⚽ फुटबल

सहारा क्लबको अध्यक्षमा हरिराम

पोखरा-सहारा क्लब पोखराको नयाँ नेतृत्व चयन भएको छ । दुईवर्षे कार्यकालको लागि हरिराम गुगुरुङ्गको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।बरिष्ठ उपाध्यक्षमा केशवराज बराल सर्वसम्मत भएका छन् । बराल एक दशकअघि महासचिव भएर क्लबमा निष्क्रिय रहेका थिए । फेरी उनी बरिष्ट उपाध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । बुधबार सम्पन्न १२ औं अधिवेशनले उपाध्यक्षमा चित्रबहादुर पुन छन् । महासचिवमा रामजीप्रसाद अधिकारीले कार्यकाल दोहोर्याएका छन् । त्यसगरी सचिवमा सुनिल रानामगर रहेका छन् । कोषाध्यक्षमा नवराज अधिकारी छन् । सह कोषाध्यक्षमा विनुराना मगर… पुरा पढौ

फुटसल टोलीलाई लोकतान्त्रीकको बिदाई

काठमाडौं-पाखरामा आयोजना हुने राष्ट्रिय फुटसल लिगमा सहभागी हुन जाने प्रभातफेरी युथ क्लब, टोखालाई नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले बुधबार बिदाई गरेको छ । बागमती प्रदेशबाट छनौट भएको चार टोली मध्येमा परेको प्रभातफेरीका खेलाडी, अफिसियल तथा प्रशिक्षकलाई चक्रपथस्थित हेडलाईन क्याफेमा नेपाल सरकारका पूर्व मन्त्री एवं नेपाली काँग्रेसका सहमहामन्त्री डा। प्रकाश सरण महतले खेलाडीहरुलाई खादा लगाएर बिदाई गरे ।खेलाडीहरुलाई शुभकामना दिंदै प्रमुख अतिथी महतले उच्च मनोबलका साथ प्रतियोगितामा सहभागी हुँदै विजयी हासिल गरेर र्फकन सुझाव दिए । उनले मानसिक र शारीरिक… पुरा पढौ

विदेशी खेलाडी किन्नुस खर्च मन्त्रालयले व्यर्होछ–मन्त्री गुरुङ

पोखरा-गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले आगामी आहा गोल्डकपको लागि सहारा क्लबलाई दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्ने बताएका छन् । विगतमा वर्षमा गण्डकी प्रदेशले सहारा क्लबले आयोजना गर्दै आएको आहा रारा गोल्डकपको आर्थिक सहयोग गरेपनि यो वर्ष भने विदेशी खेलाडी किन्न खर्च गर्ने मन्त्री गुरुङको उदघोष रह्यो । ‘गोल्डकपलाई सपोर्ट गर्छौ । गोल्डकपमा चार जना विदेशी खेलाडी राख्न पाईन्छ । चार जनामा दुई विदेशी खेलाडीको खर्च मन्त्रालयले व्यहोर्छौ ।’ मन्त्री गुरुङले बुधबार पोखरा रंगशालामा आयोजित सहारा क्लबको… पुरा पढौ

फुटसल लिग स्पोर्टस् क्यासललाई अंशुभराको साथ

पोखरा-पोखरामा आयोजना हुने नेशनल फुटसल लिग (असोज २ देखि २२ गते सम्म) खेल्ने पोखरेली टिम स्पोर्टस् क्यासललाई अंशुभरा गु्रपले प्रायोजन गरेको छ ।अटोमोबाईल, रियलस्टेट, हस्पिटालिटी, मोङ्क, तथा वित्तिय क्षेत्रमा कार्यरत अंशुभरा गु्रपले फुटसल लिगसँगै एक वर्षको लागि स्पोर्टस् क्यासलको फुटसल टोलीलाई आर्थिक तथा भौतिक (आपसी समझदारीमा) सहयोग सहित सम्झौता गरेको हो ।पोखरामा आयोजित एक कार्यक्रमका बिच क्यासलको तर्फबाट सञ्चालक ईश्वर गुरुङले र अंशुभरा गु्रपको तर्फबाट प्रवन्धक निर्देशक सौगात थापाले सम्झौता पत्रमा हस्ताक्षर गरे । ै निर्देशक थापाले आफ्नो गु्रपको मान्यता… पुरा पढौ

