मुख्य समाचार

पारा ब्याडमिन्टनमा नेपालले प्रतिस्पर्धा गर्ने

काठमाडौं-दुवई पारा ब्याडमिन्टन संघको आयोजनमा मिति २०७७/१२/१४ गते देखि २३ गते सम्म दुवईको सहवाव अल अलि दुवई क्लबमा हुने तेश्रो फज्जा दुवई पारा ब्याडमिन्टन ईन्टरनेशनल २०२१ मा नेपालले प्रतिस्पर्धा गर्ने भएको छ । च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडी प्रकाश अधिकारीलाई नेपाल ब्याडमिन्टन संघले एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको छ । पारा ब्याडमिन्टनमा नेपालको यो पहिलो अन्तराष्ट्रिय सहभागिता हो । ब्याडमिन्टन संघको पहलमा नेपालमा पारा ब्याडमिन्टन प्रतियोगिताहरु आयोजना नभईरहेको अवस्थामा पारा खेलाडी प्रकाश अधिकारी नेपालमा आयोजना हुने विभिन्न सवल… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन

पोखरा-पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखरा लेकसिटी हस्पिटलले प्रायोजन गरेको छ । लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा सम्झौता भएस्रँगै लाईफ टाईम अचिभमेन्ट अवार्डको प्रायोजन गरेको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र… पुरा पढौ

पार्केटिङ गर्न ९० लाखको सम्झौता

पोखरा-पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा पार्केटिङ गर्न उपभोक्ता समितिलाई जिम्मा लगाइएको छ । पोखरामा गतवर्ष मंसिरको मध्यसाता आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अगावै पार्केटिङ गर्ने योजना भएपनि सम्भव भएको थिएन् । साग सकिएको झण्डै डेढवर्षपछि कभर्डहलको भुँईमा जेठ मसान्तभित्र पार्केटिङ गर्ने गरी उपभोक्ता समितिलाई जिम्मा लगाइएको हो । राष्ट्रिय खेलकुद परिषद र पोखरा बहुउद्देश्यीय कभर्ड हल इन्टरनल फिनिसिङ निर्माण उपभोक्ता समितिसँग बुधबार सम्झौता भएको हो । परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल पोखरा आएको समयमा उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र… पुरा पढौ

नेपाल किर्गिस्तानसँग गोलरहित बराबरी

पोखरा-त्रिदेशीय नेशन कप अन्तर्गत बिहीबार नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको छ । घरेलु मैदानमा छ वर्षपछि अन्तराष्ट्रिय प्रतिस्पर्धामा उत्रिएको नेपालले गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । यदपी नेपालले फाईनल प्रवेशको लागि आगामी शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । बंगलादेशसँग बराबरी नै नेपाल फाईनल प्रवेशको लागि पर्याप्त हुने छ । नेपाल बंगलादेशसँग १ भन्दा बढी गोल खाएको अवस्थामा किर्गिस्तान फाईनल प्रवेश गर्ने छ । दश खेलाडीमा समेटिएको किर्गिस्तानसँग नेपालले गोल गर्ने प्रयास अन्तिम समयसम्म सफल हुन सकेन् । दोस्रो हाफमा किर्गिस्तानका… पुरा पढौ

रुपनी राईडर्स र बोडे बर्साईन थन्डर्स विजयी

सप्तरी- सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत पाँचौ दिन बिहिबार सम्पन्न दुईवटा खेलमा कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स र सिद्धान्त लोहनी कप्तानीको बोदे बर्साईन थन्डर्सले जित दर्ता गरेका छन्। राज रंगशालामामा सम्पन्न पहिलो खेलमा रुपनी राईडर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई ६ विकेटले पराजित गर्यो। टिभीएस किंग्सले दिएको १६२ रनको लक्ष्य रुपनीले १६.२ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो। रुपनी राईडर्सको लागि कप्तान कुशल भुर्तेलले सर्वाधिक ५२ रन बनाए जुन क्रममा ३३ बलमा ६… पुरा पढौ

