प्रदेश

बाग्लुङ निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको फाईनलमा, उपाधिको लागि राईजिङसँग खेल्ने

बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लबलाई ११६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२०प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङ क्रिकेट क्लब निलोले किरण सिंहको ४३ रनको योगदानमा १६३ रनको लक्ष्य प्रस्तुत गर्यो । बाङगेचौर खेल मैदानमा आज भएको दोस्रो सेमिफाईनलमा ओपनर सन्तोष घोजीले २७ रनको पारी खेले । पुरन सिंहले २६ रनको योगदान दिए भने रमेश बस्नेतले १२ रन नटआउट हिर्काए । सिकन्दर यादवले तीन विकेट लिने क्रममा तीन ओभरमा ३० रन खर्चिए… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी धौलागिरी टी—२० को फाईनलमा, करणले हाने नटआउट ११० रन

बाग्लुङ(खेलाडी न्युज)—आफनो एकेडेमीको टिम । आफनै गृह जिल्ला । करण केसीलाई निकै अप्ठ्यारो पर्यो । तर पनि आफैले स्थापना गरेको क्रिकेट एकेडेमीको जर्सीमा मैदान उत्रिए । गृह जिल्लाको नेपाल विद्यार्थी संघ(नेविसंघ) विरुद्ध गतिलो प्रदर्शन गर्दै फाईनलको स्थान सुरक्षित बनाए । भर्खरै हङकङ र पपुवा न्युगिनी विरुद्ध जित हासिल गरी स्वदेश फर्किएको नेपाली राष्ट्रिय टोलीका अलराउण्डर करण केसीले आफनै एकेडेमी राईजिङ क्रिकेटको कप्तानी सम्हाल्दै आईतबार उत्रिए । पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनलमा पुर्याउने क्रममा करणले ११० रनको नआउट खेल्दै उपाधि… पुरा पढौ

बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—पोखरा क्रिकेट क्लब पोखरालाई १२६ रनले पराजित गर्दै बाग्लुङ क्रिकेट क्लब निलो पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको बाग्लुङ क्रिकेट क्लबले पुरन सिंह र विक्की घोजीले क्रमश ६६ र ५८ रनको पारी खेल्दै २४३ रन बनाए । सिंहले चार छक्का र आठ चौका हिर्काउँदै ६६ रन जोडे । घोजीले छ चौका र पाँच छक्का हान्दै ५८ रन बनाई चन्द्रको बलमा आउट भए । मोद सानले २१, प्रविन कार्कीले २१, किरण सिंहले १७… पुरा पढौ

राईजिङ क्रिकेट एकेडेमी पाँचौ धौलागिरी टी—२० क्रिकेको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङ नगरपालिकालाई चार विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी ए पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ रोजेको बाग्लुङले पोखराको एकेडेमीलाई जितको लागि १०२ रनको लक्ष्य प्रस्तुत गर्यो । अनिल बोगटीले सर्वाधिक रन हान्ने क्रममा २० रन जोडे । भुवन कार्कीले १७ रन, सन्तोष घिमिरेले ११ र अनुप बानियाँले १० रनको योगदान गरे । अन्य खेलाडीको दोहोरो अंकको रन बनाउनबाट चुके । मुखिल यादव र अमन रेग्मीले ३—३ विकेट लिए । अमृत… पुरा पढौ

बुटवल युथ स्पोर्टस धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ (खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेको छ । बाङ्गेचौर खेल मैदानमा भएको दोस्रो क्र्वाटरफाईनल खेलमा रक ११ वालिङलाई चार विकेटले पराजित गर्दै अन्तिम चारको स्थान सुरक्षित बनायो । रक ११ वालिङले टस जित्दै व्याटिङ गर्ने क्रमम ७७ रन बनाई सबै विकेट गुमायो । सुनिल गुरुङले तीन छक्का हान्दै २९ रन बनाए । बिरु गुरुङले पनि तीन चौका र एक छक्का हान्दै २० रन बनाई पवेलियन फर्किए । ओपनर विपिन काफ्लेलाई शून्यमै गुमाएपछि… पुरा पढौ

नेविसंघ बाग्लुङ पाँचौ धौलागिरी टी—२० क्रिकेटको सेमिफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—पोखराको लेकसाईइ क्रिकेट क्लबलाई ९ विकेटले पराजित गर्दै बाग्लुङको नेपाल विद्यार्थी संघ पाँचौ धौलागिरी क्रिकेट टी—२० कपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज विहान भएको पहिलो क्र्वाटरफाईनल खेलमा विजय विक र रविन जोशीले नटआउट क्रमश २५ र २० रन हिर्काएपछि लेकसाईडले दिएको ४९ रनको झिनो लक्ष्य एक विकेटको क्षतिमा पुरा गर्दै सेमिफाईनल यात्रा तय गर्यो । बाङ्गेचौर खेल मैदानमा भएको खेलमा टस जितेर व्याटिङ रोजेको लेकसाईडले ओपनर प्रेम गुरुङको दोहोरो अंकको रन ११ मात्रै जोडे । अन्य व्याट्सम्यान सस्तैमा… पुरा पढौ