बंगलादेशसँग बराबरीमा रोकियो नेपाल

काठमाडाैं । बंगलादेशसँगको दोस्रो मैत्रिपूर्ण खेलमा नेपाल गोल रहित बराबरीमा रोकिएको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा पाहुना टोली बंगलादेशले आयोजक नेपाललार्य गोल रहित बराबरीमा रोकेको हो । पहिलो खेलमा २–१ ले पराजित भएको बंगलादेशले दोस्रो खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपाललाई बराबरीमा रोकेको हो । नेपाललाई दोस्रो पटक गोल गरेको बंगलादेशले नेपाली टोलीलाई दबाब दिएर खेलेको थियो । गोलका लागि निकै संघर्ष गरेको नेपालले बंगलादेशमाथि चढेर खेल्ने प्रयास गरे पनि सफल हुन सकेन । नेपालका अधिकांस प्रयासलाई… पुरा पढौ

रोनाल्डोको दुई गोलको सहयोगमा युनाईटेडकाे फराकिलो जित

काठडमाडौं । क्रिस्टियानो रोनाल्डोले डेब्यु खेलमा दुई गोल गरे पछि इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाईटेडलाई ४–१ ले हराएको छ । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन डेब्यु खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै बु्रनो फर्नान्डेज र जेसे लिंगार्डले एक एक गोल गरे । न्युकासलका जाभियर मानक्विइलोले एक गोल फर्काए । पहिलो हाफको इन्जुरी समयमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ वर्षपछि युनाईटेड फर्किएका रोनाल्डोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता… पुरा पढौ

क्रिस्टल प्यालेससँग शीर्ष स्थानको टोटेनह्याम स्तब्ध

काठमाडाैं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई ३-० गोल अन्तरले पराजित गरेको छ । क्रिस्टलको जितमा ओडसन एडुवार्डले दुई गोल गर्दा विल्फ्रिड जाहाले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५८ औं मिनेटमा टोटेनहम १० खेलाडीमा समेटिएपछि क्रिस्टल हावी भएकाे थियाे । उसका टाङगंगा दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए । जसको फाईदा क्रिस्टलले बनायो । खेलको ७६ औं मिनेटमा जाहाले पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाए । खेलको… पुरा पढौ

राखेपका पूर्व सदस्यसचिवको निधन

काठमाडौं । नेपाली खेलकुदको सर्वोच्च निकाय राखेपलाई दुई पटक नेतृत्व गरेका पूर्व सदस्य सचिवन रुक्मशमशेर राणाको निधन भएको छ । राणाको गए राति निधन भएको उनको पारिवारिक श्रोतले पुष्टि गरेको छ । लामो समयदेखि राणाको स्वास्थ्यमा समस्या देखिएको थियो । राणा पछिल्लो समय मिर्गौला, सुगर र प्रेसर लगायतका रोगले ग्रसित थिए । राणा पहिलो पटक २०५० सालदेखि २०५१ सालसम्म र दोस्रो पटक २०५४ सालदेखि २०५५ सालसम्म राखेपको सदस्य सचिव बनेका थिए । राजनीतिक पृष्ठभुमी भए पनि राणाले जिवनको अधिकांश समय… पुरा पढौ

डेब्यु खेलाडी चम्किँदा नेपाललाई सफलता

काठमाडौं । नेपालले बंगलादेशसँगको पहिलो मैत्रिपूर्ण खेलमा सुखद नतिजा निकालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि डेब्यु खेलाडीद्वय प्रिति राई र सबिता रानाको दुई गोलको मद्दतमा बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण नेपालले खेलमा २–१ को जित निकालेको हो । सुरुआतमा केही दबाब खेपेको नेपालका लागि १४औं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन । विमला चौधरीको क्रस बललाई सबिताले हेडरमार्फत गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएकी थिइन् । अग्रता लिएपछि भ्रमणकारी बंगलादेशमाथि हाबी बनेको नेपालका लागि… पुरा पढौ

साफ खेल्ने नेपाली फुटबल टोली कतार जाँदै

काठमाडौं । माल्दिभ्समा आयोजना हुने १३औं संस्करणको साफ च्याम्पियनसिपका लागि थप अभ्यास गर्ने लक्ष्य सहित कतार जान लागेको टोलीलाई आज विदाई गरिएको छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको २४ सदस्यीय नेपाली राष्ट्रिय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक कार्यक्रम गरी विदाई गरेको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने र एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले कतार जाने टोलीलाई विदाई गरेका हुन । विदाई पछि बोल्दै नेपाली टोलीका कप्तान किरण चेम्जोङले साफ लक्ष्य राखेर थप अभ्यासका लागि… पुरा पढौ