मुख्य समाचार

संकटा मकवानपुर गोल्डकपको क्वाटरफाईनलमा

हेटौंडा-नेपाल पुलिस क्लबलाई १—० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार ३१ औं मिनेटमा विदेशी खेलाडी एकियो कालेले गोल गरेका थिए । नेपाल पुलिस क्लबको खेल उत्कृष्ट रहे पनि गोल गर्नबाट चुकेपछि संकटा अन्तिम आठमा प्रवेश गर्यो । गोल गर्ने मौका पुलिसले थुप्रैपटक गुमाएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका नितिन थापा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपिया प्राप्त… पुरा पढौ

मिया सान मियालाई एट ए साईडको उपाधि

पोखरा-बगर भाइखलकद्वारा आयोजित एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौको मिया सान मिया एफसीले जितेको छ । शनिबार पोखराको पुरानो टुडिखेलमा आयोजित फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टी बर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान… पुरा पढौ

आहामा आठ टिम

पोखरा-चारदिन पछि धकेलिएको आहा रारा गोल्डकपमा घरेलु क्लबसहित आठ टोलीले प्रतिस्पर्धा गर्न छन् । सहारा क्लबले आगामी चैत २१ गतेदेखि आयोजना गर्ने १९ औं सस्करणको आहा रारा गोल्डकपमा घरेलु टोली सहारा क्लब पोखरासहित ८ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब सहभागितामा कम भएपछि आयोजक सहारा क्लबले चार दिन पछि सार्र्दै पोखरा रंगशालामा २१–२८ गतेसम्म सञ्चालन गर्ने छ । प्रतियोगितामा यस वर्ष डिफेण्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लवसहित गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र… पुरा पढौ

कास्की मोआथाई संघको अध्यक्षमा पहारी

पोखरा-कास्की जिल्ला मोआथाई संघको दोस्रो अधिवेशनले प्रदीप पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले दुई वर्षे कार्यकालको लागि पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा सन्जय कुँवर, सचिवमा सनम गुरुङ, कोषाध्यक्षमा जोन परियार रहेका छन् । सदस्यहरुमा सन्दीप बरुवाल, सागर गुरुङ, दिपका कंडेल रहेका छन् । दोस्रो अधिवेशनमा केन्द्रीय प्रतिनिधिको रुपमा नेपाल मोआथाई संघका उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक दिपकबहादुर गोदारको उपस्थितिमा नयाँ कार्यसमिति चयन गरिएको हो । उपाध्यक्ष गोदारले संघले खेल… पुरा पढौ

क्रिकेट–स्पोर्टस टुरिज्मको महत्वपूर्ण आधार–सिग्देल

खेलकुद र पर्यटन आर्थिक विकासको लागि परिपुरक हुन् । त्यसमा पनि अझ दर्शकयुक्त खेल पर्यटन प्रवद्र्धनको लागि कोेशेढुंगा नै हो । फुटबलसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने खेल क्रिकेट हो । क्रिकेटको विकास र विस्तार पर्यटन प्रवद्र्धनको आधार बन्नेमा दुईमत छैन् । घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश… पुरा पढौ

दिपेश र बिष्णु अन्तिम आठमा

काठमाडौं- एपिएफका दिपेश धामी र नेपाल पुलिसका बिष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दिपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाईनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो बरियता पाएका बिष्णुले आफ्ना प्रतिद्वन्दि सेनाका डेभिड थापामाथि २३-२५, २१-१९, २१-१७ को कठिन जित निकाले ।यसैगरि पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका… पुरा पढौ

प्रनिश र बिशालको जोडी क्वाटरफाईनलमा

झापा-झापाका प्रनिश सिंह ठकुरी र बिशाल बस्नेतको जोडी प्रथम खुल्ला साईनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा क्वाटरफाईनल प्रवेश गरेका छन् ।प्रतियोगिताको दोश्रो दिन एपिएफका भेट्रान खेलाडी द्वय ईन्द्र महता र अनिल कुमार लाखेको जोडीलाई १९-२१, २१-१६, २१-११ को सेटमा पराजित गर्दै प्रनिश र बिशालको जोडी क्वाटरमा स्थान बनाउन सफल भएका हुन् । साईनो स्पोर्टस् हलको आयोजना तथा तारेकेश्वर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको पुरुष युगल तर्फ क्वाटरफाईनल प्रवेश गर्ने अन्यमा स्पोर्टस् हवका गणेश ढुङ्गाना र अभिषेक गुरुङ्गको जोडी, चण्डोलका सनम… पुरा पढौ

जनकपुरलाई सुपर जनरल टी–२० क्रिकेटको उपाधी

पोखरा-के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लव टी–२० क्रिकेट लिगको उपाधीका जनकपुर क्रिकेट क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधीमा आफ्नों नाम लेखाएको हो । टस जितेर व्याटिङ्ग गरेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन । उसले मात्रै ७२ रनको योगफल तयार पार्ने क्रममा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेले । अन्य व्याट्सम्यानको प्रदर्शन भने उल्लेख्य रहेन । जनकपुरका बलरहरु… पुरा पढौ

कार्यदलको सुझावपछि टेण्डर प्रक्रिया

पोखरा-आर्थिक वर्ष सकिन केवल चारमहिना मात्रै बाँकी छ । चार महिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन् । प्रदेश सरकारले क्रिकेट मैदानको लागि १ अर्ब ६५ करोड(अनुमानित) विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाईसकेको पनि वर्षदिन भयो । क्रिकेट मैदानको निर्माण गर्न टेण्डर प्रक्रियामा गईसकेको छैन् । गण्डकी प्रदेश सरकारले पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान बनाउन जग्गा प्राप्ती गरिसकेको छ । ‘अझै टेण्डर प्रक्रियामा गएको छैन् । हामीले डिपिआर अनुसार प्रदेश… पुरा पढौ

डर्बी प्रतिस्पर्धामा शसस्त्र प्रहरीलाई उपाधि

नेपालगन्ज-पोखरामा आयोजित टाईगर कपमा हारको बदला लिदैं शसस्त्र प्रहरी बलले नेपालगन्जमा आयोजित सातौं प्रधानमन्त्री कप महिला भलिबलको उपाधि उचालेको छ । पोखरामा एक महिना अघि आयोजित टाईगर कपमा नेपाल पुलिस क्लबसँग हारसँगै उपाधिविहीन भएको शसस्त्र प्रहरीले भने नेपालगन्जमा नेपाल पुलिस क्लबलाई हराउँदै उपाधि चुम्यो । शसस्त्रले उपाधि चुम्न नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गरेको थियो । पोखरामा घाईते भएकी शसस्त्र प्रहरी बलकी स्पाईकर सरस्वती चौधरीको प्रेरणादायी खेलमा पुलिसलाई २५-२२, २५-२३ र २५-१९ ले पराजित गर्दै उपाधि आफनो पोल्टामा पार्यो… पुरा पढौ