प्रदेश

प्रतिष्ठा जोगाउँदा स्थानीय धावकको सहभागिता शून्य

पोखरा-फागुन ७ नजिकिदैं छ । यो दिन धावकको लागि विशेष पनि छ । प्रजातन्त्र दिवस मनाईरहँदा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकहरु भने ‘अन्तराष्ट्रिय सफल पोखरा म्याराथन’ मा दौडिने छन् । त्यहि मितिमा म्याराथनसँगै महिला हाफ म्याराथन हुने छ । हाफ म्याराथनलाई भने पछि थप गरिएको इभेण्ट हो । नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने ‘सफल पोखरा अन्तराष्ट्रिय म्याराथन’ वार्षिक कार्यक्रम हो । १५ वर्ष निरन्तर आयोजना भईसकेको छ । आगामी फागुन ७ गते शनिबार १६ औं सस्करणको म्याराथनको संघारमा मञ्च छ… पुरा पढौ

पोखरामा अन्तराष्ट्रिय खेल खेलाउन पाईने

पोखरा-अब पोखरामा ह्याण्डबलको अन्तराष्ट्रिय प्रतिस्पर्धा गर्न सकिने छ । अन्तराष्ट्रिय ह्याण्डबल महासंघ(आईएचएफ)ले आउटडोर म्याट सहयोग दिएपछि पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा सम्भव भएको हो । आउटडोर म्याटमा अन्तराष्ट्रिय प्रतिस्पर्धालाई महासंघको स्वीकृति हुन्छ । महासंघको मान्यतासँगै पोखरामा अन्तराष्ट्रिय प्रतिस्पर्धा हुने एकमात्र कोर्ट बनेको हो । कास्की जिल्ला ह्याण्डबल संघले कोर्ट २०७० निर्माण गरेको हो । पोखरा रंगशालाभित्र संघले ७६ लाखको लागतमा ह्याण्डबल कोर्टसहित भौतिक पूर्वाधार तयार गरिएको संघका अध्यक्ष चित्र थापाले जानकारी दिए । ‘ह्याण्डबलको आउटडोर म्याट सहितको कोर्ट नेपालमै पहिलो हो ।’… पुरा पढौ

पोखरा अन्तराष्ट्रिय म्याराथनमा केन्याली धावकहरु दौडिने

पोखरा-कोभिडको वर्षेनी नयाँ भेरियन्टले आक्रान्त बनाईरहेको छ । अल्फा, विटा, डेल्टा हुदैं ओमिक्रोनको त्रास फैलिएको छ । त्रासकै बीचमा खेलकुद गतिविधिलाई पनि निरन्तरता दिदैं आएको छ । संक्रमण केही मत्थर हुदैं गएपछि खेलकुद गतिविधिलाई चलायमान बनाउन आयोजकहरुले तदारुकता देखाएका छन् । केही प्रतियोगितालाई थाँती नै राखियो । केहीलाई प्रतियोगितालाई भने प्रतिष्ठासँग जोड्दै आयोजना गरिएको छ । ओमिक्रोनको सन्त्रास शुरुभएसँगै पोखरा रंगशालामा टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता टुग्याईएको छ । त्यसपछि केहीदिन दर्शकविना नै सहारा क्लबले आहा रारा… पुरा पढौ

हिमश्री फुड्सको मुख्य प्रायोजनको बीसवर्षे यात्रा

पोखरा-आहा रारा गोल्डकपको नयाँ च्याम्पियन बन्दा बीसवर्षे सम्झौता फाईनलसँगै सकिएको छ । शसस्त्र प्रहरी बलले २० औं सस्करणको उपाधि उचाल्दै इतिहास कोर्यो । सहारा क्लबले पनि गोल्डकपको बीसवर्षे जवान यात्रालाई शनिबार विट मार्यो । हिमश्री फुड्सको दोस्रो पटक गरिएको सम्झौता समेत सकियो । पहिलो दश वर्ष आहा गोल्डकप गर्यो । त्यसपछिको दशवर्ष आहा रारा गोल्डकपको नाममा चल्यो । आहा रारा गोल्डकपको २० वर्षे यात्रा शनिबार टुंगियो । चरम राजनीतिक संकटबाट गोल्डकपको यात्रा शुरु गरेको सहाराले २० वर्षे यात्रामा धेरै आरोह… पुरा पढौ

गोल्डकप उचाल्ने एपीएफ र मनाङ मस्र्याङ्दी चाहना

पोखरा-दुई विभागीय क्लब आहा रारा गोल्डकपको उपाधि विमुख छन् । एउटा विभागीय क्लबले इतिहास कोरेको छ । पोखराको मैदानमा शसस्त्र प्रहरी बल र त्रिभुवन आर्मीले उपाधि उचाल्ने अवसर नै पाएका छैनन् । पुलिसले आहा रारा गोल्डकपमा सुनौलो इतिहास लेखिसकेको छ । इतिहास कोर्ने अभियानमा यतिबेला शसस्त्र प्रहरी बल(एपीएफ) छ । १४ वर्षपछि फाईनल पुगेको छ । १२ वर्षमा खोलोपनि फर्किन्छ भने झैं डेढ दशकको आरोह अवरोधपछि उपाधि उचाल्ने एउटै मात्र लक्ष्य एपीएफको छ । उपाधि उचाल्ने धुनमा रहेको एपीएफलाई रोक्दै… पुरा पढौ

