथा कृष्ण बहादुर तामाङले रजत पदक जितेका छन् । प्रतियोगितामा विभिन्न १९ देश बाट… पुरा पढौ

खेलाडी कल्याणकारी कोषले खेलाडीलाई आथिर्क सहयोग

काठमाडौं, असोज १८ । राष्ट्रिय र पूर्व राष्ट्रिय खेलाडीलाई आइतबार राष्ट्रिय खेलाडी कल्याणकारी कोषले उपचार खर्च प्रदान गरेको छ । राजधानीमा आइतबार एक कार्यक्रमको आयोजना गरी कल्याणकारी कोषले नेपाली पूर्व र वर्तमान खेलाडीलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो । एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका गरी चार जनालाई जम्मा ४ लाख रुपैयाँ प्रदान गरियो । एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी रविनकुमार राईको परिवारलाई १ लाख रुपैयाँ प्रदान गरियो । क्यान्सर रोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो ।… पुरा पढौ

एक व्यक्ति दोहोरो संघमा बस्न नपाउने

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदमा दर्ता हुने खेल संघमा अब एउटा व्यक्ति दुई खेलसंघमा बस्न नपाउने व्यवस्था गरिएको छ । प्रदेश सभाको ५७ औं बैठकले पास गरेको गण्डकी खेलकुद विधेयकले एउटा व्यक्ति दुई खेल संघमा बस्न नपाउने प्रावधान बनाईदिएको छ । ‘एउटा व्यक्ति एउटा संघमा मात्रै बस्नुपर्छ’ गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन । परिषदमा दर्ता भएको संघमा एउटै व्यक्ति दुई खेल संघमा बस्न नपाईने व्यवस्था गरिएको छ । विधेयकमा नै एउटै व्यक्ति दुईवटा खेल संघमा बस्न नपाउने प्रावधान… पुरा पढौ

सदस्य सचिव पार्टीको होईन क्वालिफाईड मान्छे छान्न सुझाव

पोखरा-जिल्ला तथा गण्डकी प्रदेश खेलकुद विकास परिषदमा कार्यसमिति चयन नभएको लामै समयै भईसक्यो । लामो समयको अन्तरालमा गण्डकी खेलकुद विकास विधेयक पास भएको छ । विधेयक पाससँगै खेलकुदको कार्यसमिति बन्ने बाटो खुला भएको छ । यद्यपी ऐन कार्यान्वयनमा आउन अझै दुईसाता लाग्ने छ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले प्रमाणिकरण गरेपछि गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिव बन्ने बाटो खुल्ने छ ।सचिव बन्न स्नातक तह उत्तीर्ण अनिवार्य छ । त्यसले पनि झट्ट कोहीले सदस्य सचिव बन्न आँट भने गदैनन् ।… पुरा पढौ

प्रदेश सरकारले खेलाडीको बर्गिकरण गर्ने

पोखरा-गण्डकी प्रदेश सरकारले पनि अब खेलाडीको बर्गिकरण गर्ने जनाएको छ । खेलाडीको बर्गिकरण गरेर परिचय पत्रको व्यवस्था गर्ने निर्णय समेत गरेको छ । गण्डकी प्रदेशले ल्याएको खेलकुद विधेयकमा खेलाडीको बर्गिकरण गर्दै परिचय पत्र व्यवस्था गर्ने उल्लेख गरेको छ । नेपाल क्रिकेट संघ(क्यान)ले महिला तथा पुरुष खेलाडीहरुको बर्गिकरण गरेको छ । विधेयकको धारा २ को ढ मा खेलाडीहरुको बर्गिकरण गरिने उल्लेख छ । २ कै णमा भने खेल तथा खेलाडीहरुको बर्गिकरण गर्ने र खेलाडीको सामाजिक सुरक्षाको आवश्यक पहल गर्ने उल्लेख गरिएको… पुरा पढौ

गण्डकी खेलकुद विधेयक २०७७ पारित, म्याच फिक्सिङ गर्नेलाई ३ वर्ष कैद

गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबार बसेको प्रदेश सभाको बैठकले पारित गरेको छ । प्रदेशको ५७ औं बैठकले पास गर्नुअघि गण्डकी प्रदेश विधायन समितिमा छलफल गरिएको थियो । बैठकमा समेत विधेयकको दफाहरुमा छलफल गरिएको थियो । पारित भएको विधेयक अनुसार गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय बन्ने छ । ६ सदस्यीय कार्यकारी समिति बन्ने छ । विधेयक पास गर्न एकसाता अघि मात्रै सदनमा प्रस्ताव लगिएको थियो । सदनले बुदाँगत छलफल गरी ल्याउन विधायन समितिलाई पठाएको थियो । विधायन समितिले बुदाँगत… पुरा पढौ

प्रदेश सरकारद्वारा एक स्थानीय एक खेलमैदानलाई प्रस्ताव आह्वान

गण्डकी प्रदेश सरकारले पनि स्थानीय तह खेल मैदान बनाउन १५ दिने सूचनासहित प्रस्ताव आह्वान गरेको छ । प्रदेशका ११ जिल्लामा खेल मैदान निर्माण गर्न सूचना निकालेर प्रस्ताव आह्वान गरेको हो ।प्रदेश सरकारले नगरपालिका क्षेत्र र गाँउपालिका क्षेत्रमा गरी बजेट विनियोजन गर्दै प्रस्ताव आह्वान गरिएको गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका खेलकुद विभाग महाशाखा प्रमुख तेजप्रसाद काफ्लेले बताए । ‘नगरपालिका तर्फ तीन करोड र गाँउपालिका तर्फ ४ करोड ४० लाख रुपैयाँ छुट्टाएका छौं ’ उनले भने–‘भईरहेका खेल मैदानको स्तरोन्नति गर्ने र नयाँ… पुरा पढौ