मुख्य समाचार

ह्याण्डबल टोली भारतमा प्रशिक्षणमा व्यस्त

पोखरा(खलाडी न्युज)-१० दिन पछि शुरु हुने १३ औं दक्षिण एशियाली खेलुकद प्रतियोगिता(साग)मा प्रशिक्षणमा व्यस्त छन् ह्याण्डबल टोली । भारतमा प्रशिक्षणरत रहेको टोली केही दिनपछि पोखरा फर्किने छ । पोखरा रंगशालामा आयोजना हुने ह्याण्डबलको लागि अवाश्यक तयारी अन्तिम चरणमा छ । लामो समय पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा म्याटविहीन अवस्थामा प्रशिक्षण गरेको टोलीले अहिले भारतमा कडा प्रशिक्षणमा जुटिरहेको छ । तस्बिर सौजन्य विशाल बस्नेत पुरा पढौ

गल्फ संघको प्रथम अधिवेशन, अध्यक्षमा मे.लक्षिमी गुरुङ

पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला गल्फ संघ गठन भएको छ । तदर्थ समिति रहेको संघको प्रथम अधिवेशनले मे.लक्षिमीप्रसाद गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । नवगठित कार्यसमितिको प्रथम उपाध्यक्षमा ज्ञानकाजी गुरुङ, द्धितीय उपाध्यक्षमा ई.जीवराम गुरुङ, सचिवमा गोविन्द गौचन, सहसचिवमा बसन्त गौचन रहेका छन् । यसेगरी कोषाध्यक्षमा ई.धर्मराज गुरुङ,सह कोषाध्यक्षमा बलराम थापा छन् । सदस्यहरुमा ले.अर्जन गुरुङ, बुद्धिमान गुरुङ, राजु थकाली र नारायण पहारी रहेका छन् । सल्लाहकारमा मे.रामबहादुर गुरुङ, हरिध्वज तुलाचन, प्रो. गल्फर भुवन गुरुङ, सुन्दर गुरुङ छन् । अधिवेशनको उदघाटन… पुरा पढौ

निर्माणाधिन पोखरा रंगशाला फुटबल मैदान, आईपुग्यो प्यारापिटका सामान

पोखरा(खेलाडी न्युज)-सागको लागि १३ दिन बाँकी रहदाँ पोखरा फुटबल मैदानको ग्राण्डस्ट्याण्ड(प्यारापिट) का सामान पोखरा रंगशाला आईपुगेको छ । पहिलो चरणमा ७ कन्टेनर सामान आईपुगेको छ । सोमबार थप ८ कन्टेनर सामान रंगशाला आईपुग्ने छ । आएको ग्राण्ड स्ट्याण्ड झण्डै ५ हजार ४ सय सिट क्षमताको जडान गरिने छ । नोभेम्बर पहिलो साता आईपुग्ने जनाएपछि सामान एकसाता ढिलो गरी आईपुगेको हो । आईपुगेको सामानलाई आईतबारदेखि नै जडान शुरु गरिदैं छ । ‘पहिलो चरण आईतबार ७ कन्टेनर ग्राण्डस्ट्याण्डसहित सिटको सामान आईपुग्यो ।… पुरा पढौ

पुनर्निर्माणमा पोखरा रंगशाला,भूकम्पपछि डेढ अर्ब लगानी

पोखरा(खेलाडी न्युज)-पोखरा रंगशालाको मुलगेटबाट पसेपछि धुलोले स्वागत गर्छ । यसको अर्थ हो रंगशालाका पुर्वाधारको पुनर्निर्माण । सडक देखि पार्किङ हुदैं बगैंचासम्मको कामले धुलाम्य छ । धुलोको पर्वाह भने खासै छैन् । कामको रफ्तार चलिरहेको छ, त्यसैलेपनि धुलोलाई खासै हेक्का राखिदैन् । ४१५ रोपनी क्षेत्रफलको पोखरा रंगशालाभित्र यतिबेला अधिकांश खेलका पुर्वाधार बन्दै छन् । अहिले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग)को तयारी भईरहेको छ । यद्यपी पूर्वाधारको पुनर्निर्माण भने भूकम्प पछि नै शुरु गरिएको थियो । केही नयाँ संरचना निर्माण गरिएको… पुरा पढौ

शरदको ठोस इनिंग्समा नेपालको सहज जित

पोखरा(खेलाडी न्युज)- नेपालले एसीसी इमर्जिङ टिम्स कपमा पहिलो जित निकाल्दै सेमीफाईनल सम्भावनालाई जिवितै राखेको छ । शनिबार नेपालले समूह चरणको दोस्रो खेलमा हङकङलाई ४० रनले पराजित गरेको हो । नेपालले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा हङकङ ४६ औं ओभरमा १ सय ७७ रनमा समेटिएपछि जितको नतिजा निस्किएको हो । बंगलादेशको बीकेएसपीस्थित मैदानमा तीव्र गतिका बलरद्वय करण केसी र अभिनाष बोहोराको प्रदर्शन लोभलाग्दो रह्यो । उनीहरु दुवैले पावर प्लेमा ४ विकेट लिएपछि जितको सम्भावना बढेको थियो ।… पुरा पढौ

