मुख्य समाचार

एपीएफ सेमिफाईनलमा, सहारा बाहिरियो

पोखरा-तीन मिनेट सम्हालिन नसक्दा घरेलु मैदानमा सहारा क्लब सशस्त्र प्रहरी बलसँग आहा राराको उदघाटन खेलमा दोस्रो भेटमा फेरी एकपटक पराजित हुदैं बाहिरिएको छ । दु्रई वर्ष १७ औं सस्करणमा पनि उदघाटन खेलमै सशस्त्र प्रहरीसँगै पराजित सहाराले शनिबार घरेलु मैदानमा फेरी एकपटक सेमिफाईनल पुग्ने सपना अन्तिम मिनेटमा आईपुग्दा पुरा हुन सकेन् । सशस्त्र प्रहरी बल बागमती गोल्डकपको हारको पीडालाई पोखरा रंगशालामा शनिबार भुल्दै १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित टुंगियो ।… पुरा पढौ

गजेन्द्र र पुष्पा पहिलो

काठमाडौं -नेपाली सेनाका गजेन्द्र राई र एपीएफ क्लबकी पुष्पा भण्डारी प्रथम किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनमा शनिबार पहिलो भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशद्वारा आयोजित प्रतियोगिताको पुरुषमा गजेन्द्रले निर्धारित दूरी १ घण्टा ६ मिनेट ५१ सेकेन्डमा पूरा गरे । गजेन्द्रसहित शीर्ष पाँच स्थानमा सेनाकै खेलाडी रहे । १ घण्टा ७ मिनेट २० सेकेन्डमा खगेन्द्र भाट, १ घण्टा ९ मिनेट ३९ सेकेन्डमा रामजी बस्नेत, १ घण्टा १० मिनेट २९ सेकेन्डमा देवराज बस्नेत र १ घण्टा ११… पुरा पढौ

सहारा र एपीएफ फेरी एकपटक आमने सामने

पोखरा-१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । गत वर्ष लकडाउन अघि १८ औं सस्करणका टुग्याएको सहाराले फेरी कोरोना कहरकै बीचमा गोल्डकप टुग्याउने प्रयासमा छ । सहाराले उदघाटन खेल विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउने छ । घरेलु मैदानमा सहाराले गर्विलो छवि बनाउने प्रयासरत रहदाँ सशस्त्र प्रहरीले भने उदघाटन खेलमा सहारालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने ध्येयमा रहने छ । सहाराको नकाउट फुटबलमा सिजनको पहिलो प्रतिस्पर्धा हुने छ । सशस्त्रले हेटौडामा आयोजित बागमती… पुरा पढौ

न्यू डायमण्ड पराजित

काठमाडौं- ह्वाङ्गजी न्यू डायमण्ड क्लब पाँचौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप २०७७ मा सेनाको टिएसीसंग पराजित भएको छ । पहिलो दिन ढोरपाटन स्पोर्टस् क्लबलाई पराजित गरेको डायमण्ड दोश्रो दिन आफ्नै क्लबकी पूर्व खेलाडी कृपा अधिकारीको कप्तानीमा कोर्टमा उत्रेको विभागिय टोली नेपाली सेनाको टिएसी संग पराजित भएको हो । पहिलो सेटमा १७-२१ ले पछाडी परेको न्यू डायमण्ड खेलमा फर्कदै दोश्रो सेटमा २५ -२० ले जित हात पार्न सफल भयो । यस्तै तेश्रो सेटमा पुनः २३ -२५… पुरा पढौ

थ्रीस्टार सेमिफाइनलमा

हेटौंडा-मकवानपुरको बागमतीमा जारी बागमती गोल्डकपमा थ्रीस्टार क्लब ललितपुर सेमिफाइनल पुगेको छ । बिहीबारको खेलमा थ्रीस्टार एपीएफलाई २–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । जनता माविको खेलमैदानमा भएको खेलको पहिलो हाफ बराबरीमा रोकिएको थियो । थ्रीस्टारका ऋतिक खड्काले दिएको पासमा दीपेश घलेले ४० औं मिनेटमा गोल गरेका थिए । एपीएफका तर्फबाट क्याप्टेन रुपेश केसीको प्रहारलाई थ्रीस्टारका गोलरक्षक पूर्ण चेम्जोेङले बचाएका थिए । एपीएफले धेरै अवसर पाए पनि सदुपयोग भने गर्न सकेन । ४२ औं मिनेटमा पुनः दीपेशले गोल गर्दै… पुरा पढौ

पुलिस र एपिएफको बिजयी सुरुवात

काठमाडौं- नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय बाणिज्य बैंकको मुख्य प्रायोजनमा पाँचौ आरबिबि एनभिए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिप बिहिबारदेखि सुरु भएको छ । दशरथ रङ्गशालाको कभर्डहलमा भएको प्रतियोगिताको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष एवं प्रतिनिधी सभाका साँसद माननिय जीवन राम श्रेष्ठले एक कार्यक्रमका विच अन्तराष्ट्रिय रेफ्रि गौतम लासिवालाई भलिबल प्रदान गर्दै उद्घाटन गरे । उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले हिजोको दिनमा फुटबलले मात्र प्रायोजन पाउँदै आएकोमा आज आएर भलिबलले पनि प्रायोजन पाउन थालेको छ काम गरेमा… पुरा पढौ

सहाराको प्लेइङ स्क्वाडमा एकेडेमीको एकजना खेलाडी

पोखरा-तेस्रो व्याचको एकेडेमी ८ वर्ष पुग्यो । पहिलो र दोस्रो फेजआउट गरेपछि सहारा क्लबले तेस्रो व्याच शुरु गर्यो । २०७० सालमा तेस्रो व्याचमा २८ अनाथलाई राख्यो । अनाथ अहिले लर्के भईसकेका छन् । क्लबको योजना आहा रारा गोल्डकपमा आफनै उतार्ने हो । तर बिडम्बना १९ औं संस्करणमा भने एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्ने छन् । गत वर्षको सिजनमा पनि एकेडेमीलाई परिपक्क बनाउने योजनासहित बैकल्पिक खेलाडीमा राखेको थियो । १९ औं सस्करणको आहा रारा गोल्डकप… पुरा पढौ

पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पुरस्कारलाई प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ… पुरा पढौ

खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए । बैठकले तुलसीपुर… पुरा पढौ

नेपाललाई त्रिदेशीय नेसन्स कपको उपाधि

पोखरा-बंगलादेशलाई पराजित गर्दै नेपालले घरेलु मैदानमा त्रिदेशीय नेसन्स कपको उपाधि उचालेको छ । बंगलादेशलाई २-१ गोलले पराजित गर्दै सोमबार ३७ वर्षपछि घरेलु मैदानमा उपाधि उचाल्न सफल भएको हो । ३७ वर्ष अघि नेपाल साफ च्याम्पियनसिपमा घरेलु मैदानमा उपाधि चुमेको थियो । अखिल नेपाल फटुबल संघ(एन्फा)कोआयोजनामा सञ्चालित त्रिदेशीय नेसन्स कपमा गोलरहित बराबरी खेल्दै नेपाल फाईनल प्रवेश गरेको थियो । गोलको खडेरी तोड्न अफसल रहँदै आएको नेपालले बंगलादेशलाई सोमबार दशरथ रंगशालामा शुरुवाती अग्रतासँगै उपाधि आफनो नाममा लेखाएको थियो । त्रिदेशीय नेसन्स कपको… पुरा पढौ