मुख्य समाचार

नवलपुरसँग तनहुँ ३७ रनले पराजित

पोखरा-समीर कडेंलको अर्धशतकीय पारी खेलेपनि तनहुँ नवलपुरसँग ३७ रनले पराजित भएको छ । १६९ रनको लक्ष्य पछ्याएको तनहुँले कडेंलको महत्वपूर्ण अर्धशतकीय इनिङ खेलेपनि जितसम्म डोहोर्याउने भने सकेनन् । उनी क्रिजमा रहदाँ जितको सम्भावना देखाएको तनहुँ उनको विकेट पतनसँगै जितबाट निकै टाढा रह्यो । विज्ञान गौतमले १० ओभरमा १९ रन खर्चिएर तीन विकेट लिएपछि तनहुँ धरासायी बन्न पुग्यो । मध्यक्रमका व्याट्सम्यान सस्तैमा पभेलियनको बाटो समाए । राहुल शर्माले एकै ओभरमा महत्वपूर्ण विकेट लिएपछि तनहुँको पक्षमा रहेको खेल नवलपुरको हातमा ल्याएका थिए… पुरा पढौ

स्याङजाको दोस्रो हार, तनहुँको रोमाञ्चक जित

पोखरा-किरण सिरमलले (४–०–६–२) म्यान अफ दि म्याचको प्रदर्शन गरेपछि तनहुँले स्याङजामाथि ११ रनको रोमाञ्चक जित दर्ता गरेको छ । १४१ रनको चुनौति पछ्याएको स्याङजा १२९ रनमा समेटिन पुग्यो । ४७.४ ओभरसम्म तन्काएको स्याङजाले खेल जित्ने सम्भावना देखाएपनि अन्तिममा आएर तनहुँलाई ११ रनले खेल सुम्पिन पुग्यो । विष्णु पाण्डले ७२ बल खेल्दै विकेट जोगाउने धुनमा केवल २३ रन मात्रै जोडे । हिमेश ठकुरीले पनि ७४ बल खेल्दै १९ रनमा खेलेर विकेट गुमाउन पुग्यो । अशोक श्रेष्ठले १० बलमा १९ रनको महत्वपूर्ण… पुरा पढौ

कास्कीद्वारा स्याङजा सात विकेटले पराजित

पोखरा-कास्कीले स्याङजालाई ७ विकेटले पराजित गर्दै गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । शुक्रबार पोखरा रंगशालामा टस जितेर व्याटिङ गरेको स्याङजाले दिएको १२० रनको लक्ष्यलाई कास्कीले ३ विकेटको क्षतिमा २८.४ ओभर खेल्दै पुरा गर्यो । अभिषेक थापाले ४३ रन नटआउट खेलेपछि १२० रनको लक्ष्य पछ्याएको कास्कीले २८.४ ओभरमा पुरा गरेको थियो । जितसँगै कास्की शीर्षस्थानमा छ । दिपेश खत्री ८ रनमै आउट भएपछि कास्कीले दवाब महशुस गर्यो । खत्री अंकित न्यौपानेको बलमा समातिए । साहिल कार्की पनि… पुरा पढौ

खेलकुद विकासको लागि ग्रासरुटका कार्यक्रम–सदस्यसचिव

पोखरा-राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले पोखरा अब खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा विकास हुनुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको लागि प्रदेश छनोट प्रतियोगिताको शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा उदघाटन गर्दै सदस्य सचिव सिलवालले पोखरा क्रिकेटको केन्द्र बन्दे गएको उल्लेख गरे । ‘पोखरा खेलाडी उत्पादनको कारखाना बन्नुपर्छ’ उनले भने–‘सम्भावना बोकेको क्षेत्र क्रिकेट हो । अन्तराष्ट्रियस्तरको मैदान छ । त्यसलाई सदुपयोग गर्नुपर्छ ।’ नेपाली क्रिकेटले दुई दिन अघि मात्रै क्रिकेट प्रशिक्षक प्राप्त गरेको बताउँदै उनले अब नेपाली… पुरा पढौ

संघमा राम्रा र योग्य व्यक्ति आउनुपर्छ

पोखरा-कास्की जिल्ला बक्सिङ संघले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा पदक विजेता खेलाडी अफिसियल तथा केन्द्रीय संघका अध्यक्षलाई शुक्रबार पोखरामा सम्मान गरेको छ । बक्सिङ संघका केन्द्रीय अध्यक्ष राम अवाले, बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर, सहायक प्रशिक्षक सुरेश मल्ल, स्वर्णपदक विजेता खेलाडीहरु भुपेन्द्र थापा, सनिल शाही, मेनु गुरुङलाई सम्मान गरिएको हो । सम्मानपछि बोल्दै केन्द्रीय अध्यक्ष अवालेले खेलाडी उत्पादनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले प्रशिक्षक नभई खेलाडी उत्पादन नहुने भन्दै प्रशिक्षकको व्यवस्था गर्ने प्रतिबद्धता समेत जनाए… पुरा पढौ

