प्रदेश

पाँचौं धौलागिरी कप क्रिकेटमा पोखराको लेकसाईडको विजयी शुरुवात

बागलुङ (खेलाडी न्युज)—बाग्लुङ क्रिकेटक्लबलाई ३७ रनले पराजित गर्दै पोखराको लेकसाईड क्रिकेट क्लबले पाँचौ धौलागिरी कप टी २० मा आईतबार विजयी शुरुवात गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको लेकसाइड १९ ओभरमा १ सय ३९ रनमा अलआउट भएको थियो । खराब सुरुवात गरेको लेकसाइडका लागि तेस्रो क्रममा ब्याटिङ गर्न आएका अर्जुन अधिकारीले ३९ बलमा ५ चौकाको मद्दतले ३८ रन बनाएपछि लेकसाईड पोखराले सम्मानजनक स्कोर तयार पार्यो । पाँचौं नम्बरमा आएका राजु तामाङले १४ बलमा २७ रन र पर्वत भुषालले १५… पुरा पढौ

प्रदेश नं ४ प्रथम इटहरी मेयरकप प्रदेशस्तरीय भलिबल च्याम्पियन

इटहरी(खेलाडी न्युज)— इटहरीमा आयोजित प्र्रथम प्रदेशस्तरीय मेयरकप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि प्रदेश नं ४ ले जितेको छ । प्रदेश नं ४ आज भएको फाईनलमा प्रदेश नं ५ लाई २५—१९, २५—२२ र २५—१४ को सोझो सेटमा पराजित गर्दै उपाधि कब्जा गरेको हो । त्यसैगरी तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा प्रदेश न १ ले प्रदेश ७ लाई सोझो सटेमा पराजित गर्दै तेस्रो स्थानमा चिक्त बुझायो । २५—१८, २५—२१ र २५—१९ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीबाट प्रदेश… पुरा पढौ

डेढमहिनापछि पुलिस र थ्री स्टार तिलोत्तमा गोल्डकपमा भिड्दै

बुटवल(खेलाडी न्युज)—तिलोत्तमा गोल्डकपको २० औं सस्करण भोलि आईतबार टुंगिदैं छ । उपाधि काठमाडौं पुग्ने छ । विभागीय टोली नेपाल पुलिस र चर्चित फुटबल क्लब थ्री स्टार बीच फाईनल भिडन्त हुदैं छ । त्यसको लागि दुबै टोली मानसिक रुपमा तयार भएका छन् । मोफसलको नकाउट फुटबलको उपाधिको लागि दुबै आतुर छन् । थ्री स्टारको लागि सिजनको यो तेस्रो उपाधि हुने छ । पुलिसलाई भने दोस्रो । थ्री स्टारले इटहरी गोल्डकप र धरानमा आयोजित बुढासुब्बा गोल्डकप आफनो नाममा लेखाईसकेको छ । नेपाल… पुरा पढौ

उपाधिका लागि थ्री स्टारको भेट नेपाल पुलिस क्लबसँग

बुटवल(खेलाडी न्युज)—लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दीको चुनौतिलाई २—१ ले पन्छाउँदै रुस्लान थ्री स्टार २० औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनल प्रवेश गरेको छ । यो सिजन उपाधि विहीन हुदैं गएको मनाङ मस्र्याङ्दी लिएको अग्रतालाई जोगाउन नसक्दा पराजय स्वीकार्दै वर्षको अन्त्य गर्ने मनस्थितिमा पुगेको हो । बुटवल देवीनगरस्थित एन्फा खेल मैदानमा आज भएको प्रतिस्पर्धात्मक खेलमा २३ औं मिनेटमा विशाल राईको पासलाई विदेशी खेलाडी फ्लोरेनले गोल गर्दै मनाङलाई फाईनलसम्मको यात्रा तय गराउने आशा देखाए । तर त्यो आशा अर्को मिनेटमा पुगेर बराबरीमा रोकियो ।… पुरा पढौ

प्रदेश ४ प्रथम इटहरी मेयरकप प्रदेशस्तरीय भलिबलको सेमिफाईनल प्रवेश

इटहरी(खेलाडी न्युज)—दोहोरो जित निकाल्दै प्रदेश नं ४ इटहरीमा अयोजित प्रथम प्रदेशस्तरीय मेयरकप पुरुष भलिबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ । प्रदेश नं ४ ले पहिलो खेलमा प्रदेश ६ लाई र दोसो खेलमा प्रदेश ५ लाई सोझो सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको हो । प्रदेश नं ६ लाई २५—६, २५—१६ र २५—२३ ले पराजित गरेको प्रदेश ४ ले दोस्रो खेलमा प्रदेश ५ लाई २५—२३, २५—१५ र २५—२१ को सेटमा पराजित गर्दै अन्तिम चार पक्का गर्यो । त्यसैगरी अर्को खेलमा प्रदेश… पुरा पढौ

