मुख्य समाचार

स्पोर्टस अवार्डलाई टेल्जीको साथ, उत्कृष्ट खेलाडीलाई इलेक्ट्रिक स्कुटर

पोखरा-सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट वर्ष पुरुष तथा महिला खेलाडीले यो वर्ष इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने छन् । अघिल्लो संस्करणमा कोरोनाकै कारण उत्कृष्ट खेलाडीलाई नगद पुरस्कार प्रदान गरिएको थियो । यो वर्ष टेल्जी नेपालसँग सम्झौता भएपछि उत्कृष्ठ खेलाडीद्वयलाई इलेक्ट्रिक स्कुटर प्रदान गरिने खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्च र टेल्जी नेपाल बीचको सम्झौता यो दोस्रो पटक हो । अवार्ड कार्यक्रमलाई गतवर्ष टेल्ज नेपालले मञ्चसँग सहकार्य शुरु गरेको हो । उत्कृष्ट खेलाडीले टेल्जी(टाईगर) इलेक्टिक स्कुटर प्राप्त गर्ने मञ्चले जनाएको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्ड, मनोनयन सार्वजनिक

पोखरा-यही बैशाख २३ गते आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ को लागि खेलाडीहरुको मनोनयन सार्वजनिक गरिएको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले बैशाख तेस्रो साताको शनिबार अवार्ड वितरण गर्ने छ । वर्ष खेलाडी पुरुष तर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का रहेका छन् । केसी बागलुङ, कुँवर तनहुँ र खड्का कास्की जिल्ला स्थायी ठेगाना भएका खेलाडी हुन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजिना थापामगर, फुटवलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्डमा कास्की च्याम्पियन

पोखरा-कास्कीले १४ स्वर्ण, १३ रजत र ५ कास्य पदकसहित कास्की गण्डकी प्रदेशस्तरीय राष्ट्रपति कप रनिङ शिल्डमा च्याम्पियन बनेको छ । पोखरा रंगशालामा मंगलबार सम्पन्न प्रतियोगितामा कास्की कुल ३२ पदक प्राप्त गर्दै टिम च्याम्पियन बनेको हो । कास्की नगद ३० हजार हात पारेको छ । गत वर्षको च्याम्पियन बागलुङ यो संस्करणमा दोस्रो स्थानमा चित्त बुझाएको छ । प्रतियोगितामा बागलुङ १० स्वर्ण, ५ रजत र १० कास्य पदक गरी कुल २५ पदकका साथ दोश्रो स्थान प्राप्त गरेको छ भने नवलपुर ७ स्वर्ण,… पुरा पढौ

दलबहादुर र मञ्जुले जिते जुम्ला – रारा म्याराथन उपाधी

जुम्ला-कर्णाली स्पोर्टस् क्लबको आयोजनामा भएको जुम्ला – रारा अल्ट्रा म्याराथनको उपाधी पुरुष तर्फ दलबहादुर कँुवर र महिला तर्फ मञ्जु राउतले जितेका छन् । ४९ किलो मिटरको दुरी दलबहादुरले ४ घन्टा ५४ मिनट १० सेकेन्डमा र मञ्जुले ६ घन्टा ६ मिनट २३ सेकेन्डमा पुरा गर्दै उपाधीका साथ नगद १ लाख, मेडल र प्रमाण पत्र प्राप्त गरे । पुरुष तर्फ धिरबहादुर बुढाले ४ घन्टा ५७ मिनट ५७ सेकेन्ड र सेर बहादुर बुढाले ५ घन्टा ८ मिनटमा दुरी पुरा गर्दै क्रमशः दोश्रो र… पुरा पढौ

मञ्चद्वारा ‘लाईफ टाईम अचिभमेन्ट’ अवार्ड प्रायोजन

पोखरा-पूर्व राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको छाता संगठन नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी बैशाख २३ गते पोखरामा आयोजना हुने सातौं पोखरा स्पोर्टस अवार्डलाई सहयोग गरेको छ । खेलकुद पत्रकार मञ्च गण्डकीले प्रदान गर्ने अवार्ड अन्तर्गत मञ्चले ‘लाईफ टाईम अचिभमेन्ट २०७९’ को लागि प्रायोजन गरेको हो । प्रायोजन स्वरुप भुतपुर्व खलाडी मञ्चले खेलकुद पत्रकार मञ्चलाई नगद २५ हजार रुपैयाँ प्र्रदान गरेको छ । त्यस्तै सहारा हङकङले अवार्ड कार्यक्रमको लागि दश हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहारा हङकङका अध्यक्ष दीपक… पुरा पढौ

