⚽ फुटबल

जर्मनीलाई हराउँदै इङ्ल्यान्ड क्वार्टरफाईनलमा

एजेन्सी- युरो कप २०२० को ग्रुप अफ डेथमा रहेको अन्तिम टोली जर्मनी पनि इंग्ल्याण्डको हातबाट पराजित भएपछि समूहका सबै घर फर्किएका छन् । ग्रुप एफ मा रहेका हंगेरी, पोर्चुगल र फ्रान्सले अन्तिम १६ मा आईपुग्दा पराजित हुदैं बाहिरिएपछि बाहिरिने अन्तिम टोली जर्मनी बन्न पुग्यो । उपाधिका दावेदारी मानिएको टोली एक पछि अर्को गर्दै पराजित भए । इग्ल्याण्डले क्वाटरफाइनल समीकरण पुरा गर्ने क्रममा जर्मनी माथि २० को गोलले पराजित गर्यो । इग्ल्याण्डको वेम्बली स्टेडियममा भएको प्रतिस्पर्धा सन १९६६ को विश्वकपको फाईनलको… पुरा पढौ

फ्रान्सलाई हराउँदै स्वीट्जरल्यान्ड क्वाटरफाइनल प्रवेश

एजेन्सी । फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्ड युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान सम्पन्न प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा फ्रान्सका केलियन एम्बाप्पेले गोल गर्न नस्कदा स्वीट्जरल्यान्डले जित हात पार्‍यो । पेनाल्टीमा फ्रान्सका पाउल पोग्बा, ओलिभर जिराउड, मार्कुस थुराम, प्रेसनल किम्पेम्बेले गोल गरे । स्वीट्जरल्यान्डका मारियो गाभ्रानोभिच, फाबियन, अकान्जी म्यानुएल, रुबेन… पुरा पढौ

अर्जेन्टिना र उरुग्वे क्वाटरफाईनलमा

एजेन्सी । कोपा अमरिका फुटबलमा अर्जेन्टिानले बोलिभियालाई ४–१ ले हराएको छ । ब्राजिलमा आज बिहान भएको समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई विजयी गराउन लियोनल मेस्सीले दुई गोल गर्दा अलेहान्द्रो गोमेज र लौतारो मार्टीनेजले एक एक गोल थपे । बोलिभियाका इर्वीन साभेद्राले एक गोल फर्काए । आजै भएको अर्को खेलमा उरुग्वेले पाराग्वेलाई १–० ले हरायो । २१ औं मिनेटमा पाएको पेनाल्टीमा एडिन्सन काभानीले गोल गरेपछि उरुग्वे १–० ले विजयी भयो । आजका खेलहरुपछि कोपा अमेरिका फुटबलको क्वाटरफाईनल खेल तालिका तय भएको… पुरा पढौ

इटाली र डेनमार्क क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । इटाली र डेनमार्क युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गएराति भएको राउण्ड अफ सिक्सटिनको खेलमा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले हराउँदै इटाली क्वाटरफाईनलमा पुगेको हो । निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा इटालीका फेडेरिको चिएसा र माटियो पेस्नीनाले एक एक गोल गरे । अष्ट्रियाका सासा कालादिचले एक गोल फर्काए । जितसँगै इटालीले लगातार ३१ खेलको अपराजित यात्राको किर्तिमान बनाएको छ । इटालीले अब क्वाटरफाईनलमा बेल्जीयम र पोर्चुगलमध्ये आज हुने… पुरा पढौ

इङ्ल्यान्ड, क्रोएसिया र चेक रिपब्लीक नक आउट चरणमा

एजेन्सी । युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले हरायो । इंग्ल्याण्डका लागि राहिम स्टर्लीङले निर्णायक गोल गरे । यही समूहको अर्को खेलमा क्रोएसियाले स्कटल्याण्डलाई ३–१ ले पराजित ग¥यो । क्रोएसियाको जितमा निकोला भ्लासिच, लुका मोड्रिच र इभाँ पेरिसिचले एक एक गोल गरे । गएरातिका खेलहरुपछि समूह ‘डी’ बाट समूह विजेता इंग्ल्याण्ड, उपविजेता क्रोएसिया तथा तेस्रो स्थानमा समेटिएको चेक रिपब्लीक पनि राउण्ड अफ सिक्सटिनमा पुगेका छन् ।… पुरा पढौ

