⚽ फुटबल

अर्जेन्टिनासँग उरुग्वे पराजित

काठमाडौं । गुइदो रोडरिग्वेजको निर्णायक गोलप्रेरित अर्जेन्टिनाले कोपा अमेरिकाको समूह ‘बी’ अन्तर्गत शनिबार बिहान भएको खेलमा उरुग्वेलाई १-० को नतिजामा पराजित गरेको छ । पहिलो खेलमा चिलीसँग १-१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाको प्रतियोगितामा यो पहिलो जित हो । स्टार फरवार्ड लियोनेल मेसीको कप्तानीमा मंदानमा उत्रिएको अर्जेन्टिनालाई जित दिलाउन १३औं मिनेटमा रोडरिग्वेजले गरेको एक मात्र गोल पर्याप्त भयो । कर्नरमार्फत् रोडरिगो डी पौलले मेसीलाई छोटो पास दिएका थिए । सोही बलमा मेसीले दिएको बाँयातर्फबाट गरेको क्रसमा रोडरिग्वेजले हेडरमार्फत् गोल गर्दै अर्जेन्टिनालाई… पुरा पढौ

पेनाल्टीमा खोसियो स्लोभाकियाको भाग्य

एजेन्सी-पाएको पेनाल्टीलाई सदुपयोग गर्दै स्वीडेनले स्लोभाकियामाथि १-० गोलको जितसँगै अघिल्लो चरण यात्रालाई बलियो बनाएको छ । दुई खेलबाट ४अंकसहित शीर्षस्थानमा रहेको स्वीडेनले पहिलो खेल स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । युरोकप २०२० अन्तर्गत शुक्रबारको पहिलो खेलमा स्वीडेनले जित आत्मसात गर्दै तीन अंक जोड्यो । जितले नकाउटचरण प्रवेशको सम्भावना बलियो बनायो । पहिलो हाफ गोलरहित टुंगिएको खेल दोस्रो हाफमा दुवैले गोलको लागि निकै प्रयत्न गरे । यद्यपी सफल भने हुन सकेका थिएनन् । खेलको ७७ औं मिनेटमा स्वीडेनले पेनाल्टी पाउँदै जितको… पुरा पढौ

अष्ट्रियालाई हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति सम्पन्न खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार दोस्रो जितका साथ खेलको अघिल्लो चरणमा प्रवेश गरेको छ । समूह ’सी’ मा रहेको नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको छ । नेदरल्यान्ड्स नकआउट चरणमा पुग्ने तेस्रो टाेली हाे । यसअघि बेल्जियम र इटाली नकआउट चरणमा प्रवेश गरिसकेका छन् । घरेलु मैदानमा सम्पन्न खेलको ११ औं मिनेटमा मेम्फिस… पुरा पढौ

बेल्जियम नकआउट चरणमा

एजेन्सी । बेल्जियम १६ औं संस्करणको युरोकप फुटबलकाे नकआउट चरणमा प्रवेश गरेकाे छ । कोपेनहेगनमा बिहीबार राति भएकाे खेलमा घरेलु टाेली डेनमार्कमाथि २-१ ले पराजित गर्दै बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हाे ।पार्केन स्टेडियममा बेल्जियमलाई जित दिलाउन इडेन हाजार्ड र केभिन डी ब्रुएनले एक/एक गोल गरे । डेनमार्कका युसुफ पाउलसेनले एक गोल गरेपनि जितकाे लागि प्रयाप्त बनेन । खेलमा सुरुवाती अग्रता भने घरेलु टोलीले बनाएको थियो । खेलको दोस्रो मिनेटमै पिएर एमिल होएबिएरको पासमा पाउलसेनले बेल्जियमको डिफेन्समा कमजोरीको फाइदा… पुरा पढौ

युक्रेनसँग मेसोडोनिया पराजित

एजेन्सी -युक्रेनले बिहीबारयुरोकप अन्तर्गत नर्थ म्यासेडोनियलाई २–१ गोलले पराजित गर्दै अघिल्लो चरण यात्राको सम्भावना बनाएको छ । युरोकप २०२० अन्तर्गत रोमानियाको नेसनल एरिनामा भएको खेलमा दुबै टोली पहिलो जितको खोजीमा मैदान उत्रिएका थिए । सुरुआतबाट नै आक्रामक देखिएको युक्रेनले म्यासेडोनियामाथि दबाब दिएर खेलेको थियो । पहिलो हाफमा सहज खेल पस्किएको युक्रेनले दोस्रो हाफमा भने पहिलो हाफको प्रदर्शनलाई निरन्तरता दिन सकेन । पहिलो पटक युरोपियन च्याम्प्यिनसिपमा सहभागिता जनाएको म्यासेडोनिया युक्रेनसँग पराजित हुँदा अघिल्लो चरणको यात्रा कठिन बनेको छ । यस सँगै… पुरा पढौ

