मुख्य समाचार

विद्यार्थी लक्षित मुआथाई निशुल्क प्रशिक्षण

पोखरा-भर्खरै परीक्षा सकेर बसेको विद्यार्थीलाई लक्षित गर्दै गण्डकी प्रदेश मुआथाई संघले मुआथाई प्रशिक्षण शुरु गरेको छ । संघले निःशुल्क ‘स्प्रिङ क्याम्प’ एकसातादेखि पोखरा रंगशालामा शुरु गरेको छ । संघले ७ वर्षदेखि १६ वर्ष उमेर समूहका परीक्ष सकेर बसेका बालबालिकालाई लक्षित गर्दै क्याम्प शुरु गरेको जनाएको छ । ‘विद्यार्थीलाई लक्षित गरेर मुआथाईको एक महिना निशुल्क प्रशिक्षण शुरु गरिएको छ’ प्रदेश मुआथाई संघका अध्यक्ष दिपकबहादुर गोदारले भने–‘एसर्ईई दिएर बसेका विद्यार्थीलाई पनि निशुल्क प्रशिक्षण दिईने छ ।’ उनका अनुसार प्रशिक्षण पोखरा रंगशालामा शुरु… पुरा पढौ

पोर्चुगलको नेशनल क्रिकेट टिममा पोखराका घिमिरे

पोखरा-पोर्चुगलले आगामी शनिबार साता नेदरल्याण्ड र गिब्राल्टरसँमग युरोपियन टी–२० क्रिकेट खेल्दै छ । टी–२० सँगै यी तीनदेश बीच टी–१० प्रतिस्पर्धा हुने छ । मैत्रीपूर्ण टी–२० खेल्न पोखरेली ठिटो सुमन घिमिरे पोर्चुगिज राष्ट्रिय क्रिकेटको जर्सीमा देखिने छन । चारवर्ष अघि मात्रै पोर्चुगल पुगेका घिमिरे पोर्चुगलको राष्ट्रिय क्रिकेट टोलीमा परेका हुन् ।पोर्चुगलस्थित गोर्खा–११ बाट क्रिकेट खेल्दै आएका घिमिरेले सन २०२० मा पहिलो युरोपियन क्रिकेट सिरिज खेले । जहाँ उनी म्यान अफ दि म्याच बने । सन २०१९ मा उनी पोर्चुगल गएका हुन्… पुरा पढौ

गोदारको अध्यक्षतामा मुआथाई गण्डकी प्रदेश संघ गठन

पोखरा-पोखरा आईतबार गण्डकी प्रदेशस्तरीय मुआथाई संघ गठन गरिएको छ । प्रशिक्षक समेत रहेका दिपकबहादुर गोदारको अध्यक्षतामा दुई उपाध्यक्ष थप गर्ने गरी १३ सदस्यीय मुआथाई प्रदेश संघ गण्डकी गठन गरिएको हो । संघको उपाध्यक्षमा दुई जना मनोनयन गरिने छ । महासचिवमा खगेन्द्र क्षत्री, सचिवमा आकृति भण्डारी(बाग्लुङ), कोषाध्यक्षमा विजय गुरुङ रहेका छन् । त्यसैगरी सदस्यहरुमा ईश्वर श्रेष्ठ(तनहुँ अध्यक्ष) ,शुशिल सुनार(पर्वत), सुजन लामिछाने(बाग्लुङ, महेन्द्र थापा(स्याङजा), सुनिल थापा(कास्की अध्यक्ष) छन् । त्यस्तै जितु शाही(कास्की), विकास गुरुङ(कास्की) र कृष्ण कार्की(कास्की) रहेका छन् । पोखरामा २०६२… पुरा पढौ

हिमालयन गल्फ कोर्ष टिमलाई उपाधि

पोखरा-पोखराको हिमालयन गल्फ कोर्ष टिमले एक्स एस्टाफोर्ड स्वीङ टिम बेलायतलाई ८९ अंकले पराजित गरेको छ ।पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा आईतबार भएको प्रतिस्पर्धा टिम हिमालयनले बेलायती पाहुनाटोलीलाई पराजित गर्दै च्याम्पियन बन्यो । टिम हिमालयनले कुल ३३६ स्कोर बनाउँदा एक्स स्टाफोर्ड स्वीङ टिम बेलायतले २४७ स्कोर बनाएको थियो । स्टेफल फोर्ड फूल ह्याण्डीक्यापको म्याच प्लेमा दुवै तर्फबाट ११ जना गल्फरको सहभागिता रहेको थियो । पोखराको हिमालयन गल्फ कोर्षको नेतृत्व गल्फर ले. कर्णेल यामबहादुर राना र पाहुना बेलायती टोलीको… पुरा पढौ

दुवाथलनको उपाधि साउद र स्नेहललाई

पोखरा-पोखरामा आयोजित दुवाथोलनको उपाधि संयुक्त अरब ईमिरेट्स(युएई)का साउद अलजावीले जितेका छन् । महिला तर्फको उपाधि भने भारतकी स्नेहलसुनिल जोशीले हात पारिन् । नेपाल ट्रायथोलन संघको आयोजनामा २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत आईतबार पोखरामा भएको दुवाथोलन प्रतिस्पर्धामा युएईका अलजावीले ५९ मिनट २७ सेकेन्ड र जोशीले १ घन्टा १२ मिनट १९ सेकेन्डमा पुरा गर्दै उपाधी जितेका हुन् । ???????????????????????????????????? ५ कि.मी. दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी. दौडको दुरी पुरुष तर्फ नेपालका हिमाल टमाटाले ५९ मिनट ४७… पुरा पढौ

