मुख्य समाचार

पोखराका गोपी र धरम जोडी ४५ माथिको डबल्स च्याम्पियन

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा जारी १७ औं संस्करणको प्रतियोगिता अन्र्तगत मेन्स डबल्समा संरक्षक भुषण बज्राचार्य र नविन मगरको जोडीले बाजी मा¥यो । प्रदिप खड्का र प्रणव खनालको जोडीमाथि ६–३, ६–३ को सहज नतिजा निकाल्दै संरक्षक जोडीले उपाधी रक्षा गरेको हो । प्रतियोगिताको भेट्रान्सतर्फ ३५ वर्ष माथि डबव्स उपाधी राजु श्रेष्ठ (काठमाण्डौ) र कमल भण्डारीको जोडीले जितेको छ । सिमान्त गुरुङ्ग र राजु श्रेष्ठ (गोरखा) जोडीलाई ६–१, ४–६ र सुपरटाईमा १०–६ को कठिन जित… पुरा पढौ

कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौडको उपाधि नेपालकी रसिलालाई

पोखरा(खेलाडी न्युज)-चीनको कुन्मिन सहरमा आयोजना भएको ‘कुन्मिन माउण्टेनियरिङ एण्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड’अन्तर्गत महिला व्यक्तिगतर्फको उपाधि नेपालले जितेको छ । दौडमा सहभागिता जनाएकी नेपालकी रसिला तामाङले स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितामा सहभागि नेपाली टोलीका व्यवस्थापक यामबहादुर गुरुङका अनुसार रसिलाले दौड ८ घण्टा ६ मिनेट १९ सेकेण्डमा पूरा गरिन् । चिसो मौषममा ५० किलोमिटरको दौडको क्रममा ४ हजार २ सय ४७ मिटर अग्लो पहाड पार गरेकी उनले स्वर्ण पदकसँगै ४ हजार ५ सय चिनियाँ आरएमबी अर्थात् करिब ७२ हजार नेपाली… पुरा पढौ

माछापुच्छ्रे बैंक ओपन टेनिस- संरक्षक र प्रवण बीच उपाधि प्रतिस्पर्धा

पोखरा(खेलाडी न्युज)- महिला तर्फको ओपन प्रतिस्पर्धाको उपाधि भने प्रेमा कोइरालाले जितिन् । प्रेमाले सलोनी तामाङलाई ७–५, ६–१ को सेटले पन्छाउँदै उपाधि आफनो नाममा लेखाईन् । वुमन्स सिंगलमा विजेतले नगद ५० हजार, उपविजेताले नगद २५ हजार तथा सेमिफाइनलिष्टले नगद १०÷१० हजार सहित ट्रफी पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । शीर्ष बरियताका प्रदीप खड्का दोस्रो सेटमा कमब्याक भएपनि तेस्रो सेटमा आईपुग्दा सहज पराजित हुदैं माछापुच्छ्रे बैंक १७ औं ओपन टेनिसको उपाधि होडबाट बाहिरिएका छन् । आईतबार पोखरा रंगशालास्थित टेनिस कोर्टमा संरक्षक भुषण… पुरा पढौ

करण, ज्ञानेन्द्र र रोहनलाई टिभिएस मोटरसाईकल

पोखरा(खेलाडी न्युज)-नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा करण केसी उत्कृष्ट बलर घोषित भएका छन् । उनले १३ विकेट लिएका थिए । उत्कृष्ट व्याट्सम्यान काठमाडौं गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र म्यान अफ दि सिरिजबाट चितवन राईनोजका रोहन मुस्तफा घोषित भए । उनीहरु सबैले टिभिएस मोटरसाईकल पुरस्कार पाए । मोष्ट भ्यालुएबल प्लेयर विराटनगर टाईटन्सका लोकेश बाम घोषित भए । उनले नगद १ लाख रुपैयाा पाए । इमर्जिङ प्लेयरबाट एक्सपर्ट धनगढी ब्लुजका अनिल खरेल घोषित हुदैं नगद ५० हजार थापे । क्विन्स इभेण्ट म्यानेजमेन्ट… पुरा पढौ

चितवन राईनोजलाई दोस्रो सस्करणको पिपिएलको उपाधि

पोखरा(खेलाडी न्युज)-अपराजित यात्रालाई निरन्तरता दिदैं चितवन राईनोजले दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिगको उपाधि उचालेको छ । शनिबार पोखरा रंगशाला क्रिकेट मैदानमा विराटनगरलाई ३२ रनले पराजित गर्दै चितवन राईनोजले उपाधि उचाल्यो । गत वर्ष पहिलो संस्करणमा चितवन पोखरा पल्टनसँग पराजित हुदैं उपाधि विमुख थियो । चितवन राईनोजले जितको लागि दिएको २०३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका नोमन खान र मोहम्द जैद आलमले सर्वाधिक ५३ रनको साझेदारी गरे पनि जित निकाल्न सकेनन् । खेलमा ओपनर जैद खानले सतकीय इनिङ्स खेले पनि… पुरा पढौ

