⚽ फुटबल

गोरखाको लक्ष्मीबजारमा टर्फ मैदान निर्माण

पोखरा-गोरखामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण गरिएको छ । द ओसन क्लबले विभिन्न सहयोगी मनहरुबाट संकलित आर्थिक सहयोगबाट एस्ट्रोटर्फ(कृत्रिम घाँसे मैदान) बनाएको हो । कृत्रिम घाँसे मैदान निर्माणसँगै गोरखामा फुटबलका ग्रासरुट कार्यक्रम शुरु गरिएको छ । क्लबले गोरखाको गोरखा नगरपालिका वडा नं ९ स्थित लक्ष्मीबजारमा कृत्रिम घाँसे मैदान निर्माण गरेको हो । ३८ लाख रुपैयाँ नगद तथा १० लाख रुपैयाँ जिन्सी सहयोगमा क्लबले फुटबल मैदान निर्माण गरेको क्लबका अध्यक्ष अमित खत्रीले बताए । ‘क्लबले बनाएको मैदान नेपालकै पहिलो हो भन्ने… पुरा पढौ

आजदेखि बलराम केसी स्मृति लिगकम नकाउट फुटबल

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आजदेखि बलराम केसी स्मृति क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता शुरु हुदैं छ । पोखरा रंगशाला फुटबल मैदानमा आजदेखि लिगकम नकाउट फुटबल शुर हुने संघले जनाएको छ । बुधबार तीन खेल हुने प्रतियोगिताका संयोजक नरेन्द्रजंग गुरुङले जनाए । उनका अनुसार विहानको खेल ड्यामसाईड युथ क्लबले भदौरे युवा क्लबसँग प्रतिस्पर्धा गर्ने छन् । दिउँसो उदघाटन खेल हुने छ । उदघाटन खेल हेमजा युनाईटेड र फुलबारी क्लब बीच हुने छ । उदघाटन समाजसेवी टिका कार्कीले गर्ने सघले जनाएको… पुरा पढौ

बुधबारदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल

पोखरा-पोखरामा दुईवर्षपछि क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिताको अन्तिम तयारी छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने बलराम केसी स्मृति लिगकम नकाउट क्लबस्तरीय फुटबल प्रतियोगिताको अन्तिम तयारीमा रहेको संघले जनाएको छ । संघमा २३ वटा क्लब आवद्ध छन् । आवद्ध क्लबहरुले प्रतियोगितामा सहभागिता जनाउने छन् । सोमबार प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको तालिका अनुसार हेमजा युनाईटेड र फुलबारी क्लब बीच उदघाटन खेल हुने छ । यद्यपी बैशाख १९ गते पहिलो खेल भने ड्यामसाईड युथ क्लबले… पुरा पढौ

जिल्ला लिगकम नकाउट फुटबल बैशाख तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा यही बैशाख १९ गतेदेखि बलराम स्मृति जिल्लास्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता हुने छ । गत चैतमा आयोजना गर्ने संघले निर्णय गरेपनि अखिल नेपाल फुटबल संघकै निर्देशनमा कास्की जिल्ला फुटबल संघले लिगकम नकाउट फुटबल प्रतियोगिता एक महिना पछि सारेको हो । झण्डै दुई वर्षपछि फुटबल संघले क्लबस्तरीय लिगकम फुटबल प्रतियोगिता गर्दै फुटबलको गतिलाई फेरी पुरानै अवस्थामा फुर्काउने तयारीमा जुटेको प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङले जानकारी दिए । उनका अनुसार फुटबल संघमा… पुरा पढौ

कास्कीबाट एन्फा एकेडेमीको लागि यु १३ छनोट

पोखरा कास्की जिल्ला फुटबल संघले यु १३ छनोट खेलाडी गरेको छ । छनोट भएका खेलाडीहरुलाई प्रदेश छनोटको लागि पठाईने छ । संघले अखिल नेपाल फुटबल संघले वर्षेनी राख्ने एकेडेमीको लागि प्रत्येक जिल्लाबाट छनोट गर्दै आएको छ । कास्की जिल्ला फुटबल संघले झण्डै २ सय जना बालकहरुबाट छनोट गरिएको जनाएको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार बढीमा ४० जना गरिने छ । शनिबार पोेखरा रंगशालामा छनोट गरिएको छ । सयोजकमा नरेन्द्रजंग गुरुङ, प्रशिक्षकमा सन्तोष केसी, योगेन्द्र थकाली, बेलकुमार गुरुङ र… पुरा पढौ

यु-१३ नाईन ए साईडको उपाधि संगम एकेडेमीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजना गरिएको यु १३ नाईन ए साईड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ । शनिबार पोखरा रंगशाला बैकल्पिक फुटबल मैदानमा भएको फाईनल खेलमा लेकसाईडको ब्लु स्प्यारो एकेडेमीलाई १-० गोलले पराजित गर्दै संगम एकेडेमीले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गर्यो । नियोङ गुरुङको निर्णायक गोलमा सगमले उपाधि जित्न सफल बन्यो । पोखरा महानगरपालिका वडा नं १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको यु १३ फुटबल प्रतियोगितामा कास्कीका विभिन्न १२ वटा… पुरा पढौ

कास्की क्लबस्तरीय लिगकम नकाउट फुटबल आगामी चैत तेस्रो साता

पोखरा-कास्की जिल्ला फुटबल संघले आगामी चैत १७ गतेदेखि कास्की जिल्ला क्लबस्तरीय लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । फुटबल संघमा आवद्ध क्लबहरुको अन्तरक्रिया कार्यक्रममा क्लबका पदाधिकारीले संघले प्रस्ताव गरेको मितिलाई सर्वसम्मत निर्णय गरेका हुन् । कास्की जिल्ला फुटबल संघमा २३ वटा क्लब आवद्ध छन् । संघको नव गठित कार्यसमितिले झण्डै दुईवर्षपछि लिगकम नकाउट फुटबल प्रतियोगिता आयोजना गर्ने जमर्को गरेको हो । कास्कीको माछापुच्छ्रे गाँउपालिकाको त्रिशक्ति क्लब यसै वर्ष मात्रै कास्की जिल्ला फुटबल सघमा आवद्ध भएको हो ।… पुरा पढौ

दोस्रो हिसान फुटसलका लागि कास्कीबाट १२ टिम छनौट

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् । छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी प्रतिभा सेकेन्डरी स्कुल, स्टेप… पुरा पढौ

६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा-पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरा-पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं… पुरा पढौ