भुतपुर्व खेलाडी मञ्चको लक्ष्य ‘एथलेटिक्स एकेडेमी ’

पोखरा-नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराले एथलेटिक्सका खेलाडी उप्पादन गर्ने लक्ष्यसहितको एकेडेमी स्थापना गर्ने लक्ष्य राखेको छ । मञ्चको शनिबार सम्पन्न १२ औं वार्षिक साधारण सभामा अध्यक्ष हरिप्रसाद पराजुलीले आफनो योजना सार्वजनिक गर्दै एथलेटिक्स एकेडेमी स्थापना गरिने लक्ष्य राखिएको सुनाए । ‘एथलेटिक्सका खेलाडी उत्पादन गर्ने मञ्चको योजना छ’ उनले भने—‘फुटबल क्लबका आफनै एकेडेमी छन् । हामीले पनि एथलेटिक्स खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी स्थापना गर्ने योजना अघि सारेका हौं ।’ मञ्चले पोखरा अन्तराष्ट्रिय म्याराथनको पुरस्कार राशी बढाउने प्रस्ताव गरिएको छ ।… पुरा पढौ

अभिषेक पहिलो नेपाली आईटिएफको बरियता खेलाडी

पोखरा-इतिहास त्यसै लेखिदैन् । इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ । १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन् । विश्व टेनिस महासंघ(वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । यद्यपी अहिले उनको बरियता केही खस्किएको छ । उनको अबको योजना ओलिम्पक गेम हो । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम हो । ग्राण्डस्लाम… पुरा पढौ

अवार्ड वितरण पारदर्शितामा जोड

पोखरा-पोखरा स्पोर्टस अवार्डको सातौं संस्करणसम्म आईपुग्दा जिल्ला खेल संघहरुले अवार्ड वितरणलाई पारदर्शिता बनाउन सुझाव दिएका छन् । जिल्ला संघका पदाधिकारीहरुसँगको छलफलमा अवार्डको गरिमालाई जोगाई राख्न पादर्शिता हुनुपर्ने दोहो¥याएका छन् । उनीहरुले विगतमा अवार्ड वितरण भएपनि गुनासो रहित बनाउने तर्फ खेलकुद पत्रकार मञ्च गण्डकीले तदारुकता नदेखाएको गुनासो गरेका थिए । यद्यपी कास्की जिल्लाका खेल संघ तथा क्लबले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । छलफलमा कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड कार्यक्रम पारदर्शी हुनुपर्ने… पुरा पढौ

धनगढीमा आयोजित प्रथम मुख्यमन्त्री कप फेन्सिङ(ईपी)मा गण्डकी तेस्रो

पोखरा-कैलालीको धनगढीमा आयोजित फेन्सिङको ईपी इभेण्टमा गण्डकी प्रदेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहँदै प्रतियोगिता टुग्याएको छ । दुईदिने प्रतियोगितामा बाग्मती प्रदेश च्याम्पियन हुदाँ शसस्त्र प्रहरी बल भने दोस्रो स्थानमा रह्यो । बाग्मतीले एक स्वर्ण, दुई रजत र एक कास्य जित्दा शसस्त्रले एक स्वर्ण एक रजत र दुई कास्य पदक जितेको थियो । तेस्रो स्थानमा रहेको गण्डकीका लागि कृपा गुरुङले ईपी जुनियर तर्फ स्वर्ण पदक जितिन् । उनले स्वर्णसँगै नगद १५ हजार रुपैयाँ प्राप्त… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने राखेपको प्रतिवद्धता

पोखरा-सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई राष्ट्रिय खेलकुद परिषद (राखेप)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आगामी बैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा राखेपले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल एवं सचिव शशीकुमार पौडेलसँगको भेटमा राखेप सदस्य सचिव टंकलाल घिसिङले सहयोगको प्रतिवद्धता जनाएका हुन् । सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला,… पुरा पढौ