खेलकुदमा लगानी बढाउनुपर्छ, राजनीति हुनु हुदैन-सिलवाल

पोखरा-पोखरामा जिल्ला संघहरुसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको बारे सुझाव संकलन गरिरहँदा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले समयाभावकले यो वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने अवस्था नभएको स्पष्ट पारेका छन् । बुधबार पोखरा रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य सचिवले फागुनमा आयोजना गर्ने तय भएको राष्ट्रिय खेलकुद प्रतियोगिता जिल्ला, प्रदेश छनोट र राष्ट्रिय प्रतियोगिताको तयारी गर्न समय अभाव हुने दोेहोर्याए । उनले अर्को वर्ष मात्रै राष्ट्रिय प्रतियोगिता गर्न सकिने जिकिर गरे । सदस्य सचिव सिलवालले खेलकुदले परिणाम… पुरा पढौ

प्रदेश खेलकुद परिषद गठनमा ढिलाई

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा गण्डकी प्रदेश खेलकुद परिषद गठन भने हुन सकेको छैन् । गण्डकी प्रदेश ‘खेलकुद विधेयक २०७७’ पास भईसकेको छ । विधेयक पास प्रदेश प्रमुखले समेत प्रमाणिकरण गरिसकेपनि परिषद गठनमा प्रदेश सरकारले चासो दिएको छैन् । विधेयक प्रमाणिकरण भएको झण्डै डेढ महिनामा समेत परिषद गठन हुन सकेको छैन् । प्रदेश सरकारले परिषद गठनको लागि तीन सदस्यीय छनोट समिति समेत बनाएको छैन् । ‘छनोट समिति बनाईसकिएको छैन्’– गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले भनिन–‘तत्कालै परिषद गठन… पुरा पढौ

रोनाल्डोले पेनाल्टी गुमाउँदा युभेन्टस जितबाट बन्चित

एजेन्सी-क्रिष्टियानो रोनाल्डोले पेनाल्टी खेर फालेपछि एटलान्टासँगको सम्भावित जितबाट युभेन्ट्स पछि हटेको छ । पेनाल्टी गोलले स्पष्ट जितसँगै तीन अंक जोडिने भएपछि रोनाल्डोको पेनाल्टी खेर गएपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत गएराती एटलान्टासँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ । रोनाल्डोले ६१ औं मिनेटमा पेनाल्टीको अवसर पाएका थिए । तर पेनाल्टी खेर गएपछि युभेन्टसले जितको हकदार बन्नबाट चुक्यो । पेनाल्टी अघि नै दुवैले एक एक गोलको बराबरीमा खेलिरहेका थिए । २९ औं मिनेटमा फेडरिक चेसियाले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका… पुरा पढौ

लिभरपुलसँग टोटनह्याम पराजित

एजेन्सी-टोटनह्यामलाई तीन अंकले पछि पार्दै लिभरपुल ईंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएरातीको प्रतिस्पर्धामा टोटनह्याम २-१ गोलले पराजित हुदैं लिभरपुलले तीन अंकको अग्रतालाई स्पष्ट पार्यो । मोहम्मद सलाहको गोलबाट अग्रता लिएको लिभरपुलले पहिलो हाफ भने बराबरीमा टुंग्याएको थियो । सलाहले २६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए । तर त्यो अग्रता केवल ६ मिनेट मात्रै कायम रह्यो । ३३ औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै टोटनह्यामलाई बराबरीमा ल्याए । खेल बराबरी तर्फ उन्मुख हुदाँ अन्तिम मिनेटमा रोर्बटो फिरमिनोले… पुरा पढौ

खेलकुदको गतिविधिसँगै नवौं राष्ट्रिय खेलकुदको चर्चा

पोखरा-कोरोनाले सबैक्षेत्र सन्त्रासमै छ । खेलकुद विस्तारै चलायमान हुदैं गएको छ । खेलकुद गतिविधि बढ्दै गएको छ । कोरोनाको सन्त्राससँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि राष्ट्रिय खेलकुद पषिदले पोखरामा विभिन्न जिल्ला संघका पदाधिकारीसँग छलफल गर्दै राय सुझाव पेश गर्न आग्रह गरेको छ । खेलकुद गतिविधि बढ्दै गएपछि प्रदेशका सबै जिल्लासँग प्रतियोगिताको बारेमा आवश्यक सुझाव माग्नुपर्ने राय छ । परिषदले पोखरामै रहेका विभिन्न खेलसँग मात्रै सुझाव मागेको छ । ‘जिल्लाहरुमा खेलकुदको अवस्था कस्तो छ । प्रशिक्षण गर्ने बातावरण छ कि छैन्… पुरा पढौ