मुख्य समाचार

प्रदेश १ को दोस्रो जितसँगै सेमिफाईनलमा

दाङ -दोस्रो जितसँगै प्रदेश १ सेमिफाईनल पक्का बनाएको छ । प्रदेश १ ले दाङको लमहीमा भईरहेको प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गर्ने क्रममा बुधबार सुदुर पश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदुर पश्चिमले प्रस्तुत गरेको ५४ रनको सामान्य लक्ष्यलाई प्रदेश १ ले १५.१ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो । प्रदेश १ ले संघर्षमय जित हासिल गर्ने क्रममा कप्तान रुविना क्षेत्रीले १२ रन र अप्सरी बेगमले ९ रन बनाइन् । भने निग्मा तामाङले… पुरा पढौ

आर्मीलाई एएफसी प्रमाणपत्र हस्तान्तरण

काठमाडौं-अखिल नेपाल फुटबल संघ (एन्फ)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई बुधबार एसियाली फुटबल महासंघ (एएफसी)ले प्रमाणपत्र हस्तान्तरण गरेका छन् । आर्मी मुख्यालयमा भएको एक कार्यक्रममा नेपाली फुटबलको सर्बोच्च निकाय एन्फाका अध्यक्षले हस्तान्तरण गरेका हुन् । विभिन्न मापदण्ड तोकिएकोमा पूरा गर्दै नेपालको शीर्ष डिभिजन लिग खेल्ने आर्मीलाई एक साता अगाडि एएफसी लाइसेन्स दिने निर्णय गरेको थियो । ए डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई… पुरा पढौ

संघर्षपूर्ण जित निकालेको म्याचेस्टर युनाइटेड दोस्रो स्थानमा उक्लियो

एजेन्सी । उल्भरह्याम्पटनमाथि १–० संघर्ष पूर्ण जित निकाले म्यानचेस्टर युनाइटेड प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा घरेलु टोल म्यानचेस्टर युनाइटेडले अतिरिक्त समयमा गोल गर्दै अंक जोड्न सफल भएको हो । पहिलो र दोस्रो हाफमा गोल नभएको खेलमा इन्जुरी समयमा मार्कुस रासफोर्डले एक गोल गर्दै टोलीलाई जित दिलाएका हुन् । जित निकालेको युनाइटेडले १५ खेलबाट ३० अंक बनाएको छ । शीर्ष स्थानमा रहेको साविकको च्याम्पियन लिभरपुलको ३२ अंक रहेको छ । लेस्टर सिटी २९ अंकसहित तेस्रो… पुरा पढौ

पर्यटन प्रवद्र्धन गर्न तनहुँको ऋषिङमा दौड

तनहुँ- पर्यटन क्षेत्रलाई चलायमान बनाउन जिल्लाको ऋषिङ गाउँपालिकाले पहिलो पटक ऋषिङ दैडाको आयोजना गरेको छ । पुस २७ गते गाउँपालिकामा रहेका पर्यटकीय गन्तव्यको प्रर्बद्धन गर्न दौडको आयोजना गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए । उनका अनुसार ऋषिङ इतिहास बोेकेको थलो हो । ‘सम्भावना बोकेका तर ओझेलमा परेको गन्तव्यलाई खेलकुदको माध्यमबाट प्रवद्र्धन गर्ने अभियान शुरु गरिएको हो ।’ उनको भनाई थियो । अध्यक्ष श्रेष्ठका अनुसार खुला, स्थानीय र महिला गरी तीन विधामा दौड हुनेछ । खुलातर्फ ४० किलोमिटर दूरीमा धावकहरु उपाधिको… पुरा पढौ

बागमतीमाथि प्रदेश १ को सहज जित

दाङ- कप्तान रुबिना क्षत्रीको अर्धशतीकय पारीमा प्रदेश नं २ ले बाग्मती प्रदेशलाई ४६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ रोजेको प्रदेश १ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रन बनाउने क्रममा कप्तान क्षत्रीले ५५ बलमा ५५ रन बनाउँदै कप्तानी पारी खेलिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत देउखुरी क्रिकेट मैदानमा टस जितेर क्रिजमा उत्रिएको प्रदेश १ का लागि अप्सरी बेगमले १६ रन बनाउदा निग्मा तामाङले ५ रन थपिन् । बलिङतर्फ बागमतीका लागि… पुरा पढौ