बुटवल युथ स्पोर्टस पाँचौ धौलागिरी टी—२० को अन्तिम क्र्वाटरफाईनल टोली

बाग्लुङ(खेलाडी न्युज)—बुटवल युथ स्पोर्टस क्लब पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको अन्तिम क्र्वाटरफाईनल पुग्ने टोलीको बनेको छ । बुटवल युथ स्पोर्टस क्लबले आयोजक धौलागिरी क्रिकेट क्लब एलाई ८८ रनले पराजित गर्दै क्र्वाटरफाईनल यात्रा तय गर्यो । बाग्लुङको बाङ्गेचौर खेलमैदानमा आज बिहीबार टस जित्दै व्याटिङ गरेको बुटवल युथ स्पोर्टसले सुभम यादवको ४९ रनको पारीमा २१८ रनको चुनौति आयोजक समक्ष तेस्र्यायो । सुभमले २३ बल खेल्दै दुई चौका र छ छक्का हिर्काउँदै बुटवलको पारी सम्हाले । सिकन्दर यादवले ४० रन बनाउने क्रममा १२… पुरा पढौ

बाग्लुङ क्रिकेट क्लब निलो क्र्वाटरफाईनलमा, पोखराको राईजिङ बी बाहिरियो

बाग्लुङ(खेलाडी न्युज)—पाँचौ धौलागिरी ट—२० क्रिकेट प्रतियोगिताको आज बाग्लुङ क्रिकेट क्लब एले ईष्लामिक एक्टिभ स्टेट पाल्पालाई २०९ ले पराजित गर्दै अन्तिम आठको ढोका खोल्यो । टस हारेर व्याटिङको निम्तो पाएको बाग्लुङले २० ओभरमा २८० रनको फराकिलो स्कोर तयार पार्यो । प्रतिक थापाले ४१ रनको महत्वपूर्ण योगदान दिदाँ प्रकाश पुनले ३८ रन बनाए । प्रविन ढकालले पनि ३५ रनको इनिङ्स खेल्दै महत्वपूर्ण योगदान दिदाँ तेजेन्द्रले पनि ३५ रन बनाई क्याचआउटको शिकार भए । सन्देश चौधरी र राजु थापाले क्रमश २४ र २२… पुरा पढौ

पोखराका दुई टोली धौलागिरी टी—२० क्रिकेटको क्र्वाटरफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—धौलागिरी क्रिकेट क्लब बी टोलीलाई सात विकेटले पराजित गर्दै पोखराको राईजिङ क्रिकेट एकेडेमी आज बाग्लुङमा आयोजित पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा प्रवेश गरेको छ । ३४ रनको झिनो लक्ष्य पाएको राईजिङले ५ ओभर २ बल खेल्दै पुरा गर्ने क्रममा तीन विकेट गुमायो । मनोज कोईरालाले १९ र अमृत गुरुङले ७ रन नटआउट खेल्दै जित दर्ता गर्दा बाँकी रन भने अतिरिक्त मार्फत उपहारको रुपमा आएको थियो । टस जितेर व्याटिङ गरेको धौलागिरी क्रिकेट क्लब बी टोलीले ३३ रनमै समेटिने क्रममा… पुरा पढौ

विद्यार्थी युनियन र मालिका धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको क्र्वाटरफाईनलमा

बाग्लुङ(खेलाडी न्युज)—बाग्लुङमा शुरु भएको पाँचौ धौलागिरी टी—२० क्रिकेट प्रतियोगिताको दोस्रो दिन बाग्लुङ नगरपालिका ५ मालिकाले बलेवा क्रिकेट क्बललाई ८ विकेटले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको छ । बलेवाले टस जितेर व्याटिङ गर्दै मनिष बोहोराको ३० रनको महत्वपूर्ण योगदानमा ७८ रनको योगफल तयार पारेको थियो । सुर्य खड्काले १६ रनको इनिङ्स खेले । तर अन्य व्याट्सम्यानले दोहोरो अंकको रन बनाउनबाट चुके । मालिकाका लागि अशोक र अकिलेस खड्काले तीन तीन विकेट लिएपछि बलेवा सस्तैमा समेटिएको थियो । ७९ रनको लक्ष्य… पुरा पढौ