प्रदेश

खेलाडीलाई हाईअल्टिच्युडमा प्रशिक्षण गराउन युवा तथा खेलकुद मन्त्री गुरुङको योजना

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै मार्शल आर्ट्सबाट पदक जित्ने सम्भावित खेलाडीलाई मनाङ मा हाईअल्टिच्युड टे्रनिङको व्यवस्था गराउने प्रतिबद्धता गरेका छन् । उनले सोमबार गण्डकी प्रदेश खेलकुद परिषदको कार्यालय भवन उदघाटनपछि मार्शल आर्ट्सका खेलाडीहरुलाई मनाङ मा हाई अल्टिच्युड प्रशिक्षण गराउने प्रतिबद्धता गरेका हुन् । उनले कराँते, तेक्वान्दो र उसुका खेलाडीहरुलाई मनाङ मा प्रशिक्षण गराउने बताए । मार्शल आर्टस्का तीनै खेल विधाका पदाधिकारीसँग छलफल गर्दै पदक विजेता सम्भावित खेलाडीलाई मनाङ मा प्रशिक्षण… पुरा पढौ

खेलाडीको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र–सदस्य सचिव

पोखरा-आगामी भदौ अन्तिम साताभित्र राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश हुने खेलाडीहरुको नामावली दर्ता गर्न सबै खेलसंघलाई भईसक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदले आग्रह गरेको छ । भदौ २५ गतेभित्र दर्ता नभएका खेलाडीहरुले राष्ट्रिय खेलकुद प्रतियोगितामा पाउने सुविधाबाट बञ्चित हुने परिषदका सदस्य सचिव टंकलाल घिसिङले बताए । ‘सबै खेल संघले आफना खेलाडीहरुको अन्तिम नामावली दर्ता भदौ २५ गतेभित्र भईसक्नुपर्ने छ ।’ खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा सोमबार आयोजित पत्रकार सम्मेलनमा सदस्य सचिव घिसिङले भने–‘त्यसभन्दा पछि दर्ता हुने खेलाडीले परिषदबाट पाउने सुविधाबाट बञ्चित हुने… पुरा पढौ

साँझमा पोखरा रंगशाला पूर्वाधार अवलोकन,दिउँसो अन्यठाँउको पूर्वाधार हेर्दै

पोखरा-आसन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताले गण्डकी प्रदेश यतिबेला तयारीमा जुटेको छ । प्रदेश राजधानी पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सचिवालय समेत उदघाटन गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले आईतबार पोखरा रंगशालाभित्रको बहुउद्देश्यीय कभर्डहलमा बनाइएको सचिवालय समेत अवलोकन गरेका छन् । सचिवालय अवलोकन अघि शनिबार पोखरा रंगशालाको साँझमा अवलोकन गरेका थिए । शनिबार गोधुली साँझमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा रंगशालाभित्रको आवश्यक भौतिक पूर्वाधारको अवलोकन गरेर फर्किएका थिए । साँझमा पूर्वाधार हेरेर फकिएको यो भने पहिलो… पुरा पढौ

खेलकुद पूर्वाधार स्तरोन्नति गर्न ६ करोड ९२ लाख रुपैयाँ बजेट माग

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल व्यवस्थापन उपसमितिले कास्की, तनहुँ र स्याङजाका खेल पूर्वाधार अवलोकन गरेर आवश्यक सिफारिस गरेको छ । समितिले प्रतियोगितास्थल र अभ्यासस्थलको रुपमा जिल्लाका पूर्वाधार अवलोकन गरेर त्यसै अनुसार राष्ट्रिय खेलकुद परिषदमा सिफारिस गरेको हो । उपसमितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद बिकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिनाका अनुसार स्याङजाको वालिङ, पुतलीबजार,बाँयटारी लगायतका ठाँउहरु हेरिएको छ । तनहुँको शुक्लागण्डकीस्थित क्रिकेट मैदानको लागि उपयुक्त हुने भन्दै आवश्यक सिफारिस गरिएको उनले बताए । ‘शुक्लागण्डकी रंगशाला निर्माणको चरणमा… पुरा पढौ