शनिबार पिपिएल उपाधि भिडन्त, चितवन र विराटनगर बीच प्रतिस्पर्धा

पोखरा(खेलाडी न्युज)-शनिबार पोखरा रंगशालामा नमस्ते पोखरा प्रिमियर लिगको दोस्रो सस्करणको फाईनल विजेताको टुंगो लाग्ने छ । उपाधि हस्तान्तरणसँगै पोखरा प्रिमियर लिग वर्षदिनको लागि विट मार्ने छ । विराटनगर टाईटान्सले चितवन राईनोज विरुद्ध पोखरा रंगशाला क्रिकेट मैदानमा उपाधि प्रतिस्पर्धा गर्ने छन् । चितवनले लिगचरणका खेल जित्दै फाईनल सुरक्षित बनाउँदा विराटनगर भने संघर्षपूर्ण जित निकाल्दै फाईनलसम्म पुगेको हो । फाईनलमा विराटनगर भने लिग चरणमा भोगेको हारलाई बदला लिने लक्ष्यका साथ मैदान उत्रिनेछ । उपाधि हुन पूर्व भएको पत्रकार सम्मेलनमा दुबै टोलीका कप्तानले… पुरा पढौ

शीर्ष वरियताका प्रदिप सेमिफाइनलमा

पोखरा(खेलाडी न्युज)-नेपालका शीर्ष वरियताप्राप्त प्रदिप खड्का कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७ औं माछापुच्छ्रे बैक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिता अन्तर्गत शुक्रबार मेन्स सिंगलतर्फ भएको क्वाटरफाइनल खेलमा खड्काले निरज गुरुङ्गमाथि ६–१, ६–४ को सहज नतिजा निकाल्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । त्यसैगरी संरक्षण भुषण बज्राचार्यले राजेन्द्र महर्जनलाई ६–१, ६–० ले, प्रणव खनालले अनिल शाहिलाई ६–१, ६–१ ले तथा नविन मगरले गोविन्द नेपालीलाई प्रतिस्प्रधात्मक खेलमा ५–७,… पुरा पढौ

विराटनगर फाईनलमा, चितवनसँग उपाधि प्रतिस्पर्धा

पोखरा(खेलाडी न्युज)-बुटवल ब्लाष्टर्सलाई व्याक टु ब्याक पराजित गर्र्दै विराटनगर टाईटान्स नमस्ते पोखरा प्रिमियर लिग(पिपिएल)को दोस्रो संस्करणको फाईनल प्रवेश गरेको छ । लिगचरणका खेलमा कमजोर देखिएको विराटनगरले प्ले अफमा पुग्न बुटवललाई नै पराजित गरेको थियो । नेट रनरेटमा काठमाडौंलाई पछि पार्दै माथि उक्लिएको विराटनगरले बुटवलमाथि जित निकाल्दै फाईनल प्रवेश गर्यो । लिग चरणमा विराटनगर कमजोर देखिएको थियो । लिगचरणको अन्तिम खेल अघि केवल २ अंकमा रहेको विराटनगरले बुटवलाई पराजित दोस्रो जित निकाल्यो । प्ले अफमा सम्भावना बनायो । बुटवल ब्लाष्टर्सलाई पोखरा… पुरा पढौ

विराटनगर प्ले अफमा, बुटवलसँगै खेल्ने

पोखरा(खेलाडी न्युज)-नमस्ते पोखरा प्रिमियर लिगमा विराटनगरले प्ले अफ सम्भब बनाउँदा भाग्यकै भरमा रहेको काठमाडौंले दोस्रो सस्करणको पिपिएलबाट विट मारेको छ । विराटनले कम ओभरमै जित निकालेपछि काठमाडौंको पोखरा बसाई छोटिएको हो । टस हारेर व्याटिङ गरेको बुटवलले ८ विकेटको क्षतिमा १३३ रन बनायो । विराटनगरलाई १२.२ ओभरभित्रै लक्ष्य पुरा गर्नुपर्ने थियो । ११.४ ओभरमै लक्ष्य पुरा गर्यो । विराटनगरले पोखराको मैदानमा प्ले अफको लागि खुशी मनायो । पुनित मेहेरा र नोमन खानले महत्वपूर्ण साझेदारी निभाए । विराटनगरले पहिलो विकेटको लागि… पुरा पढौ

पिपिएलमा चितवनको अपराजित यात्रासँगै फाईनलमा

पोखरा(खेलाडी न्युज)-नमस्ते पोखरा प्रिमियर लिग फ्रेन्चाईज टी–२० क्रिकेट प्रतियोगितामा चितवन राईनोजले अपराजित यात्रालाई कायम राख्ने क्रममा मंगलबार काठमाडौं गोल्डेन्स वारियर्सलाई ६० रनले पराजित गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा प्ले अफको ढोका खोल्ने सम्भावना काठमाडौंको लागि हारसँगै कमजोर बनेको छ । फराकिलो रनको हारले तनाबमा रहेको काठमाडौं प्ले अफमा पुग्न बुटबलले विराटनगरलाई पराजित गरे पुग्छ । अन्यथा विराटनगरको जितले काठमाडौंको पोखरा यात्रा विट मार्ने छ । विराटनगरले बुटबललाई ४० रन भन्दा बढीले जितेको अवस्थामा काठमाडौं बाहिरिने छ… पुरा पढौ