इटालीको लगातार दोस्रो जित, अन्तिम १६ मा प्रवेश

एजेन्सी । युराेकप २०२० मा उपाधि दाबेदार इटाली लगातार दाेस्राे जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत बिहीबार बिहान सम्पन्न खेलमा स्विट्जरल्याण्डलाई ३-० ले पराजित गरेकाे हाे । ओलम्पिक स्टेडियममा म्यानुएल लोकाटेलीको दुई गोल तथा सिरो इम्मोबिलेको एक गोल गरेका थिए । १९ औं मिनेटमा कप्तान जर्जियो किएलिनीले गोल गरेका थिए । गाेलकाे खुसियाली मनाएपनि भीएआरले उक्त गोललाई मान्यता दिएन । लोरेन्जो इन्सिग्नेको कर्नरमा किएलिनीले बललाई जाली चुमाएका थिए । उक्त बल नियन्त्रण गर्नेक्रममा उनको… पुरा पढौ

टर्कीविरूद्ध वेल्सको शानदार जित

एजेन्सी । जारी युरोकप २०२० फुटबलमा वेल्सले मा पहिलो जित दर्ता गरेको छ । बुधबार राति समूह ‘ए’ अन्तर्गत भएको खेलमा टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै वेल्सले पहिलो जित निकालेको हो । वेल्सले आफ्नाे पहिलाे खेलमा स्विट्जरल्याण्डसँग बराबरी खेलेको थियो । बाकु ओलम्पिक स्टेडियम वेल्सलाई जित दिलाउन आरोन राम्से र कोनर रोबर्ट्सले एक एक गोल गरे । दुवै गाेलकाे लागि भने माैका कप्तान ग्यारेथ बेलले जुराइदिएका थिए । २४ औं मिनेटमा बेलकै पासमा राम्सीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएकाे… पुरा पढौ

रसियासँग फिनल्याण्ड स्तब्ध

सेन्ट पिट्सबर्ग (एजेन्सी)– अघिल्लो खेलमा डेनमार्कलाई पराजित गरेर उत्साहित बनेको फिनल्याण्ड रसियासँग स्तब्ध बनेको छ । पहिलो हाफको इन्जुरी समयमा एलेक्से मिरानचुकले गरेको गोल निर्णायक बन्दा रसियाले फिनल्यान्डलाई हराउँदै युरोकप २०२० मा पहिलो जित निकालेको छ । सेन्ट पिट्सबर्गमा भएको प्रतिस्पर्धामा रसियालाई १–० ले रोक्दै जारी प्रतियोगितामा पहिलो सफलता पाएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा अग्रता लिनु पूर्व दुबै टोलीले गोलका लागि केही अवसर सिर्जना गरेका थिए । केही अवसरमा स्ट्राइकर चुके भने केही राम्रा प्रहारलाई दुबै टोलीका गोलकिपरले उत्कृष्ट… पुरा पढौ

नेपाललाई एशियन कप खेल्ने मौका

पोखरा- एसियाली फुटबल महासंघ (एएफसी) ले बुधबार परिमार्जन गर्दै जारी गरेको नयाँ ढाँचा अनुसार नेपालले चीनमा आयोजना हुने एसियन कप–२०२३ कप छनोटका लागि सिधै तेस्रो चरणको खेल खेल्ने मौका पाएको छ । एएफसीले जारी गरेको नयाँ ढाँचासँगै अब नेपालले प्ले अफ खेल्न नपर्ने भएको छ । विश्वकप छनोट र एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपालले ८ खेलबाट ६ अंक जोडेर चौंथो स्थानमा रहेको थियो । चौथो स्थानमा रहँदै लिगका खेल समापन गर्दा नेपालको कतार विश्वकप यात्रा समाप्त भएको… पुरा पढौ

स्लोभाकियाले विजयी सुरुवात गर्दा स्पेन स्विडेनसँग बराबरीमा रोकियो

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटवलमा स्लोभाकिया विजयी सुरुवात गर्दा स्पेन स्विडेनसँग बरावरीमा रोकिएको छ । स्लोभाकियाले १० खेलाडीमा समेटिएको पोल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै जारी प्रतियाेगितामा सुखद सुरुवात गरेको छ  । रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा खेलको १८ औं मिनेटमा पोल्याण्डका गोलकिपर वजचिएक सेचेज्नीको आत्मघाती गोलबाट स्लोभाकियाले अग्रता बनाएको थियो  । तर, खेलको ४६ औं मिनेटमा कारोल लिन्टीले गोल गर्दै पोल्याण्डलाई १-१ गोलको बराबरीमा फर्काए । ६२ औं मिनेटमा पोल्याण्ड १० खेलाडीमा समेटियो । पोल्याण्डका मिडफिल्डर ग्रेगोर्ज क्रिचोवियकले दोहोरो… पुरा पढौ