प्रदेशको भूमिका खोज्दै लोकतान्त्रिक खेलकुद

पोखरा-पोखरामा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुदमा नेपाल लोकतान्त्रिक खेलकुद संघ, गण्डकीले प्रदेशको भूमिका खोज्न सुरु गरेको छ ।पोखरामा हुन लागेको प्रतियोगितामा प्रदेशका खेल संघ संस्था र पूर्व खेलाडीहरुलाई कुनै भूमिका नदिएको लोकतान्त्रिक खेलकुद संघ, गण्डकी प्रदेशले अयोजना गरेको अग्रज खेलाडी भेटघाट कार्यक्रममा उपस्थित पूर्व खेलाडीहरुले गुनासो गरेका छन् । दोस्रो संस्करणको राष्ट्रिय खेलकुद सम्पन्न भएको ३९ वर्षपछि गण्डकी, प्रदेशको राजधानी पोखरामा आयोजना हुने प्रतियोगितामा पूर्व खेलकर्मी र खेलसँग सम्बन्धीत संघसंस्थालाई कुनै भूमिका नदिएको उनीहरुको गुनासो छ । कार्यक्रममा नेपाल… पुरा पढौ

नेपालगन्ज म्याराथनको तयारी शुरु, खेलाडी दर्ता आह्वान

नेपालगन्ज- धारा नेपालगन्ज म्याराथनको आठौं संस्करण मंसिर ३ गते शनिबार हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिरको पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु गरिएको छ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको आठौं धारा नेपालगन्ज म्याराथनका लागि २०७९ असार १५ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । खेलाडी अनलाईन मार्फत दर्ता गर्न सकिने आयोजकले जनाएका छन् । गत… पुरा पढौ

सहारालाई २० औं संस्करणको गोल्डकपमा साढे तीनलाख घाटा

पोखरा-सहारा क्लबले आयोजना गर्दै आएको गोल्डकपकै इतिहासमा पहिलो पटक आहा रारा गोल्डकपबाट १२ लाख रुपैयाँ घाटा व्यहोरेको छ । २०७६ साल चैत ११ गतेदेखि शुरु भएको कोरोनाको महामारीसँगैको लकडाउनको प्रत्यक्ष असर पोखराको खेलकुद क्षेत्रमा परेको प्रष्टिएको छ । कोरोनाकै असरले भीडभाडरहित दर्शकविहीन अवस्थामा गोल्डकप टुग्याउने परिस्थितिले सहाराले २० औं सस्करणको आहारारा गोल्डकपमा १२ लाख ६२ हजार रुपैयाँ प्रत्यक्ष नोक्सानी भएको क्लबले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गरायो । क्लबले ठूलो नोक्सानी व्यहोरेपछि क्लबका विदेशी शाखाहरुबाट आर्थिक सहयोग जुटाइएको छ ।… पुरा पढौ

परिषद सुस्त हुदाँ एथलेटिक्स खेलाडी प्रशिक्षणबाट बन्चित

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेल मैदान व्यवस्थापन समितिलाई खेल मैदान खोज्नै चिन्ता छ । मैदान खोज्दै भौतारिनुपर्ने अवस्था छ । राष्ट्रिय खेलकुद परिषदले लगानी गरेको मैदान अवलोकन गर्दै कुन खेल कहाँ खेलाउँदा उपयुक्त हुन्छ भन्ने ध्येयसहित अवलोकनमा केन्द्रीत छ । तर पोखरा रंगशालाभित्रै बनेको पूर्वाधारमा भने खेलाडीले प्रशिक्षण गर्ने अवसर पाएका छैनन् । पोखरा रंगशालास्थित फुटबलमैदान सहित १ अर्ब २८ करोडमा निर्मित एथलेटिक्स ट्रयाक(सिन्थेटिक)मा ठेकेदार कम्पनीले जोकोही नछिरोस भन्दै तालाबन्दी गरेर राखेको छ । निर्मित पूर्वाधार राष्ट्रिय खेलकुद परिषदलाई… पुरा पढौ

सहारा एकेडेमी मैदान रग्बीको लागि निरिक्षण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप खेल व्यवस्थापन समितिले पोखरा भित्र निर्माणाधिन खेलकुद पूर्वाधारको अध्ययन शुरु गरेको छ । खेल व्यवस्थापन समितिले शनिबार पहिलो पूर्वाधारको रुपमा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी खेल मैदान अवलोकन गरेर फर्किएको छ । खेल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको टोली अवलोकन गरेर फर्किएको थियो । ३९ वर्षपछि पोखरामा आयोजना हुने नवौं… पुरा पढौ

पोखरामा भदौ तेस्रो साता विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता

पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए । विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन… पुरा पढौ