मेयरकप राष्ट्रिय पुरुष प्रदेशस्तरीय भलिबलमा प्रदेश ४ को विजयी शुरुवात

इहटरी(खेलाडी न्युज)—इटहरीमा आयोजित प्रथम इटहरी मेयरकप राष्ट्रिय पुरुष प्रदेशस्तरीय भलिबल प्रतियोगितामा प्रदेश नं ४ ले प्रदेश नं २ लाई सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको छ । सोझो सेटमा पराजित गर्ने क्रममा प्रदेश नं ४ ले २५—११, २५—११, २५—१२ को सेटले पन्छाउँदै सुखद शुरुवात गरेको हो । त्यसैगरी प्रदेश न. ५ ले प्रदेश ६ लाई २५—२०, २५—१८ र २५—१५ को सेटले पन्छाएको छ । त्यसैगरी अर्को खेलमा प्रदेश १ ले प्रदेश ३ लाई २५—२०, २५—१५, २५—२३ को सेटले पराजित… पुरा पढौ

आर्मीमाथि मनाङ मस्र्याङ्दीका रवाफिलो जित

बुटवल(खेलाडी न्युज)—दशजनामा खेल टुग्याएको मनाङ मस्र्याङदीले नेपाल आर्मीमाथि रवाफिलो जित निकाल्दै तिलोत्तमा गोल्डकपको अन्तिम चारको स्थान पक्का गर्यो । डोना थापालाई झण्डै आधा घण्टा अघि गुुमाएको मनाङ मस्र्याङ्दीले आर्मीमाथि ३—० गोलले पराजित गर्दै मोफसलका अन्य ठाँउमा पराजित भएको पीडालाई भुल्यो । आठौं उपाधिको लागि २० औं तिलोत्तमा गोल्डकप पुगेको आर्मीलाई भने मनाङमस्र्याङ्दीले रोकेको छ । मंगलबार भएको अन्तिम क्र्वाटरफाईनलमा मनाङले आर्मीलाई ३—० गोलले अन्तरले पन्छाउँदै अन्तिम चारको स्थान सुरक्षित गर्यो । मनाङको डोना थापा ले खेलको ३५ औ र ६७… पुरा पढौ

थ्रीस्टार तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा

बुटवल(खेलाडी न्युज)—फ्रेण्ड्स क्लबको चुनौतिलाई टाइब्रेकरमा पन्छाउँदै रुस्लान थ्री स्टारले २० औं सस्करणको तिलोत्तमा गोल्डकपको सेमिफाईनल यात्रा सोमबार सुनिश्चित गरेको छ । टाइब्रेकरमा फ्रेण्ड्स क्लबलाई ४—३ गोलले पराजित गर्दै अन्तिम चारको स्थान पक्का गर्यो । देविनगरस्थित एन्फा एकेडेमीको खेल मैदानमा भएको रुस्लान थ्रिस्टार र फेन्डस क्लव बीचको निक्कै रोमाञ्चक खेल निर्धारित समयसम्म २—२ गोलको बरावरीमा सकिएपछि पेनाल्टी सुटका आधारमा निर्णय गरिएको हो । पेनाल्टी सुटमा रुस्लान थ्री स्टारले ४–३ को गोल अन्तरमा फ्रेण्ड्स क्लवलाई पन्छाउँदै सेमी फाईनलको यात्रा पक्का गरेको हो… पुरा पढौ

प्रदेश नं ४ लाई प्रदेशस्तरीय दृष्टिविहीन टी—२० क्रिकेट सिरिज

पोखरा(खेलाडी न्युज)—प्रदेशस्तरीय महिला दृष्टिविहीन टी—२० क्रिकेट २—१ले प्रदेश नं ४ ले जित्दै सिरिज कब्जा गरेको छ । पहिलो खेलमा जित हासिल गरेको प्रदेश नं ४ दोस्रो खेलमा पराजित हुदैं बराबरी भएको सिरिजको अन्तिम खेलमा जित हासिल गर्दै सिरिज आफनो कब्जा जमाउन सफल भएको हो । अन्तिम तथा फाईनल खेलमा प्रदेश न. ४ ले प्रदेश नं १ लाई १ सय १५ पराजित गरेको थियो । खेलमा म्याच अफ दि वुमन विनिता पुन, वुमन अफ दि सिरिज सरिता घिमिरे घोषित भए ।… पुरा पढौ

दृष्टिविहीन महिला क्रिकेटमा प्रदेश ४ लाई सिरिजमा अग्रता

पोखरा(खेलाडी न्युज)— पोखरा रंगशालामा आयोजित प्रदेशस्तरीय महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको पहिलो दिन प्रदेश नं ४ ले सात विकेटले पराजित गर्दै टी—२० को सिरिज १—० अग्रता लिएको छ । टस जितेर व्याटिङ गरेको प्रदेश नं १ ले १०८ रन बनाएको थियो । २० ओभरमा वि३ दिपेश गुरागाँईले ४ चौका र विमलार राईको ३६ रनको महत्वपूर्ण योगदान रह्यो । प्रदेश नं ४ की बलर वि१ रिता थापाले २, बी३ बलर भगवती भट्टराईले २ र वि२ भगवती अम्गाई र सरिता घिमिरेले १—१ विकेट… पुरा पढौ