मुख्य समाचार

क्रिष्टियानो रोनाल्डोलाई प्लेयर अफ दि सेन्चुरी अवार्ड

एजेन्सी-क्रिष्टियानो रोनाल्डोलाई प्लेयर अफ दि सेन्चुरी अवार्डबाट सम्मानित गरिएको छ । दुर्बइ स्पोर्टस काउन्सिलको आयोजनामा उनलाई गएराती दुबईमा आयोजित विशेष कार्यक्रममा अवार्ड वितरण गरिएको थियो । अवार्ड विशेष गरी सन २००१ देखि २०२० सम्म खेलाडीले प्रदर्शन गरेको अवस्थालाई हेरेर भोटिङ गरिएको थियो । भोटिङमा युभेन्ट्स एवं पोर्चुगल स्ट्राईकर रोनाल्डोले ३३ प्रतिशत मत प्राप्त गरेका थिए । दोस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाह रहे । उनले २५ प्रतिशत मत प्राप्त गरेको थिए । तेस्रो स्थानमा भने बार्सिलोनाका स्ट्राईकर लिओनेल मेस्सी थिए ।… पुरा पढौ

एपीएफ सेमिफाईनलमा

दाङ-दाङमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा समूह ए बाट सेमिफाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।आईतबार दिनको दोस्रो खेलमा एपीएफले प्रदेश २ लाई ८ विकेटले पराजित गरेसँगै एपीएफ र लुम्बिनी प्रदेश प्रतियोगिताको सेमिफाइनल पुगेका छन् । दुवै खेलमा पराजित भएका कर्णाली र प्रदेश २ प्रतियोगिताबाट बाहिरिएका छन् । आईतबार एपीएफले प्रदेश २ ले प्रस्तुत गरेको ७३ रनको विजयी चुनौतीलाई १३.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपिएफकी ओपनर ज्योती पान्डे ४० बलमा ४ चौका सहित सर्वाधिक ३०… पुरा पढौ

नव नियुक्त खेलकुदमन्त्रीले सम्हाले मन्त्रालय, विश्वकर्माको बिदाई

काठमाडौं-नव नियुक्त युवा तथा खेलकुद मन्त्री दावा लामाले मन्त्रालयको पदभार सम्हालेका छन् । गत साता मात्रै नवनियुक्त भएका लामाले आईतबार मन्त्रालयको पदभार सम्हालेका हुन् । उनलाई मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्वागत गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वकर्मालाई हटाएर लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका हुन् । जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई यसैबीच पदमुक्त भएका निर्वतमान युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मालाई परिषदले बिदाई गरेको छ । तीन वर्र्षे मन्त्री पदमा रहेको विश्वकर्मालाई आईतबार नै राष्ट्रिय खेलकुद परिषदका सदस्य… पुरा पढौ

चेल्सीमाथि आर्सनलको सहज जित

एजेन्सी । प्रिमियर लिग फुटबलमा चेल्सीमाथि आर्सनलले सहज जित निकालेको छ । शनिबार राति इमिरेट्स मैदानमा भएको खेलमा आर्सनलले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको हो । प्रिमियर लिगको पछिल्ला ७ खेलमा विजयी हुन नसकेको आर्सनलले चेल्सीलाई सहजै हराएको हो । पहिलो हाफमै २–० को अग्रता लिएको आर्सनलले दोस्रो हाफको सुरूवातैमै ३(० को अग्रता बनाएको थियो ।आर्सनलका अलेक्जेन्ड्रे लाकाजेटले पेनाल्टीमार्फत घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ग्रेनिट जाकाले फ्रि–किकमार्फत शानदार गोल गर्दै खेल नियन्त्रणमा राखेका थिए । बुकायो साकाले दोस्रो हाफको… पुरा पढौ

ओलम्पिक तयारीको लागि चौधरी र श्रेष्ठ बन्द प्रशिक्षणमा

पोखरा-जापानको टोकियोमा आयोजना हुने ओलम्पिकको तयारीको लागि भारोत्तोलनका दुई खेलाडी बन्द प्रशिक्षणको लागि पोखरा आईपुगेका छन् । प्रशिक्षक सन्जय महर्जनसँगै सन्जु चौधरी र कमला श्रेष्ठले शनिबार पोखरा आईपुगेका हुन् । उनीहरुले आईतबारदेखि पोखरा रंगशाला भारोत्तोलन संघ कास्कीमा प्रशिक्षण गर्ने छन् । पोखरा बन्द प्रशिक्षण आएका टोलीलाई शनिबार कास्की जिल्ला भारोत्तोलन संघले स्वागत गरेको छ । स्वागत गर्दै कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन बडगामीले खेलाडीहरु पोखराको बातावरणमा बन्द प्रशिक्षणमा कुनै समस्या आउन नदिने बताए । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति… पुरा पढौ