पन्चासे ट्रेल रेसको उपाधि अर्जुन र प्रियालाई

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि शनिबार पोखरामा आयोजित छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ को उपाधि पुरुष तर्फ सोलुखुम्बुका अर्जुन कुलुङ राईले जितेका छन् । महिला तर्फको उपाधि भने खोटाङकी प्रिया राईले जित्न सफल भईन् । ‘पोखरा ट्रेल रेस सिरिज’ रनिङ क्लबको आयोजनामा भएको ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन भएको थियो । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना गरिएको थियो । ५५ किलोमिटरको दौड कुलुङ राईले ६… पुरा पढौ

स्लोभाकियाकी विकानोभालाई एशिया कप महिला ट्रायथोलनको उपाधि

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप महिला तर्फको प्रतिस्पर्धामा स्लोभाकियाकी मार्गरेटा विकानोभाले १ घण्टा ०४ मिनेट ५१ सेकेण्डको समयमा पुरा गर्दै च्याम्पियन बनिन् । त्यसैगरी जापानकी मिनोरी इकिनोले १ घण्टा ०५ मिनेट १८ सेकेण्डमा पुरा गर्दै दोस्रो बन्न सफल भईन् । जापानकै चिसातो नाकाजिमाले १ घण्टा ०५ मिनेट ३० सेकेण्डको समय लगाउँदै तेस्रा्रे स्थानमा रहिन् । रोमानियाकी एन्टाओ मानक चौथो भईन् । पाँचौ स्थानमा जापानकी युका सातो रहिन् । महिला तर्फको साउथ एशियन ट्रायथोलन च्याम्पियनसिपमा… पुरा पढौ

लम्जम्बर्गका हलेरलाई एशिया कप ट्रायथोलनको उपाधि

पोखरा-नेपाल ट्रायथोलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित तेस्रो एशिया ट्रायथोलन कप पुरुष तर्फ लक्जम्बर्गका बब हलेर च्याम्पियन बनेका छन् । उनले ५५ मिनेट ५५ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बनेका हुन् । स्प्रिन्ट विधा तर्फ आयोजित प्रतिस्पर्धामा उज्वेकिस्तानका अलेक्सान्डर कुुरिसभ केवल दुुई सेकेण्डले पछि पदैै उपविजेता बने । उनले पौडी, साईक्लिङ र दौड पुरा गर्न ५५ मिनेट ५७ सेकेण्डको समय लगाएका थिए । ७५० मिटर पौडी, २० किलोमिटर साईक्लिङ र ५ किलोमिटर दौडको स्प्रिन्ट विधाको ट्रायथोलनमा लक्जम्बर्गकै स्टेफन जेचसले ५६ मिनेट… पुरा पढौ

सहारा एकेडेमीको चौथो व्याच बैशाखदेखि

पोखरा-सहाराले क्लबले फुटबल एकेडेमी शुरु गरेको पनि दुई दशक पार गरेको छ । दुई दशक अवधिमा क्लबले तेस्रो व्याचका खेलाडीलाई एकेडेमीबाट विदाई गर्दै छ । आगामी बैशाखदेखि एकेडेमीमा भएक प्रशिक्षर्थीलाई विदाई गर्दै चौथो व्याच राख्ने योजना बनाएको छ । क्लबले अब चौथो व्याचको एकेडेमीमा ३० जना अनाथ(प्रशिक्षार्थी बालक)लाई राख्ने निर्णय गरेको छ । यसअघि एकेडेमीमा पहिलो व्याचमा २०, दोस्रो व्याचमा २० र तेस्रो व्याचमा २८ जना प्रशिक्षार्थी थिए । तेस्रो व्याचमा ११ जनाले दशजोड दुई अध्ययन पुरा गर्दै एकेडेमीबाट विदाई… पुरा पढौ

शनिबार ५५ कि.मीको ट्रेल रेस

पोखरा-कोभिडले रोकिएको तीन वर्षपछि पोखरामा गोरेटो दौडको छैटौं संस्करण ‘पन्चासे ट्रेल रेस’ शनिबार शुरु हुदैं छ । ५५ किलोमिटरको गोरेटो दौड पोखराको कोमागाने पार्कबाट शुरु भई पन्चासे पुगेर फर्किई सराङकोटको खपौदीमा ओर्लिएर समापन हुने छ । ५५ किलोमिटरको गोरेटो दौडसँगै ७ किलोमिटरको ‘फन रेस’ समेत आयोजना हुने छ । ‘पन्चासे ट्रेल रेस’मा ६० जना धावकले प्रतिस्पर्धा गर्ने छन् । ७ किलोमिटरको फन रेसमा ३१ ज्नाको सहभागिता रहने आयोजक पोखरा ट्रेल रेस सिरिजका संस्थापक विकास गुरुङले जानकारी दिए । ‘५५ किलोमिटरमा… पुरा पढौ