प्रदेश

स्पोर्ट्स हव ओपन ब्याडमिन्टन अर्काे महिना

काठमाडौं-स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिता अर्काे महिना आयोजना हुने भएको छ ।आयोजकले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन ११ देखि १४ गतेसम्म कपन लाखेपोखरीस्थित आयोजकको आफ्नै कभर्डहलमा हुने जानकारी गराए । प्रतियोगितामा विभिन्न ७ विधा समावेश गरिएको छ । जसमा पुरुष डबल्स (शीर्ष २० बाहेक), भेट्रान्स ४५ वर्षमाथि, अवकाश प्राप्त (देशी तथा विदेशी ) आर्मी र पुलिस, महिला एकल (शीर्ष २० बाहेक), ब्वाइज यू–१७, सुपर भेट्रान्स ५५ वर्षमाथि र स्थानिय स्तरको हुनेछ… पुरा पढौ

विद्यालयमा हक्की प्रवद्र्धन गर्न स्टिक र बल हस्तान्तरण

पोखरा-नियमित प्रतियोगिता हुदैन् । मैदानको उपलब्धता पनि छैन् । तर पनि कास्कीमा हक्कीप्रतिको अभिरुची भने विस्तारै बढ्दै गएको छ । नेपालगन्जमा आयोजित आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ गण्डकी प्रदेशले रजत पदक जितेपछि हक्कीप्रतिको चासो केही बढेको हो । पछिल्लो समय कास्की हक्की संघ पुनर्गठन भएपछि हक्कीलाई विद्यालयसम्म पु¥याउने अभियान शुरु भएको छ । कास्की जिल्ला हक्की संघले पोखराका तीन र स्याङजामा एक विद्यालयमा हक्की स्टिक र बल वितरण गर्दै हक्की खेलको प्रवद्र्धनमा जुटेको छ । ‘नियमित प्रतियोगिता नहुदाँ हक्की… पुरा पढौ

तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप अर्को साता

काठमाडौं-नेपाल ईस्पोर्टस् संघको आयोजनमा तेश्रो नेपाल ईस्पोर्टस् च्याम्पियनसिप २०२२ आषाढ २३ देखि २५ गते सम्म आयोजना हुने भएको छ । पहिलो र दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न गरिसकेको संघले तेश्रो संस्करण आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी गराएको हो । छोटो समयमा नै विश्वका युवाहरु माझ लोकप्रिय खेल ईस्पोर्टस् नेपालमा पनि पछिल्लो समय युवाहरु माझ निकैनै रुचाईएको खेल पर्दछ । थापाथलीस्थित एपी १ को स्टुडियोमा आयोजना हुने च्याम्पियनसिपमा ५ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् । आयोजक संघका… पुरा पढौ

भट्टराईलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले अग्रज खेलाडी गणेशबहादुर भट्टराईलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्ने भएको छ । यहीं असार १८ गते शनिबार दिउँसो ३ बजे पोखरा सभागृह हलमा मञ्चले आयोजना गर्ने छैटौं पोखरा स्पोटर्स अवार्ड २०७८ को अवसरमा भट्टराईलाई उक्त अवार्ड प्रदान गरिने भएको हो । भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । पूर्व अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी भट्टराई सन् १९९० मा पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली… पुरा पढौ

टीबक्स, बंकर तयार, ग्रीन बनाउन बाँकी

पोखरा-हिमालपारीको जिल्ला मुस्ताङको उपल्लो क्षेत्र लोमान्थाङमा गल्फ कोर्ष बनाउन शुरु गरिएको छ । लोमान्थाङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य ईन्द्रधारा विष्टको अगुवाईमा लोमान्थाङमा ९ होलको कोर्ष बनाउन शुरु गरिएको हो । कोर्षको अब ग्रीन मात्रै बनाउन बाँकी छ । अरु सबैजसो बनाईसकिएको सदस्य विष्टले बताए । ‘९ होलको कोर्ष बनाएका छौं । बंकर र टी बक्स तयार भईसकेको छ ।’ विष्टले भने–‘अब ग्रीन तयार गर्ने छौं । ग्रीनको लागि नेपाल गल्फ संघका केन्द्रीय सदस्य एवं कास्की जिल्ला गल्फ संघका सल्लाहकार भूबहादुर(भुवन)… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टनको उपाधि दिलाशा र क्षितिजलाई

