मुख्य समाचार

शनिबार पोखरामा भेट्रान सुपर सिक्स क्रिकेट

पोखरा(खेलाडी न्युज)-माछापुच्छ्रे क्रिकेट क्लबको आयोजनामा यही माघ २५ गते शनिबार भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगिता आयोजना हुदैं छ । वाईन किङको मुख्य प्रायोजनमा हुने भेट्रान सुपर सिक्स क्रिकेट प्रतियोगितामा छ टोलीले प्रतिस्पर्धा गर्ने छन् । प्रकाश क्षत्रीको कप्तानीमा रहेको स्याङजा राईफल्स, योगेश सुवेदीको कप्तानी रहेन फेवा वारियर्स, प्रकाश श्रेष्ठको नेतृत्वमा रहने न्युरोड ब्लाष्टर्स, दिपेन्द्रप्रताप चन्दको कप्तानीमा सांग्रिला भेट्रान्स, विरेन पुनको कप्तानीमा रहेको वाईन किङ फाईटर्स, दिपेश खत्रीको कप्तानीमा रहने मिराकल ग्लाडियटर्सले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता लिगमा खेलाईने छ ।… पुरा पढौ

राष्ट्रिय स्की, साहस र गौरीलाई अल्पाईन उपाधि, क्रसकन्ट्री पहिलो पटक समावेश

पोखरा(खेलाडी न्युज)-तेस्रो राष्ट्रिय स्की प्रतियोगिता अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा पुरुष तर्फको उपाधि साहसराम श्रेष्ठले जितेका छन् । महिला तर्फको सोही इभेण्टको उपाधि भने गौरीमाया तामाङले जितेकी छन् । नेपाल स्की संघको आयोजना तथा स्थानीय मुस्ताङ पर्यटन व्यवसायीको व्यवस्थापन र सहकार्यमा हिमालीपारीको जिल्ला मुस्ताङको बारागुँ मुक्तिक्षेत्रमा सोमबार आयोजित प्रतियोगितामा सिनियर तर्फ अल्पाईन संयुक्त सलालोम प्रतिस्पर्धामा सुकदेव थापा दोस्रो र प्रगुन महर्जन तेस्रो स्थानमा रहे । महिला तर्फको प्रतिस्पर्धामा संगीता लामा दोस्रो र लक्ष्मी राई तेस्रो स्थानमा रहन सफल भईन् । जुनियर पुरुष… पुरा पढौ

पोखरामा ‘प्याराग्लाईडिङ वल्र्डकप–एशियन टुर २०२०’

पोखरा(खेलाडी न्युज)-पोखरामा आगामी फागुन ११ मा प्याराग्लाइडिङ वल्र्ड कप– एसियन टुर २०२० तथा १९ औं नेपाल ओपन प्याराग्लाईडिङ च्याम्पियनसिप हुदैै छ । नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङ संघ र नेपाल प्याराग्लाईडिङ पाईल्टस क्लबको सहयोगमा पोखरामा पहिलो पटक प्याराग्लाईडिङको वल्र्डकप गर्ने तयारी गरिएको हो । ‘स्पोर्टस टुरिज्म’ प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजित प्याराग्लाईडिङ वल्र्डकपले यस अघि पोखरामै दुई पटक प्रि– वल्र्डकप प्याराग्लाईडिङ च्याम्पियनसिप आयोजना भईसकेको छ । वल्र्डकपमा सहभागि हुने पाईलटले एफएआई(फेडेरेशन एरोनोटिक इन्टरनेशनल)बाट लाईसेन्स प्राप्त प्यारा पाईलटले मात्रै सहभागिता जनाउने पाउने प्रतियोगिताका… पुरा पढौ

फागुन ६ गतेदेखि सामुदायिक विद्यालयस्तरीय छात्र/छात्रा  भलिबल प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला भलिबल संघको आयोजना तथा सृजना विकास केन्द्र पोखराको मुख्य प्रायोजनमा आगामी फागुन ६ गतेदेखि सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा  भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगितामा ५० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । विद्यालयस्तरीय प्रतिस्पर्धामा १२ कक्षासम्म अध्ययनरत विद्यार्थी समेत सहभागि जनाउन पाउने छन् । विद्यालयस्तरीयदेखि नै भलिबलको विकास र विस्तार गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा उपविजेताहरुले ३०/३० हजार रुपैयाँ प्राप्त… पुरा पढौ

आहा रारा गोल्डकपको १८ औं सस्करण फागुन २२ देखि, १० टोलीले गर्नेछन् उपाधि प्रतिस्पर्धा

पोखराा(खेलाडी न्युज)-सहारा क्लबले १८ औं सस्करणको आहा रारा गोल्डकप प्रतियोगिता आगामी फागुन २२ गतेदेखि चैत १ गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । क्लबले फागुनको २२ गतेदेखि आयोजना गरिने मिति तय गरिएको गोल्डकपमा १० टोलीले उपाधि प्रतिस्पर्धा गर्ने छन् । नियमित रुपमा भने १२ टोलीले बाह्रैदिन प्रतिस्पर्धा गर्ने समय तालिका हुन्थ्यो । फुटबल प्रतियोगिता गत मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल आयोजना गरिएको मैदानमा सञ्चालन गर्ने आयोजक सहारा क्लबले जनाएको छ । महिला फुटबल प्रतियोगिता पोखरा… पुरा पढौ

