मुख्य समाचार

दर्शकलाई २० प्रतिशत छुट दिने हस्पिटलको घोषणा

पोखरा-१९ औं संस्करणको आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सफल पार्न पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले सह उप प्रायोजकको रुपमा सहारा क्लबसँग सहकार्यमा जुटेको छ । क्लवसंग आइतबार सम्झौता गरेसंगै आहा रारा गोल्ड कपसँग जोडिएको हो । क्लवका अध्यक्ष केशव बहादुर थापा, पुर्व अध्यक्ष विक्रम थकालीले हस्पिटलका प्रबन्ध निर्देशक कपिल पोखरेल र म्यानेजर प्रदिप शर्मा बिच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । साथै हस्पिटलले दर्शकहरुलाई हस्पिटलको सेवामा २० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । क्वार्टरफाइनल… पुरा पढौ

त्रिवेणीको दोस्रो जित

नेपालगन्ज-गण्डकी प्रदेशबाट छनोट भएको लमजुङको त्रिवेणी युवा क्लबले जुम्लाको लेकाली युवा क्लबलाई एन्फा प्रेसिडेन्ट लिग फुटबलमा आइतबार २–१ ले पराजित गरेको छ । खेलको अन्तिम मिनेटमा सन्त बहादुर गुरुङले गोल गरेपछि त्रिवेणीले खेल जित्दै ३ अंक जोडेको हो । जारी लिगमा त्रिवेणीले दोस्रो खेल जित्दै ६ अंक बटुलेको छ । त्रिवेणीका बिमल रानाले १७औं मिनेटमा गोल गरेका थिए भने सन्त बहादुरले ९४औं मिनेटमा गोल गरेका थिए । जुम्लाको तर्फबाट भुपेन्द्र शाहीले १९औं मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए ।… पुरा पढौ

उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

सप्तरी- तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्यो। राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभर ब्याटिंग गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए। रुपनी राईडर्सको बलिंगमा… पुरा पढौ

जेठ पहिलो साता हेमजामा ‘शुभकामना गोल्डकप’

पोखरा-नयाँ वर्षमा शुभकामना कप हुदैं आएको थियो । दुई वर्ष फुटबल रोकियो । पहिलो वर्ष फुटबल मैदान मर्मत सम्भारले रोकियो । दोस्रो वर्ष कोभिड–१९ ले रोकियो । तेस्रो वर्षमा आईपुग्दा हेमजा युनाईटेडले ‘शुभकामना कप’ को तयारीमा छ । तर यो वर्ष शुभकामना कपको आकार ठूलो बनेको छ । शुभकामना कपबाट ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ । नेपाली फुटबलको क्यालेण्डरमा समेटिएपछि फुटबलमा हेमजा युनाईटेडले नयाँ आयाम थप्ने विश्वास फुटबलप्रेमीले… पुरा पढौ

स्टार सिटी र धादिङको सहज जित

नेपालगन्ज- कैलालीको स्टार सिटी युवा क्लब कैलाली र बागमति प्रदेशको धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शनिबार जित हासिल गरेका छन । शनिबार नेपालगन्ज रंगशालामा स्टार सिटीले घरेलु टोली धम्बोझीलाई ३–१ ले पराजित गरेको छ । यसैगरी अर्को खेलमा धादिङले प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हरायो ।जितसँगै लगातार तिन खेल जित्दै स्टार सिटी लिग अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । स्टारले लगातार तिन खेल्दै ९ अंक जोडन सफल भएको छ । दुइ खेल जितेर… पुरा पढौ

आर्मीलाई शहीद स्मृति गोल्डकपको उपाधि

हेटौंडा-त्रिभुवन आर्मी क्लबले शनिबार मोसफलको आफनो नाममा लेखाउने क्रममा शहीद स्मृति मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि उचालेको छ । शनिबारको फाइनलमा आयोजक डिफेन्डिङ च्याम्पियन रिगल हेटौंडा रिसोर्ट मकवानपुरलाई १–० गोलअन्तरले कठिन जित निकाल्दै आर्मीले उपाधि जितेको हो । प्रतिष्पर्धात्मक फाइनलमा आर्मीका कप्तान टेकबहादुर बुढाथोकीले ३९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । उपाधि जिताउन उत्कृष्ट खेल प्रदर्शन गर्दै गोल गरेका बुढाथोकी म्यान अफ दी म्याच घोषित भएर नगद १० हजार प्राप्त गरे । प्रतियोगिता उपाधि विजेताले आर्मीले १०… पुरा पढौ

लेकाली र सैनिकबिचको खेल बराबरी

नेपालगन्ज-एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ । बराबरीपछि दुबै टोलीले लिगमा पहिलो पटक १ अंक जोडदै खाता खोलेका छन । नेपालगन्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औं मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । लेकालीको तर्फबाट भुपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए । खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना म्यान अफ द म्याचबाट पुरस्कृत भए… पुरा पढौ

धम्बोझी र त्रिवेणीको जित

नेपालगन्ज-लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा बिहिबार जित हासिल गरेका छन । बिहिबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३–२ ले पराजित गरेको छ । बिहिबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे । उनले ९,३५ र ८८ औ मिनेटमा गोल गरे । जित सँगै धम्बोझीले लगातार दुइ खेल जितेर… पुरा पढौ

हेटौंडा र आर्मीको उपाधि भेट

हेटौंडा-पहिलो सहभागिता जनाएको विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडामा आयोजित शहीदस्मृति अन्तराष्ट्रिय गोल्डकपको फाईनल प्रवेश गरकेो छ । उपाधिको लागि आर्मीक्लबले शनिबार हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण प्रतियोगिताको फाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । आयोजक हेटौडा रिसोर्ट मकवानपुर साविक विजेता समेत हो । आर्मीका लागि आशीष शाक्यले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबका तर्फबाट दोस्रो हाफको… पुरा पढौ

पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेट लिग चैत दोस्रो साता

पोखरा-पोखरा विश्वविद्यालय क्रिकेट क्लबले यही चैत ९ गतेदेखि फ्रेन्चाईज लिग टी–२०क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । फ्रेन्चाईज लिगका आठ टोलीले खेलाडीहरुको अक्सन मार्फत खरीद गरेर टोली बनाईसकिएको छ । ९ गतेदेखि हुने पोखरा विश्वविद्यालय फ्रेन्चाईज क्रिकेटको चौथो संस्करणमा आठ टोली सहभागिता जनाउने छन् । गोर्खाली ब्लाष्टर्स, पोखरा विश्वविद्यालय रिनोस, स्टील्थ सिक्सर्स, मिथिलाञ्चल वारियर्स, फारवेष्ट टाईगर्स, पोखरा विश्वद्यिालय रेड वारियर्स, अन्नपूर्ण किंग्स ११ र गण्डकी स्ट्राइकर्सको सहभागिता रहेको छ । सबै टिमले खेलाडी खरीद गरिसकेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी… पुरा पढौ