पोखरा-प्रथम गण्डकी प्रदेशस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि महिला तर्फ कास्कीकी दिलाशा राना र पुरुष तर्फ नवलपुरका क्षितिज खनालले जितेका छन् । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आयोजित प्रतियोगितामा महिला तर्फ दिलाशाले कास्कीकै अनु रानालाई सोझो सेटमा पराजित गर्दै उपाधि चुमिन् । उनले २१–१५,२१–११ को सेटमा पराजित गर्दै उपाधि उचालिन् । पुरुष तर्फको प्रतिस्पर्धामा भने नवलपुरका क्षितिज खनालले उपाधि उचाले । उनलाई कास्कीका विधान अधिकारीले तेस्रो सेटको प्रतिस्पर्धामा खेल त्यागिदिए । पहिलो सेट अधिकारीले आफनो पक्षमा… पुरा पढौ

छैटौं पोखरा स्पोर्टस अवार्डको मनोनयन सार्वजनिक

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले यही असार १८ गते आयोजना गर्ने छैटौं पोखरा स्पोर्टस अवार्डको लागि मनोनयन सार्वजनिक गरेको छ । मञ्च गण्डकीले सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुष, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षणक गरी चार विधाको मनोनयन सार्वजनिक गरेको हो । शनिबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको मनोनयनमा महिला तर्फ सर्वोत्कृष्ठ खेलाडीको सूचीमा अरुण शाही(भलिबल), मनिष उपाध्याय(क्रिकेट) र सरगम कुमाल(क्योकुशिन कराँते) परेका छन् । त्यसैगरी पुरुष सर्वोत्कृष्ठ वर्ष खेलाडीमा प्रदीप खड्का(टेनिस), विधान अधिकारी(व्याडमिन्टन) र बुद्ध लामा(कराँते) रहेका छन् । त्यस्तै उदीयमान… पुरा पढौ

गण्डकी प्रदेश भलिबल संघ गठन, अध्यक्षमा गुरुङ सर्वसम्मत

पोखरा-संघीय संरचनासँगै गण्डकी प्रदेश भलिबल संघ गठन गरिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा जिल्ला भलिबल संघ गठनपछि शुक्रबार प्रदेश भलिबल संघ गठन गरिएको हो । प्रदेशका ११ वटै जिल्लाका प्रतिनिधि सहभागिता भएपनि प्रदेश भलिबलको पदाधिकारमा स्याङजा जिल्लाको बर्चस्व रह्यो । नवगठित संघको नेतृत्व नविन गुरुङले जिम्मेवारी लिएका छन् । सर्वसम्मत अध्यक्ष बनेका गुरुङ स्याङजाका हुन् । उपाध्यक्षमा पर्वतका हरिबहादुर श्रेष्ठ, महासचिवमा स्याङजाका टहलसिंह थापामगर, कोषाध्यक्षमा स्याङजाकै जीवन भण्डारी र सचिवमास बाग्लुङका सोमबहादुर पोबी(यामु) रहेका छन् । कार्यकाल चारवर्षको… पुरा पढौ

पोखरा स्पोट्र्स अवार्डको लागि होटल पौवाको साथ

पोखरा -यही असार १८ गते पोखरामा हुने छैटौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७८ लाई सफल पार्न होटल पोवाले साथ दिने भएको छ । उक्त अवार्डको होटल पाट्नरको रुपमा पोखराको लेकसाईडमा रहेको होटल पौवाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च, गण्डकीले जनाएको छ । विहिबार एक समारोहका बिच होटलका प्रमुख परिचालन अधिकारी (सिओओ) कृष्ण गौतम र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको महासचिव राजाराम पौडेलले बताए । मंचले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित पर्यटन… पुरा पढौ

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

पोखरा- कास्की जिल्ला ब्याडमिन्टन संघले भोलि शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका नयाँ खेलाडीको पहिचान गर्ने, खेलाडीको क्षमता अभिवृद्धि गर्ने र पोखरालाई खेल पर्यटन सहरको रुपमा विकास गर्ने तथ लक्ष्य रहेको प्रतियोगिता संयोजक अमृत पोख्रेलले जानकारी दिए । प्रतियोगितामा पुरुष एकल, पुरुष डबल, महिला एकल र डबल गरी ४ विधामा स्पर्धा हुनेछ ।… पुरा पढौ