सोमबार राष्ट्रिय स्की प्रतियोगिता

पोखरा(खेलाडी न्युज)-हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा तेस्रो संस्करणको राष्ट्रिय स्की प्रतियोगिता आगामी सोमबार हुदैं छ । प्रतियोगिताका मुक्तिनाथ मन्दिर परिसर नजिकै आयोजना गरिने छ । स्की प्रतियोगिताको लागि विभिन्न जिल्लाका स्की खेलाडीहरु मुक्तिनाथ मन्दिर परिसर बारागुँ क्षेत्र पुगिसकेका छन् । समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले तेस्रो पटक यो प्रतियोगिता आयोजना गर्ने तयारीसहित टोली मुक्तिनाथ पुगिसकेको छ । कास्की जिल्ला स्की संघका अध्यक्ष क्या. रामप्रसाद गुरुङका अनुसार हिउँको मात्रा केही पातलो भएकोले केही ठाँउमा… पुरा पढौ

एन्फा कास्कीको कार्यबहाक अध्यक्षमा थापा, आर्थिक गतिविधि छानविन गर्न केन्द्रलाई अनुरोध

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला फुटबल संघको कार्यबहाक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष जगतबहादुर थापलाई दिईएको छ । कास्की जिल्ला फुटबल संघको बिहीबार बसेको छलफलबाट अर्को व्यवस्था नहुन्जेलसम्म लागि थापालाई कार्यबहाकको जिम्मेवारी दिने निर्णय गरिएको हो । गत माघ ७ गते पोखरा महानगरपालिका २९ स्थित भण्डारढीक खेल मैदानमा आयोजित मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उदघाटन समारोहमा कास्की जिल्ला फुटबल संघ कास्कीका अध्यक्ष एवं प्रदेश लिग कमिटिका उपाध्यक्ष मिलन गुरुंगमाथि हातपात भएको थियो । गण्डकी प्रदेश सदस्य राजीव गुरुग उर्फ दिपक मनांगेले मनांगबाट आएको टोलीलाई… पुरा पढौ

पर्वतीय दौडको उपाधि आर्मीका कार्कीलाई

पोखरा(खेलाडी न्युज-पोखरामा आयोजित पर्वतीय दौडको उपाधि आर्मीका सुवास कार्कीले जितेका छन् । पोखरा–१ केआईसिंह पुलदेखि अर्मलाकोटसम्मका १२ किलोमिटर पर्वतीय दौड ओखलढुंगाका कार्कीले ५३ मिनेट ३३ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाए । मोरङका याङदेव राईले ५४ मिनेटको समयमा पुरा गर्दै दोस्रो स्थानमा रहे । रुकुमका दुर्गाराज बुढाले ५५ मिनेट ४५ सेकेण्डमा पुरा गर्दै तेस्रो स्थानमा रहे । पुरुष तर्फको दौडमा २८ जना धावक सहभागि थिए । महिला तर्फ भने ५ जना धाविकाहरु प्रतिस्पर्धामा थिए । महिला तर्फ ललिता भण्डारी… पुरा पढौ

पोखरा म्याराथन गुनासो रहित बनाउन सबैको प्रतिबद्धता

पोखरा(खेलाडी न्युज)-फागुनको पहिलो साता पोखरा म्याराथनको १४ औं सस्करण हुदैं छ । झण्डै डेढ दशक पार गर्न लागेको म्याराथनलाई भव्य र व्यवस्थित एवं गुनासोरहित बनाउने योजना आयोजक नेपाल भुतपुर्व खेलाडी मञ्चले बनाउने तयारी गरिरहेको छ । विभिन्न संघसंस्थासँग छलफल गर्दै सहयोगको लागि आग्रह गरिरहेको छ । सहभागि खेलाडीहरुले दौडको रुटमा सवारी साधनले अप्ठ्यारो बनाएको गुनासो गर्दै आएका थिए । ट्राफिक व्यवस्थापन राम्रोसँग नभएको खेलाडीको गुनासो १४ औं संस्करणमा आउन नदिने योजनासहित छलफलमा जुटिरहेको छ । ‘विगतमा म्याराथन दौडिने रुटमा यातायात… पुरा पढौ

मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी क्लबलाई

पोखरा(खेलाडी न्युज)-पहिलो पटक आयोजित गण्डकी प्रदेश मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उपाधि लमजुङको त्रिवेणी क्लबले जितेको छ । आदर्श युवा क्लबलाई उसैको मैदानमा २–० गोलले गर्दै मुख्यमन्त्री लिगको उपाधि लमजुङ पुर्याएको हो । प्रदेश लिग कमिटिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको व्यवस्थापनमा पोखरा–२९ भण्डारढिक खेलमैदानमा आदर्शलाई घरेलु मैदानमै पराजित गर्न त्रिवेणीले पहिलो र दोस्रो हाफमा दुई गोल गर्यो । घरेलु दशर्कलाई शान्त बनाउँदै उपाधि उचाल्न अस्मिन गुरुङ र नवराज गुरुङको गोल पर्याप्त बन्यो । दर्शकको अपेक्षा गरेभन्दा कमजोर प्रदर्शन… पुरा पढौ