सागको पुर्वाधार अन्तिम चरणमा–मन्त्री विक

पोखरा(खेलाडी न्युज)-युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुर्वाधार निर्माण अन्तिम चरणमा रहेकोले साग हुदैन भनेर टिका टिप्पणी गर्न नहुने जिकिर गरेका छन् । पोखरा रंगशालाभित्र निर्माणाधिन पुर्वाधार निरिक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री विकले फुटबल मैदान दुईसाताभित्रमा तयार भईसक्ने दावी गरे । ‘निर्माण कम्पनीले दुईसाताभित्रमा मैदान तयार हुने प्रतिबद्धता गरेका छन् ।’ उनले भने–‘त्यसपछि मैदानमा फुटबल आयोजना गरिन्छ । ढुक्क हुनुहोस ।’ भौतिक पुवार्धारले खेलमा कुनै समस्या नहुने उनको भनाई थियो । उनले पुर्वाधारले रोकिने सम्भावना नरहेको दोहोर्याउँदै निर्धारित खेल… पुरा पढौ

एमसिसिसँग गण्डकी प्रदेश ११ पनि ४ रनले पराजित

पोखरा(खेलाडी न्युज)-अन्तिम ओभरको अन्तिम बल डट खेलेपछि भ्रमणकारी टोली मेरिलिबोन क्रिकेट क्लब(एमसिसि)ले गण्डकी प्रदेश ११ लाई ४ रनले पराजित गरेको छ । दोस्रो दिन मंगलबार मेरिलिबोन क्रिकेट क्लबले दिएको लक्ष्य पछ्याउने क्रममा अन्तिम बल डट खेलेपछि जित नजिक पुगेको गण्डकी प्रदेश ११ अन्तत ४ रनले हार्न पुग्यो । क्रिजमा रहेका विपिन खत्रीले अन्तिम ओभरमाा २१ रनको खाँचो भएको अवस्थामा १६ रन मात्रै जोडे । अन्तिम बल डट भएपछि जित नजिक पुगेर हारको भार बोक्दै ओभर टुग्याउँदा एमसिसीले दुवै खेल जितेर… पुरा पढौ

भ्रमणकारी टोली एमसिसीसँग पोखरा ११ पराजित

पोखरा(खेलाडी न्युज)-नेपाल भ्रमणमा रहेको बेलायती मेरिलिबोन क्रिकेट क्लब(एमसिसी) चारवर्षपछि पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मैत्रीपूर्ण खेलमा उत्रिएको छ । चार वर्ष अघि पोखरामा पराजित हुदैं फर्किएको टोलीले पोखरा–११ लाई सोमबार ४२ रनले पराजित गर्यो । भ्रमणकारी टोलीले पहिले व्याटिङ गर्दै १६१ रन बनाउँदै लक्ष्य प्रस्तुत गर्दा ९ विकेट गुमाएको थियो । यासिर अराफातको उत्कृष्ठ इनिङ देखिएको खेलमा अर्धशतक भने कुनैपनि खेलाडीले पुरा गर्न भने सकेनन् । यद्यपी अराफातको ३९ रनको महत्वपूर्ण योगदान देखियो । त्यसपछि जे. एडम्सले पनि २९ रन हिर्काउँदै… पुरा पढौ

झमक्कै साँझमा खेलमैदान निरिक्षण गरी पोखराबाट फर्कियो टोली

पोखरा(खेलाडी न्युज)-कृत्रिम प्रकाशको उज्यालोमा निर्माणाधिन फुटबल मैदान, क्रिकेट मैदान र व्याण्डमिन्टन तथा बहुउद्देश्यीय कभर्ड हलको निरीक्षण गर्दै दक्षिण एशियाली ओलम्पिक कमिटिको टोली फर्किएको छ । शनिबार साँझ पोखरा आईपुगेको टोलीले झमक्कै साँझमा प्रस्तावित खेलमैदान मध्ये केही निरीक्षण गरेका हुन् । केही स्थल भने आईतबार दिउँसो निरिक्षण गरेका थिए । विच भलिबल, आर्चरी र भारोत्तोलनको खेल स्थल भने आईतबार विहान र दिउँसो हेरेर टोली फर्किएको थियो । निरीक्षणपछि आईतबार दिउँसो आयोजित पत्रकार सम्मेलनमा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले हिजोसम्म खेल… पुरा पढौ

महानगरद्वारा अल्टिच्युड फुटबल मैदानसहितको खेलकुद पुर्वाधार बनाउन डिपिआर तयार

पोखरा(खेलाडी न्युज)-कास्कीको आँटीघर मौजामा पोखरा महानगरपालिकाले अल्टिच्युड फुटबल मैदान निर्माणको लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) तयार गरेको छ । महानगरपालिका वडा नं २० मौजास्थित १७ सय मिटर उचाईमा फुटबल मैदानसहित खेलकुदका अन्य पुर्वाधार तयार पार्न डिपिआर तयार गरिएको हो । ५ वर्षभित्रमा पुरा गर्ने दीर्घकालिन योजनासहित खेलकुद पुर्वाधार बनाउने लक्ष्य राखिएको छ । योजनाको लागि १६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महानगरपालिकाले यो आर्थिक वर्षमा मौजाको अल्टिच्युड फुटबल मैदानको लागि ५० लाख रुपैयाँ छुट्टाएको छ । ‘महानगरपालिकाले नै… पुरा पढौ