क्यानको वार्षिक साधारण सभा धनगढीमा, सोमपाल ए ग्रेडमा

पोखरा-रुपन्देहीमा बसेको नेपाल क्रिकेट संघ(क्यान)को बोर्ड बैठकले वार्षिक साधारण सभा धनगढीमा गर्ने निर्णय गरेको छ । आगामी फागुन १२ र १३ गते धनगढीमा साधारण सभा गर्ने निर्णय गरेको हो । बैठकले वार्षिक साधारण सभासँगै खेलाडीको बर्गिकरण सार्वजनिक गरेको छ । रुपन्देहीमा बसेको क्यानको बोर्ड बैठकले महिला तथा पुरुष दुवैको सन २०२२ को नयाँ सम्झौता सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको सम्झौता अनुसार बर्गिकरणमा महिला तथा पुरुष तर्फ १८ खेलाडीलाई समावेश गरिएको छ । सार्वजनिक गरिएको नयाँ सम्झौता अनुसार सोमपाल कामीलाई… पुरा पढौ

आहा गोल्डकपमा आर्मी टाइब्रेकमा अभागी

पोखरा-त्रिभुवन आर्मी क्लब पोखराको मैदानमा फेरी एकपटक अभागी सिद्ध हुदाँ सर्वाधिक सफल मनाङमस्र्याङ्दी क्लव आहा रारा गोल्डकपको २० औं सस्करणको फाईनल पक्का गरेको छ । निर्धारित र थपिएको समयमा समेत गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा आर्मीको भाग्य खोसिदैं यात्रा टुग्याउँदा मनाङ मस्र्याङ्दी भने पोखराको मैदानमा इतिहास लक्ष्य अघि बढेको छ । पेनाल्टी सुटआउटमा आर्मीलाई ४–३ गोल पराजित गर्दै मनाङ उपाधि निकट पुगेको हो । उपाधिको लागि १४ वर्षपछि फाईनलको ढोका खोलेको एपीएफसँग प्रतिस्पर्धा गर्ने छ… पुरा पढौ

मनाङ मस्र्याङ्दी सेमिफाईनल उक्लिदाँ पुलिसको यात्रा रोकियो

पोखरा-नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङ्दी क्लब २०औं संस्करणको आहा रारा गोल्डकप सेमिफाईनल प्रवेश गरेको छ । आईतबार पोखरा रंगशाला फुटबल मैदान भएको प्रतिस्पर्धामा मनाङ मस्र्याङ्दी क्लबले पुलिसमाथि २–० गोलको जित निकाल्दै अन्तिम चारमा प्रवेश गरेको हो । पुलिस भने आहा यो संस्करणको दोस्रो खेलबाट बिदा लिन पुग्यो । दुवै टोली आहा राराको समान उपाधि च्याम्पियन हुन् । दुवैले ६–६ पटक उपाधि उचालेका छन् । दुईवर्ष अघि मनाङ मस्र्याङ्दीले नेपाल पुलिस क्लबलाई फाईनलमा पराजित गर्दै उपाधि उचाल्दै पुलिससँगको उपाधि… पुरा पढौ

गण्डकी प्रदेश सेमिफाईनल प्रवेश

पोखरा-चौथो सहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगितामो गण्डकी प्रदेश सेमिफाईनल प्रवेश गरेको छ । पहिलो खेलमा सुदुरपश्चिम प्रदेशसँग गोलरहित बरारबीमा टुंगिएको थियो । बिीरगन्जमा आयोजित प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २-० गोलले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको हो । गण्डकी प्रदेशको जितमा कमलदेवी पुनले गरिन् । उनले पेनाल्टी कर्नरलाई सदुपयोग गर्दै गोल गरिन् । उनको गोलसँगै अग्रता लिएको गण्डकीले दोस्रो गोल गर्दै जित पक्का बनायो । दोस्रो गोल कप्तान नानु गुरुङले गरेकी थिईन् ।… पुरा पढौ

मुस्ताङ ‘माउण्टेन स्पोर्ट्सको हब’

पोखरा-चारैतिर निकै अग्ला पहाड छन् । पहाडको दृष्य हेर्दा अनौठो संसारमा पुगे जस्तो भान हुन्छ । पहाड पनि रंगीन छन् । चारैतिर अग्ला पहाडलाई छिचोलेर कालीगण्डकी बगेको छ । त्यही कालिगण्डकी नदीमा कायाकिङ गराएर साहसिक खेलको गन्तव्य बनाउने योजना बुनिएको छ । गण्डकी प्रदेशका सदस्य ईन्दधारा विष्टले कालीगण्डकीमा कायाकिङ गराउँदै मुस्ताङलाई साहसिक पर्यटनको गन्तव्य बनाउने अभियानमा छन् । उपल्लो मुस्ताङको घिलिङ त्रिवेणीमुनिबाट चैलेको पुल(मुस्ताङ गेट)सम्म कायाकिङ गराउने योजना छ । ३ हजार मिटरको उचाईमा गरिने यो कायाक आफैंमा साहसिक हुने… पुरा पढौ