कर्णाली माथि एपीएफको सहज जित

दाङ- साविकको विजेता विभागीय टोली एपीएफले दाङको लमहीमा जारी प्रधानमन्त्रीकप राष्ट्रिय क्रिकेट प्रतियोगिताम ाविजयी सुरुवात गरेको छ । समूह ए मा रहेको एपीएफले प्रतियोगितामा विजयी सुरुवात गर्ने क्रममा शनिबार दिनको दोस्रो खेलमा कर्णालीलाई २ सय ४ रनले पराजित गरेको छ । खेलमा एपीएफले प्रस्तुत गरेको २ सय ३६ रनको विजयी लक्ष्य पछ्याएको कर्णाली १४.१ ओभरमाआफ्नो सबै विकेट गुमाएर ३१ रनमासिमितहुन् पुग्यो । कर्णालीका खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । त्यस क्रममा कप्तान लक्ष्मी रिमालले ६ रन र दीक्षा पुरीले अविजित… पुरा पढौ

पुष्पलाल स्मृती ब्याडमिन्टन अर्को साता

काठमाडौं- १० औं संस्करणको योनेक्स सनराईज पुष्पलाल स्मृती ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिता अर्को साता काठमाण्डौमा हुने भएको छ ।नेकपाको भातृसंगठन नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा हुने प्रतियोगिता पौष २२ गते देखि राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको कभर्डहलमा हुने भएको छ । प्रतियोगितामा पुरुष एकल (शीर्ष १६ स्थानका खेलाडीहरु) र महिला एकल (शीर्ष १२ स्थानका खेलाडीहरु), पुरुष एकल (शीर्ष १६ देखि बाहेक) र महिला एकल (शीर्ष १२ देखि बाहेक), पुरुष तथा महिला युगल, छात्र तथा छात्रा यु – १७… पुरा पढौ

प्रदेश महिला क्रिकेट टोलीलाई ट्रयाक सुट र ट्राभल व्याग

पोखरा-गण्डकी प्रदेश महिला क्रिकेट टिमलाई सुर्योदय कला केन्द्र पोखराले ट्रयाक सुट हस्तान्तरण गरेको छ । पोखरा रंगशाला शनिबार बिहान आयोजित कार्यक्रममा वाईनकिङ्गका प्रोपाईटर एवं कास्कीका पूर्व राष्ट्रिय खेलाडी विरेन पुनले ट्राभल व्याग हस्तान्तरण गरे । केही दिन अघि मात्रै पूर्व खेलाडी राजकुमार छन्त्यालले दुई वटा ब्याट तथा कास्की जिल्ला क्रिकेट कोषाध्यक्ष चन्द्रकुमार गुरुङले क्रिकेट प्याड्स प्रदान गरेका थिए । ट्रयाक सुट सहयोग गर्ने रवि श्रेष्ठलाई विशेष धन्यवाद ज्ञापन गरिएको थियो । कप्तान शिला रेग्मीले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्… पुरा पढौ

प्रधानमन्त्री कप महिला क्रिकेट भोलिदेखि

दाङ- दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भोलि शनिबारदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता शुरु हुदैं छ । त्यसको आवश्यक तयारी पुरा भईसकेको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ । प्रतियोगिताको पूर्व सन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा विकेट तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर… पुरा पढौ

शहिद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि

काठमाडाैं । शहीद स्मारक सी डिभिजन फुटबल लिग चैत १ गतेदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबार क्लबका पदाधिकारीलाई बोलाएर चैत १ गतेदेखि सी डिभिजनका खेल सुरु हुने जानकारी गराएको छ । गएको वर्ष रोकिएको लिग यो वर्ष सुरु गर्न आफूहरु पनि तयार रहेको क्लबका पदाधिकारीले बताएका छन् । तयारीको लागि एन्फाले हरेक क्लबलाई नौ लाख रुपैयाँका दरले रकम दिनेछ । फिफा र एएफसीले जारी गरेका मापदण्ड अपनाएर खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।… पुरा पढौ