गण्डकी प्रदेश सुदुर पश्चिमसँग पराजित

दाङ -प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश सुदुर पश्चिम प्रदेशसँग ५९ ले पराजित भएको छ । दाङको लमहीस्थित क्रिकेट मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा १०८ रनको लक्ष्य पछ्याएको गण्डकी प्रदेश केवल ४८ रनमा समेटिदैं पराजित हुन पुग्यो । ब्याटिङतर्फ गण्डकी प्रदेशका लागि कुनै ब्याटरले दोहोरो अंक स्कोर बोर्डमा चढाउन सकेनन् । उसका लागि सृष्टि पौडेलले ८ रन र ज्योत्सनिका मरासिनीले अविजित रहदै ६ रन जोडिन । बलिङमा सुदुर पश्चिमकी सुनिता लोहारले २ विकेट हात पार्दा कविता कुवँर, रितु कनौजिया र… पुरा पढौ

महोत्सवको पूर्वसन्ध्यामा टेनिस, विकासलाई उपाधि

पोखरा-भोलिदेखि पोखराको सडक तीन दिन व्यस्त हुन्छ । विशेष गरी ताल किनारको सडक व्यस्त रहन्छ । सडकमै खाने, मनोरन्जन लिने । रेष्टुरेन्ट एण्ड बार एशोसियसन पोखराले सडक महोत्सवकै पूर्वसन्ध्यामा टेनिस प्रतियोगितालाई टुग्याएको छ । बिच भलिबलको तयारीमा जुटेको छ । सडक महोत्सवकै अवसरमा आयोजित टेनिस प्रतियोगिताको उपाधि विकास गुरुङले जितेका छन् । मंगलबार गुरुङ भिलेज टेनिस कोर्टमा भएको फाईनलमा कर्ण तामाङलाई ६–३, ६–४ को सोझो सेटले पराजित गर्दै नगद १० हजारको पुरस्कार जिते । कर्णले ५ हजार रुपैयाँ प्राप्त गरे… पुरा पढौ

आर्मीलाई अवसरसँगै चुनौति

काठमाडौं-नेपाली फुटबलमा विभागीय टोलीको प्रदर्शन उच्च छ । त्यसमा पनि अझ नेपाल आर्मीको फुटबल छवि गर्विलो छ । शीर्ष डिभिजन खेल्ने नेपालको विभागीय टोलीले एसियाली फुटबल महासंघ (एएफसी) बाट केही दिन अगाडि मात्र एएफसी लाइसेन्स प्राप्त गरेको छ । ए डिभिजन लिग खेलेका १४ टोली सबैले मान्यता लिन पत्रचार गरे पनि केही मापदण्ड पूरा हुन नसक्दा एएफसीले सबैलाई मान्यता दिएन । त्रिभुवन आर्मी क्लबले मान्यता पाँउदा एक मात्र क्लबले (आर्मी) एएफसीका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाउने छ । पाएको मान्यतालाई… पुरा पढौ

एपीएफ समूह विजेता

दाङ- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ समूह ‘ ए ’को विजेताको हैसियतले सेमिफाइनल पुगेको छ । समूहको अन्तिम तथा निर्णायक खेलमा लुम्बिनीलाई ६१ रनले पराजित गरेसँगै एपीएफ समूह विजेता बनेको हो । अब एपीएफले सेमिफाइनलमा समूह ‘बी’ को उप –विजेता सँग खेल्नेछ । लुम्बिनीले समूह ‘बी‘ को विजेतासँग पुस १८ गते खेल्नेछ । एपीएफले प्रस्तुत गरेको १ सय २३ रनको विजयी लक्ष्यलाई पछ्याएको लुम्बिनीले निर्धारित २० ओभर पूरै खेल्दै ६१ रनमा सिमित हुन् पुग्यो ।… पुरा पढौ

प्रदेश २ लाई सान्त्वना जित

दाङ- दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा प्रदेश २ ले कर्णालीलाई फराकिलो रनले पराजित गरेको छ । प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको प्रदेश २ ले सान्त्वना जित हासिल गर्ने क्रममा कर्णालीलाई १ सय ४३ रनले पराजित गरेको हो । सोमबार प्रदेश २ ले प्रस्तुत गरेको १ सय ६६ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको कर्णाली निर्धारित २० ओभर पूरै खेल्दै ९ विकेट गुमाएर २२ रन भन्दा बढी स्कोर बढाउन सकेन्… पुरा पढौ