पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशका मोफसलका जिल्लाहरुमा एथेटिक्स ट्रयाक एण्ड फिल्डका प्रतियोगिता आयोजना भएका छैनन् । कास्की बाहेक अन्य दश जिल्लामा एथलेटिक्स ट्रयाक एण्ड फिल्ड छैन् । ट्रयाक एण्ड फिल्ड नहुदाँ दश जिल्लामा एथलेटिक्सका राष्ट्रिय प्रतियोगिता अहिलेसम्म आयोजना हुन सकेको छैन् । नवलपुर, गोरखा, तनहुँ, लमजुङ, स्याङजा, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बाग्लुङ प्रदेशका जिल्लाहरु हुन् । मापदण्डस्तरीय एथलेटिक्स ट्रयाक एण्ड फिल्ड नभएपनि राष्ट्रियस्तरका खेलाडी उत्पादन भने भईरहेको खेलकुदको इतिहासले भने झल्काईसकेको छ । आवश्यक पूर्वाधार नहुदाँ एथलेटिक्सका इभेण्ट सञ्चालन गर्न सकिदैन्…
पुरा पढौ