गोमेजको गोलमा अर्जेन्टिनाको साँघुराे जित

एजेन्सी । कोपा अमेरिका फुटबल अन्तर्गत आज विहान सम्पन्न खेलमा अर्जेन्टिनाले पाराग्वेलाई १–० ले पराजत गर्दा अर्को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन । यससँगै अर्जेन्टिनाले ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा दोस्रो जित निकालेको छ । मंगलबार बिहान भएको खेलमा पाराग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले दोस्रो जित निकालेको हो । अर्जेन्टिनाले जित निकाल्दा एलेजेन्ड्रो गोमेजले १०औं मिनेटमा गरेको गोल निर्णायक भएको हो । एन्जल डी मारियाको पासमा उनले निर्णायक गोल गरे । यस्तै ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा… पुरा पढौ

रुसलाई हराउँदै डेनमार्क अघिल्लो चरणमा

डेनमार्क जारी युरोकपको नकआउट चरणमा प्रवेश गर्दाकाे दिन नेदरल्याण्ड्स र अष्ट्रिया १६औं संस्करणको युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छन । सोमबार राति सम्पन्न खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गरेको डेनमार्क समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । घरेलु मैदान पार्केन स्टेडियममा सम्पन्न खेलमा डेनमार्कका मिकेल डाम्सगार्ड, युसुफ पाउलसेन, आन्द्रेस क्रिस्टियनसेन र जोकिम मुहलेले एक गोल गरे । रुसका लागि आर्टम ज्यूबाले सान्त्वना गोल फर्काए । डेनमार्कले खेलको ३८ औं मिनेटमा डाम्सगार्डको गोलमा अग्रता बनाएको थियो… पुरा पढौ

आत्मघाती गोलले डुबायो पोर्चुगललाई

एजेन्सी-दुई आत्मघाती गोलको उपहारसँगै जर्मनीले साविकको युरोकप च्याम्पियन पोर्चुगललाई ४-२ को फराकिलो गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई जिवितै राखेको छ । हारले पोर्चुगललाई भने सकस हुन पुगेको छ । पोर्चुगलले अब लिगचरणको अन्तिम खेल फ्रान्ससँग खेल्ने छ । पोर्चुगल र फ्रान्सलाई जित अनिवार्य छ । बराबरीले फ्रान्स ५ अंक हुने छ भने पोर्चुगल ४ अंकमा रहने छ । यद्यपी जर्मनी र हंगेरी बीचको खेलले तय गर्ने छ । अंकगणितीय हिसाबमा हंगेरीले जितेको अवस्थामा जर्मनी बाहिरिदाँ पोर्चुगल अघिल्लो चरणको… पुरा पढौ

स्पेन र पोल्याण्ड बराबरीमा रोकिए

एजेन्सी । १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह इ को खेलमा स्पेन र पोल्याण्ड बराबरीमा रोकिएका छन । गएराति भएको समूह चरणको दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको हो । सेभियामा सुरुवाती अग्रता जोगाउन र पेनाल्टीमा गोल गर्न नसक्दा स्पेनले अंक बाड्नु परेको हो । खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । उनले जेरार्ड मोरेनोको पासलाई सदुपयोग गरे । तर, खेलको ५४ औं मिनेटमा कप्तान रोबर्टो लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई १र१ गोलको… पुरा पढौ

फ्रान्सलाई हंगेरीले बराबरीमा रोक्यो

एजेन्सी-युरोकप अन्तर्गत शनिबार राती हंगेरीले आफनै घरमा विश्व विजेता फ्रान्ससँग १(१ को बराबरीमा खेल्दै अघिल्लो चरणको यात्रालाई कम्तीमा अन्तिम खेलको नजितासम्म पर्ख र हेरको अवस्थामा पुर्याएको छ । बराबरीसँगै १ अंक जोडेको हंगेरीले लिगचरणको अन्तिम खेल जर्मनीसँग प्रतिस्पर्ध गर्ने छ । हंगेरीले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै घरेलु मैदानमा अग्रता दिलाए । ४५ प्लस २ मिनेटमा अटिला फियोलाले गोल गर्दै घरेलु दर्शकलाई उत्साहित बनाउँदै फ्रान्समाथि दबाव बनाए । फ्रान्सले बलमाथिको नियन्त्रण गरिरहेपनि गोल गर्ने प्रयास गरिरह्यो । तर सफलता… पुरा पढौ