६ वर्ष पछि राष्ट्रिय टोली दशरथ रंगशालामा फर्किँदै

काठमाडौं, चैत १२ । त्रिदेशीय फुटबल प्रतियोगितामा नेपालले आज भ्रमणकारी टोली किर्गिस्तानको यु–२३ टोलीलाई आतित्थयता गर्दैछ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने खेलमा नेपाल जितको लक्ष्यका साथ मैदान उत्रिनेछ । खेल सांझ साढे पाँच बजे सुरु हुनेछ । ६ वर्ष पछि पछि राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्न लागेको हो । नेपालले पछिल्लो पटक २०१७ मा भारतसँग विश्वकप छनोट खेल अन्तर्गत दोस्रो लेग रंगशालामा खेलेको थियो । त्यसपछि नेपाली टोली विभिन्न कठिनाइ र पुनः निमार्णकको कामले गर्दा रंगशालामा खेल्न पाएको… पुरा पढौ

छात्रतर्फ क्वाटरफाइनल समीकरण

पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिता बुधबारदेखि पोखरामा शुरु भएको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा यहि चैत १४ गतेसम्म हुने प्रतियोगिताको बुधबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गरेका हुन् । प्रतियोगिताको पहिलो दिन छात्रतर्फका १२ खेल सम्पन्न भए । पहिलो दिनको खेलमा जित हात पार्दै मेश्रम वराह मावि घान्द्रुक, भद्रकाली मावि, शान्ता मावि, महेन्द्र मावि, कालिका मावि (बी), अमरसिंह मावि, जनप्रिय मावि र वराही… पुरा पढौ

वारियर्सको जितमा अनिलको शतक

सप्तरी-सप्तरीको राजविराजमा जारि राजविराज मेयर कप सप्तरी प्रिमियर लिग अन्तर्गत चौथो दिन सम्पन्न दुईवटा खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र दिपेन्द्र ऐरी कप्तानीको तिलाठी कोईलाडी जायन्टसले जित हात पारेका छन्। दिनको पहिलो खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्सलाई ८९ रनको विशाल अन्तरले पराजित गर्यो। राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिइएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा रुपनी राईडर्सले १७ ओभरमा सम्पूर्ण विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा… पुरा पढौ

अन्नपूर्ण दिवसमा अन्नपूर्ण म्याराथन

पोखरा-गतवर्ष कोरोनाले लकडाउन थियो । लकडाउनकै कारण दोस्रो संस्करणको अन्नपूर्ण म्याराथन आयोजना हुन सकेन् । अन्नपूर्ण दिवसको अवसरमा तेस्रो संस्करणको अन्नपूर्ण म्याराथन आयोजनाको तयारी गरिएको छ । अन्नपूर्ण म्याराथन २०७५ सालदेखि शुरु गरिएको थियो । गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन । कोरोनाले थलिएको पर्यटनलाई उर्जा थप्न म्याराथनले सहयोग पुग्ने विश्वास लिदैं अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित म्याराथनको तयारीमा जुटेको हो । अन्नपूर्ण पदमार्ग विश्वकै उत्कृष्ठ गन्तव्य हो । त्यसलाई लक्षित गर्दै म्याराथनको तयारी गरिएको… पुरा पढौ

त्रिदेशीय फुटबल

काठमाडौं- भोलिबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले मंगलबारबाट शुरुहुने प्रतियोगिताको प्रि–म्याच कन्फरेन्समा बोल्दै प्रतियोगितामा गोलकिपर किरणले कप्तानी गर्ने जनाएका हुन । प्रशिक्षक महर्जनजले तीन महिना देखी निरन्तर अभ्यास गरिरहेको भन्दै नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्ने बताए । महर्जनले नोभेम्बरमा बंगलादेशमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा सोचेअनुरुप प्रदर्शन गर्न नसकेपनि घरेलु मैदानमा भएकाले नेपाली समर्थकलाई निराश नबनाउने थपे । यस्तै प्रि–म्याच कन्फरेन्समा बोल्दै… पुरा पढौ